यही फागुन २१ गते ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा पर्ने नेवार खोल्साको सडकमा मृत भेटिएका स्थानीय ४१ वर्षीय हर्कवीरको मृत्यु सवारको ठक्करबाट मृत्यु भएको प्रहरीले प्रारम्भिक जानकारी सार्वजनिक गरेको छ।
सडकमा क्षतविक्षत अवस्थामा मृत भेटिएका केदेमको मृत्यु सम्बन्धमा अनुसन्धान थालेको प्रहरीले सो क्षेत्रमा ट्रक चलाउने चालक मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा न ५ बस्ने २३ वर्षीय सञ्जित विक(कामी)लाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले केदेमको मृत्यु सवारीको ठक्करबाट भएको निष्कर्षका आधारमा थालिएको सुक्ष्म अनुसन्धानका क्रममा उक्त तथ्य भेटिएको जानकारी दिए ।
सडकमा केदेमको शव क्षतविक्षत अवस्थामा भेटिएपछि प्रहरीले सवारीको ठक्करबाट उनको मृत्यु भएको आशंकामा दोभानबाट घटनास्थलबाट गएका सवारीमाथि निगरानी राखी अनुसन्धान गरेको थियो । प्रहरीका अनुसार घटनाको दिन फागुन २० गते दोभान बजारको बाटो हुँदै घटनास्थलतर्फ गएको प्र.१–०२–००१ख ९३३४ नम्बरको ट्रकको ठक्करबाट केदेमको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सोही आधारमा प्रहरीले ट्रकका चालक सञ्जितलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान थालेको जनाएको छ । पक्राउ परेका चालक सञ्जित माथि फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ बमोजिम ताप्लेजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई घटनाको सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । मेरिङदेन गाउँपालिका वडा नं २ सान्थाक्रा घर भएका केदेमको शव फागुन २१ गते बिहान नेवार खोल्साको सडकमा क्षतविक्षत अवस्थामा भेटिएको थियो ।