पानी जहाजमा जागिर लगाइदिने भन्दै २ सय युवाबाट ४ करोड ठगी
२० फागुन २०८१
•
३ मिनेट पाठ
पानी जहाजमा जागिर लगाइदिने भन्दै २ सय युवाबाट ४ करोड ठगी
ठगिएका मध्येका केही युवाहरू । तस्विरः योगेश
पानी जहाजमा जागिर लगाइदिने भन्दै एक गिरोहले युवाहरूलाई ठगिएको छ । उक्त गिरोहले कैलाली र बर्दियाका झण्डै २ सय जना युवाहरूबाट करिब ४ करोड रुपैयाँ ठगेको पाइएको छ।




गिरोहमा बर्दिया राजापुर नगरपालिका वडा नं. ५ पहाडीपुरका ३६ वर्षका हिमांशु चौधरी र कैलाली जानकी गाउँपालिका पथरैयाका मनोज चौधरी रहेका छन् । उनीहरुले युवाहरूलाई सम्पर्कमा ल्याउन गाउँ गाउँमा एजेन्ट समेत राखेको पाइएको छ ।

युवाहरुले गिरोहलाई दुईदेखि पाँच लाखसम्म तिरेको बताएका छन् । उनीहरु मध्ये कसैले नगद र कसैले बैंक चेक मार्फत गिरोहलाई रकम बुझाएका हुन ।

गिरोहले युवाहरूलाई रोयल केरिभ्यान संस्थाको पानी जहाजमा जागिर लगाइदिने आश्वासन दिएका थिए । यसै क्रममा युवाहरूलाई भारतको लखनउ घुम्तिनगरस्थित समुद्री ज्ञान मारिन एकेडेमीमा पानी जहाज सम्बन्धी प्रशिक्षण दिएको थियो ।

उनीहरुलाई डेढ वर्षअघि पहिलो चरणमा १५ दिने सुरक्षा सम्बन्धी तालिम दिइएको थियो । पहिलो चरणको तालिम पश्चात् युवाहरूलाई घर पठाइएको थियो । उनीहरुलाई २०८१ दसैँ अघि दोस्रो चरणको दुई महिने थप तालिम दिइएको थियो । 

युवाहरूलाई पहिलो चरणमा पानीबाट आफू र यात्रुलाई कसरी जोगाउने र दोस्रो चरणमा अंग्रेजी बोलीचालीका बारेमा सिकाइएको थियो । गिरोहले दुई चरणको तालिम पश्चात् युवाहरूलाई २० दिन भित्र जागिरमा पठाउने आश्वासन दियो । 

युवाहरू जागिरमा जानु भन्दा पहिले घर परिवार भेट्न भन्दै घर फर्किए । घर फर्केको चार महिना बितिसक्दा समेत जागिरको ठेगान नभए पछि उनीहरुले गिरोहको खोजीमा निस्किए । 

युवाहरुले गिरोहका नाईके हिमांश चौधरीलाई बर्दियाको राजापुरबाट समाते । जागिरको सुनिश्चितता नभएपछि नाईके चौधरीले सबै युवाहरूलाई विभिन्न बैंक तथा वित्तीय संस्थाको चेक थमाए । युवाहरू चेक बोकेर बैंक तथा वित्तीय संस्थामा पुगेपछि चेक साटिएन । चेक नसाटिएपछि युवाहरुले ठगिएको चाल पाए ।

ठगिने मध्ये जानकी गाउँपालिका वडा नं. ८ भगरैयाका शंकर चौधरीका अनुसार हिमांशु चौधरी सम्पर्क बिहिन भएका छन् भने अर्का मनोज चौधरी भारतको मुम्बई पुगेका छन् । गिरोहले यसै गरी पानी जहाजमा जागिर लगाइदिने भन्दै तालिम पश्चात् भारतको मुम्बई पुर्याएका थप ३० मध्ये २१ जना समेत घर फर्किएका छन् । घर फर्किन नसकेका नौ जनाले समेत अहिलेसम्म जागिर पाउन नसकेको पीडित मध्येका जानकी गाउँपालिका वडा नं. १ तोरैयापुरका अनुराग थारुले जानकारी दिए ।

