ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले प्रारम्भिक चरणमा किसान सूचीकरण प्रणालीमा सूचिकृत भएकामध्ये परिचयपत्र प्रिन्ट भई आएका १ हजार ३ सय कृषक घरधुरीलाई परिचयपत्र दिने भएको छ ।
सिदिङ्वा गाउँपालिकाका कृषि विकास शाखा प्रमुख विकास थेवेका अनुसार पहिलो चरणमा १ हजार ७ सय किसान सूचीकरण भएका छन् । त्यसमध्ये १ हजार ३ सय कृषक घरधनीको परिचयपत्र प्रिन्ट भई आएकोले उनीहरुलाई परिचयपत्र वितरण गर्ने पालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विकका अनुसार पालिकाले किसान सूचीकरण प्रणालीमा सूचिकृत हुन कोही छुटेका भए सूचीकरणका लागि मौका समेत दिएको छ । किसान सूचीकरणका लागि नेपाली नागरिकताको सक्कल प्रमाण–पत्र,जग्गा धनीपूर्जाको प्रतिलिपि,निजी कृषि फार्म वा समूह दर्ता भएको भए सोको विवरण र पासपोर्ट साइजको एकप्रति फोटो चाहिने पालिकाले जनाएको छ । किसान सूचीकरण प्रणालीमा सूचिकृत भई परिचयपत्र प्रिन्ट भई आएका किसानहरूलाई फागुन १८ गते देखि प्रत्येक वडामा पुगेर परिचयपत्र वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत विकले बताए ।
उनका अनुसार फागुन १८ गते वडा नं १ कालिखोला,१९ गते वडा नं २ सादेवा,२० गते वडा नं ३ आङखोप,२१ गते वडा नं ७ सुरुम्खिममा पुगेर परिचयपत्र वितरण गरिने छ । यस्तै फागुन २२ गते वडा नं ६ मेहेले,२३ गते वडा नं ५ लिम्बुदिन र २४ गते वडा नं ४ साब्लाखुमा परिचयपत्र वितरण हुने छ । परिचयपत्र लिन आउनेहरूले आफ्नो नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि लिएर आउनुपर्ने हुन्छ । सरकारी तवरबाट किसानलाई उपलब्ध गराइने सेवा सुविधामा पारदर्शिता र सुशासन अभिवृद्धि गर्दै वास्तविक किसानको परिचय स्थापित गराउन किसानहरूलाई सूचीकरण प्रणालीमा आबद्ध गराउन थालिएको पालिकाले जनाएको छ ।
सूचीकरण प्रणालीमा आबद्ध भएका किसानहरूको विवरणलाई तीन वटै सरकार(नेपाल सरकार,प्रदेश सरकार र स्थानीय सरकार)का विद्युतीय प्रणालीमा आबद्ध गराई सेवा सुविधामा सूचिकृत किसानलाई प्राथमिकता दिने गरी यो सूचीकरण प्रणाली सुरु भएको हो । देशभर रहेका कृषकहरूलाई एकीकृत गर्न,सरकारबाट प्रदान हुने सेवा सुविधामा किसानको सहज पहुँच स्थापित गर्न,कृषकहरूका लागि आवश्यक पर्ने जरुरी सूचनालाई व्यवस्थित रूपले किसान समक्ष पु¥याउन यो प्रणालीले सहयोग गर्ने पालिकाको दाबी छ । खाद्य अधिकार तथा सम्प्रभुता सम्बन्धी ऐन २०७५ को दफा १४ को उपदफा १ बमोजिम किसानको पहिचान गरी उपलब्ध हुने सरकारी सेवामा किसानको पहुँच स्थापित गर्न किसानलाई सूचीकरण प्रणालीमा आबद्ध गराउने सरकारी योजना छ ।