आगामी बर्खामा पनि चल्ने गरी दिक्तेल–साकेला सडक मर्मत गरिँदै
२३ फागुन २०८१
•
४ मिनेट पाठ
आगामी बर्खामा पनि चल्ने गरी दिक्तेल–साकेला सडक मर्मत गरिँदै
दिक्तेल साकेला खण्डको जीर्ण सडक मर्मत गरिँदै । तस्बिरः महेश्वर
खोटाङ सदरमुकाम दिक्तेलदेखि छिमेकी स्थानीय तह साकेला गाउँपालिका जोडिएको सिमाना साप्सु खोलासम्मको जीर्ण सडक मर्मत र स्तरोन्नति हुने भएको छ । प्रदेश सरकारले चालु वर्ष नै सो सडकको मर्मत तथा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।




केही दिनअघि प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले उक्त सडकको अनुगमन गर्दै चालु वर्ष मर्मत गर्ने र आगामी वर्ष स्तरोन्नतिको काम अघि बढाउने बताएका थिए । अनुगमनसँगै सडक मर्मत र स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्था मिलाएको बताए लगत्तै काम सुरु गर्ने प्रक्रिया अघि बढाइएको हो ।

मन्त्री राईले केही दिनअघि दिक्तेलस्थित जिल्ला अस्पताल चौकदेखि साकेला जाने सीमा साप्सुखोला खण्ड सडकको स्थलगत अनुगमन गरेका थिए । उदयपुर र खोटाङसमेतको सडक पूर्वाधार योजनाहरूको निर्माण तथा रेखदेखको जिम्मा पाएको प्रदेश सरकार, भौतिक पूर्वाधार कार्यालय उदयपुरका प्रमुख (डिई) ललितकुमार चौधरीसहित अनुगमनमा पुगेका मन्त्री राईले सडकको तत्काल मर्मत कार्य थाल्नुपर्ने प्रतिक्रिया दिएका थिए ।

अनुगमन क्रममा मन्त्री राईले सो सडक चाँडै चालु वर्ष नै मर्मत कार्य गर्ने गरी बजेट व्यवस्था भएको भन्दै तत्काल काम सुरु गरिहाल्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएका थिए । उनका अनुसार चालु वर्ष विनियोजित बजेटबाट काम थाल्ने र अपुग रकम आगामी वर्षको बजेट तथा नीति कार्यक्रममा तर्जुमा गरे पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

साँघुरा कच्ची ट्र्याक र साह्रै नाजुक अवस्थामा पुगेको हुनाले दिक्तेलबाट पूर्वी तथा दक्षिणी भेगका साकेला, जन्तेढुङ्गा, खोटेहाङ, बाराहापोखरी र दिप्रुङचुईचुम्मा गाउँपालिका आउजाउ गर्न अत्यन्त कठिनाइ हुने गरेको छ । हिउँदमा धुलामय र बर्खामा हिलाम्य हुने सडकले यात्रुलाई सास्ती दिनसम्म दिने गरेको छ भने सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।

‘यो सडक तत्काल मर्मत र स्तरोन्नति गर्न खाँचो छ, नत्र यो वर्ष बर्खायाममा सदरमुकाम जान आउन सकिन्न’ बाराहापोखरीका युवा व्यवसायी मुकेश राईले भने ‘हिउँदमा घुँडासम्म धुलोमा गाडिनुपर्छ, बर्खा लाग्यो कि हिलै हिलो हुने भएकाले बाइक र गाडीहरू फसेर चल्नै नसक्ने हुन्छ । कमसेकम सदरमुकाम आउजाउ गर्न सक्ने गरी सडक बनाइहाल्नु पर्छ ।’

भुक्तभोगी यात्रु तथा यातायात व्यवसायीहरूले पनि सो सडक तत्काल मर्मत र स्तरोन्नति गरिहाल्नुपर्ने भन्दै नगरे वैकल्पिक बाटो निर्माण गर्नुपर्ने खाँचो औँल्याएका छन् । हिउँदमा अत्यन्त धुलो हुने सडक यात्रा गर्दा मोटरसाइकल यात्रीहरू गन्तव्यमा पुग्दासम्म धुलोले चिन्नै नसकिने अवस्थामा पुग्ने गरेको बताउँछन् ।

मन्त्री राईले चालु वर्ष छुट्याएको ५० लाखबाट काम थाल्ने बताउँदै आगामी वर्षको बजेटमा बहुवर्षे योजनामा समावेश गरेर स्तरोन्नतिसहित कालोपत्रे गर्ने प्रतिबद्धता जनाएका छन् । चालु वर्ष धेरै गर्न नसके पनि कम्तीमा आउँदो बर्खामा मोटरसाइकल र चार पाङ्ग्रे गाडीहरू चल्नसक्नेसम्म बनाउन उनले निर्देशन दिएका छन् । अर्को वर्षदेखि स्तरोन्नतिसहित कालोपत्रे गर्ने गरी बहुवर्षीय योजनामा समावेश गर्न बजेट छुटाउने राईको प्रतिबद्धता छ ।