‘मुम्बई पुगेकाहरूले समेत जागिर पाएका छैनन्’ उनले भने–‘धेरैजसो युवाहरू फर्किसकेका छन् र अरु पनि फर्किने क्रममा छन् ।’

गिरोहले युवाहरूलाई मासिक करिब डेढ लाख आम्दानी हुने आश्वासन दिएको पाइएको छ । राम्रो कमाई हुने देखिएपछि युवाहरू गिरोहको चंगुलमा फसेका हुन । उनीहरु मध्ये कतिपयले स्वदेशमै गरिरहेको सानोतिनो जागिर समेत छोडेर गएका थिए ।

जागिर पाउने प्रलोभनमा परेर युवाहरुले विभिन्न वित्तीय संस्था र सहकारीबाट ऋण लगेर गिरोहलाई बुझाएका थिए । अहिले युवाहरूलाई ऋणको सावा ब्याज तिर्न निकै कठिनाइ भइरहेको पीडित मध्येकै एक जानकी गाउँपालिका वडा नं. ८ भगरैयाका विष्णु चौधरीले बताए । उनका अनुसार जागिरको प्रलोभनले भएको सम्पत्ति लिलाम हुने अवस्थामा पुगेको छ । ‘ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ’ उनले भने–‘प्रलोभनमा परेर दुःख पाइयो ।’

यतिबेला गिरोहको प्रलोभनमा परेर ठगिएका युवाहरू न्यायका लागि भौँतारिरहेका छन् । उनीहरुले बर्दियाको इलाका प्रहरी कार्यालय राजापुर र कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी दिन खोजे पनि प्रहरीले उजुरी लिन मानेन । प्रहरीले उजुरी लिन नमाने पछि उनीहरु प्रशासन कार्यालय पुगेका छन् । इलाका प्रशासन कार्यालय टीकापुरले न्यायका लागि श्रम विभागमा जान सुझाव दिएपछि उनीहरु झन तनावमा परेका छन् ।

‘एकातिर ऋण तिर्न सकिएको छैन । अर्कोतिर थप ऋण खोजेर श्रम विभाग पुग्नुपर्ने बाध्यता आइलागेको छ’ पीडित मध्येका एक शंकर चौधरीले भने–‘ठगिएको पैसा असुल्न ऋण माथि ऋण थप्नुपर्ने अवस्था आइलागेको छ ।’

बेरोजगारी समस्याले गाउँघरमा थ्रुपै युवाहरू यसरी नै ठगिएका छन् । आर्थिक अवस्थाले थिचिएका युवाहरू यस्ता गिरोहको चंगुलमा फसेर थप समस्यामा परेका छन् । गाउँघरमा युवाहरूलाई विभिन्न बहानामा ठग्ने यस्ता गिरोहको संख्या अझै धेरै हुनसक्छ।
अर्को समाचार
सर्बिया पठाइदिन्छु भन्दै १० लाख ठग्ने पक्राउ
१३ असार २०८२
•
१ मिनेट पाठ
सर्बिया पठाइदिन्छु भन्दै १० लाख ठग्ने पक्राउ
वैदेशिक रोजगारीमा युरोपेली मुलुक सर्बिया पठाइदिन्छु भन्दै १० लाख ठग्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पर्साको प्रसौनी गाउँपालिका–६ घर भई काठमाडौं बस्दै आएका २३ वर्षीय सुनिलकुमार सोनारलाई पक्राउ गरेको जनाएको छ। 




सोनारले सर्बिया लैजाने भन्दै १० लाख लिएर लामो समय सम्पर्क लामो समयसम्म झुक्यानमा राखेर सम्पर्कविहीन भएको भन्दै दुई जना पीडितले जाहेरी दिएको प्रहरीले जनाएको छ। त्यही जाहेरीका आधारमा सोनारलाई पक्राउ गरेको भनेको छ। 

पक्राउपछि उनलाई  थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाएको प्रहरीले जनाएको छ। 
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस