‘नो केबलकार’ पक्षसँग वार्ताका लागि सरकारले गठन गरेको वार्ता टोलीका संयोजक गृह सहसचिव प्रेमप्रसाद भट्टराईले संघीय सांसद र गृहमन्त्रीको छलफलको अपडेटका आधारमा आन्दोलनरत पक्षलाई वार्ताका लागि पत्र लेख्ने बताएका छन्।
नागरिक न्युजसँग कुरा गर्दै भट्टराईले आइतबार आन्दोलनरत पक्षलाई औपचारिक पत्र लेख्ने र सोमबार वार्तामा बस्ने गरी सरकारी टोलीको तयारी रहेको सुनाए। ‘माननीय गृहमन्त्रीज्यु र कोशी प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने माननीय ज्युहरूबिच भएको छलफल र छलफलबाट प्राप्त रायका आधारमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने तयारी गरेका हौं,’ भट्टराईले भने। सरकारी वार्ता टोलीका तर्फबाट बिहीबार (हिजै) आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने भनिएको थियो।
भट्टराईले गृहमन्त्री रमेश लेखक र कोशी प्रदेशका ९ जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूबिच भएको छलफलको अपडेट लिएर सोही आधारमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने तयारी गरिएको जानकारी दिए। आन्दोलनरत पक्षले भने मन्त्रिस्तरीय वार्ता टोली गठन गर्नुपर्नेसहितका ४ बुँदे सर्त अघि सारेको छ। उसले बिहीबार दिउँसो दोस्रो चरणका आन्दोलनका कार्यक्रम समेत घोषणा गरिसकेको छ।
वार्तामा बस्नु अघि ‘नो केबलकार’ पक्षले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइ, केबलकार निर्माण क्षेत्रबाट सुरक्षा फौज फिर्ता र केबलकार निर्माण कार्य बन्द गरी त्यहाँबाट निर्माण निर्माण सामग्री र उपकरण तथा निर्माणमा खटिएका जनशक्ति फिर्ता हुनुपर्ने सर्त अघि सारेको छ।
सो पक्षले फागुन १७ गतेदेखि आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेका हुन्। कोशी प्रदेशका १४ जिल्ला, मधेश प्रदेश र राजधानी काठमाडौँमा प्रदर्शन गर्नेसम्मका कार्यक्रम छन्। आन्दोलनरत पक्षले जारी गरेको विज्ञप्तिअनुसार फागुन १७ गते कोशीका १४ वटै जिल्ला र मधेशमा जनप्रदर्शन र विरोधसभा गर्ने कार्यक्रम छ।
फागुन १८ गते ग्लोबल जुम बैठक गर्ने र त्यसको तीन दिनपछि काठमाडौँमा बृहत् जनप्रदर्शन र विरोधसभा गर्ने उल्लेख छ। मिति नतोकिएको कार्यक्रमअन्तर्गत ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र प्रहरी नायव उपरीक्षक रवि रावलका परिवारसहितको फोटो सार्वजनिक गर्ने र कारबाहीका लागि नेपाल सरकार र संयुक्त राष्ट्र संघको सम्बन्धित निकायमा उजुरी दिने गरी आन्दोलनरत पक्षले दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।