स्थानीय उपभोक्ताका अनुसार यो सडक सदरमुकाम दिक्तेल बजारबाट ग्रामिणक्षेत्र जाने ट्र्याकमध्ये सबभन्दा अगाडि खनिएको हो । दशकअघि नै खोलिएको सडक हाल दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाको छेउलो भाग परेकाले अहिलेसम्मकै सबभन्दा जीर्ण अवस्थामा छ । साप्सु खोला पुल तरेपछि साकेला गाउँपालिकातर्फको साप्सु–पानधारे खण्ड  भने बेससम्मको स्तरोन्नति सडक ३ वर्षदेखि नै सञ्चालनमा आइसकेको छ ।

हुन त यसअघि पनि सो सडक स्तरोन्नतिका लागि २ खण्डमा ठेक्का लागेर काम नभई यो हालतमा पुगेको हो । अस्पताल चोकदेखि लफ्याङको दुबेछिवासम्म र दुबेछिवादेखि साप्सु खोलासम्म खण्ड निर्माण गर्न ठेक्का लागेकोमा निर्माण कम्पनीको चरम लापरबाहीले काम हुन नसकेको दिक्तेल रुपाकोट मझुवा गढी नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

मेयर भट्टराईका अनुसार समयमा काम नगरेपछि पटक पटक मौखिक र पत्राचारमार्फत ताकेता गरिए पनि नटेरेपछि गत वर्ष नगर उपप्रमुख बिशन राई र वडाध्यक्षले निर्माण स्थलमा रहेका ठेकेदारका स्काभेटर, रोलर र अन्य यन्त्र उपकरणमा तालाबन्दी पनि गरे । त्यत्ति गर्दा पनि निर्माण कम्पनीले काममा चासो नदेखाएपछि बजेट फ्रिज भएर सडक यो दूरावस्थामा पुगेको भट्टराईले बताए । 

डिई चौधरीका अनुसार १५ किलोमिटर दूरीको सो सडक मर्मतका लागि प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय उदयपुर र स्थानीय पूर्वाधार आयोजना कार्यालय इटहरीबाट छुट्टाछुट्टै योजनामार्फत मर्मत गर्नेछन् । पूर्वाधार कार्यालयमार्फत ५ किलोमिटर मर्मत गर्ने गरी विनियोजित ५० लाखको ठेक्कासमेत आव्हान भईसकेको उनले बताए ।

त्यस्तै स्थानीय पूर्वाधार आयोजना कार्यालय इटहरीमार्फत कार्यान्वयन हुने बाँकी १० किलोमिटरका लागि प्रदेश सरकारबाट विनियोजित १ करोडको कामका लागि पनि ठेक्का सम्झौताको विन्दुमा पुगिसकेको जानकारी डिई चौधरीले गराएका छन् । 
अर्को समाचार
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
३ मिनेट अघि
•
१ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
रौतहट। सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्थानीयसँग छलफल र परामर्श गरेको छ।




उक्त सुरक्षा सङ्गठनले जिल्लाको बौधीमाई नगरपालिका–७ स्थित भन्सार नाकामा स्थानीयसँग सीमा क्षेत्रका विद्यमान सुरक्षा चुनौती र त्यसको समाधानबारे गहन मन्थन गरेको हो।  

त्यस अवसरमा सीमा नाकाबाट हुने लागुऔषध ओसारपसार, अवैध चोरी, पैठारी, मानव बेचबिखन, अवैध हातहतियार तथा खरखजनाको कारोबार र राजस्व चुहावट नियन्त्रणलगायत विषयमा स्थानीय र जनप्रतिनिधिसँग राय–सुझाव सङ्कलन गरियो।

सशस्त्र प्रहरी बल छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीको आयोजनामा भएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले सीमा सुरक्षा र अपराध नियन्त्रण सुरक्षा निकायको एकल प्रयासले मात्र सम्भव नहुने भएकाले स्थानीय नागरिकको सहकार्य अपरिहार्य रहेको बताए।

त्यस अवसरमा उक्त नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादव, उपप्रमुख प्रमिलादेवी जयसवाल, ईशनाथ नगरपालिकाकी प्रमुख कौशल्या देवी तथा सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीले सुरक्षा निकाय र स्थानीयको सहकार्यबाट मात्रै राज्यले लाभ लिन सक्ने पक्षलाई सबै पक्षलाई सबैले मनन गर्न आवश्यक रहेको बताए।
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock ५७ सेकेन्ड अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १० घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस