सात भारतीय प्रहरी नेपाल प्रहरीको नियन्त्रणमा
२६ फागुन २०८१
•
३ मिनेट पाठ
सात भारतीय प्रहरी नेपाल प्रहरीको नियन्त्रणमा
नेपाल प्रहरीका पाँचजना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको फागुन १८ गते काज सरुवा भयो। प्रहरी प्रधान कार्यालयले उनीहरूको काज सरुवा गरेको थियो। तीमध्ये लमजुङमा कार्यरत निशान्त श्रीवास्तवको नेपाल प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा सरुवा गरिएको थियो। उनका ठाउँमा डिएसपी रेशम बोहरालाई पठाइएको छ। श्रीवास्तव अहिले छानबिनमा छन्। उनको अचानक किन सरुवा गरियो भन्नेबारे प्रहरी प्रधान कार्यालयले केही बताएको छैन। तर उनीमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले गुपचुप रूपमा समिति नै बनाएको छ।




फागुन ११ गते दिउँसो राजधानीको नागार्जुनमा रहेको एक रेस्टुरेन्टमा भारतीय प्रहरीको टोलीबाट खानतलासी भयो। त्यहाँ खानतलासी भएको जानकारी नेपाल प्रहरीको उच्च तहले पाएपछि काठमाडौंका सबै नाका बन्द गरिए। एकाएक शनिबार दिउँसो काठमाडौंबाट बाहिर जाने यात्रुको चेकजाँच सुरु भयो। काठमाडौंका सबै प्रहरी युनिटहरू परिचालित भए। त्यसक्रममा भारतको पन्जाबबाट आएका प्रहरीको टोली समातिएको थियो। भारतीय प्रहरी विक्रमजित सिंहको नेतृत्वमा आएको सात सदस्यीय त्यही टोलीले नै रेस्टुरेन्टमा छापा मारेको थियो।

नेपाल प्रहरीको आधिकारिक संयन्त्रलाई जानकारी नदिई भारतीय प्रहरीको टोलीले छापा मारेपछि त्यसको सूचना विशेष ब्युरोमा पुगेको थियो। भारतीय प्रहरीको आग्रहमा विशेष ब्युरोले समेत खोजिरहेका ती व्यक्तिलाई भारतबाट आएको टोलीले नै बिनासमन्वय लान खोजेको थियो।

प्रहरी उच्च स्रोतले दिएको जानकारीअनुसार भारतीय प्रहरी विक्रमजितसँग सुरेन्द्रजित सिंह, वीरेन्द्रजित सिंह, पुष्पेन्द्र सिंह, गगनदीप सिंह, रवीन्द्रप्रताप सिंह र मनीष सिंह काठमाडौंमा आएर आफ्ना नागरिक लिएर जान खोजेका थिए। तर नेपाल प्रहरीले शनिबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएर एक दिन हिरासतमा राख्यो। हिरासतमा सोधपुछ गर्दा लमजुङका डिएसपी निशान्त श्रीवास्तवले उनीहरूलाई सहयोग गरेको खुलेको थियो। ‘उनीहरूले लमजुङका डिएसपीसँग सम्पर्क गरेछन्। डिएसपीले सहयोग गरेको देखियो,’ एक प्रहरी अधिकृतले भने।

उनका अनुसार कसैलाई पनि जानकारी नदिई पन्जाब प्रहरीलाई सहयोग गरेपछि डिएसपी श्रीवास्तवमाथि छानबिन सुरु भएको हो। ‘उनीहरू पन्जाबबाट आएका रहेछन्। छापा मार्ने काममा नेपाल प्रहरीको समन्वय भएको भए राम्रो हुन्थ्यो तर त्यसो गरेको देखिएन,’ एक प्रहरी अधिकृतले भने।

डिएसपीमाथि छानबिन भएको विषय नेपाल प्रहरीले खुलाउन चाहेको छैन। भारतीय प्रहरी आएको विषयमा पनि नेपाल प्रहरीले औपचारिक रूपमा केही बताएको छैन। डिएसपीमाथि छानबिन हुने विषय नेपाल प्रहरीको आन्तरिक मामिला हो भन्ने गरिएको छ। ‘यो प्रहरीको आन्तरिक मामिला हो, प्रचारबाजी गरिरहनुपर्ने विषय होइन,’ नेपाल प्रहरीका प्रवक्ता डिआइजी दिनेश आचार्यले भने। नेपाल प्रहरीभित्र डिएसपी श्रीवास्तव ट्र्याक रेकर्ड राम्रो भएका अधिकृत हुन्। तर उनी माथिल्लो निकायको समन्वयबिना भारतीय प्रहरीलाई सहयोग गर्न किन तयार भए भन्ने विषय रहस्यमय बनेको छ।

पक्राउ परेका भारतीय प्रहरीलाई भोलिपल्टै अर्थात् फागुन १२ गते भारतीय दूतावासलाई जिम्मा लगाइएको थियो। दूतावासले पनि आफ्नो समन्वयबिना किन खानतलासी गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधेको बताइएको छ।

पन्जाबमा व्यक्ति हत्या गरेर नेपालमा आई लुकेर बसेका आधारमा भारतीय प्रहरी आएको थियो। पन्जाबमा हत्या आरोप लागेका ती व्यक्तिलाई पक्राउ गरी पठाइदिन भारतीय प्रहरीले नेपाल प्रहरीलाई पहिला नै आग्रह पनि गरेको थियो। त्यसक्रममा विशेष ब्युरोले ती व्यक्तिको खोजी गरिरहेको थियो। ‘विशेष ब्युरो र अन्य निकायले खोजी गरिरहेका व्यक्तिलाई समात्न लमजुङका डिएसपीले काठमाडौं आएका पन्जाब प्रहरीलाई सहयोग गरेको देखियो,’ स्रोतले भन्यो।

बेलाबखत नेपाल प्रहरी र भारतीय प्रहरीबिच समन्वयका आधारमा अपराधी आपसमा लेनदेन हुने गरे पनि एकअर्काको देशमा छापा मार्ने र धम्क्याउने काम निकै कम हुने गरेको छ। भारतीय प्रहरीले खोजेको व्यक्ति नभेट्टाएपछि फर्केर जानु वा नेपाल प्रहरीलाई खबर गर्नुको साटो आफैंले खनातलासी गरेपछि नेपाल प्रहरीको टोली हाइअलर्टमा बसेको थियो। साथै उनीहरूको खोजीमा लागेको नेपाल प्रहरीले फागुन ११ मा पक्राउ गरेर फागुन १२ मा भारतीय दूतावासलाई बुझाएको थियो। ‘उनीहरूका साथमा हतियार थिएन,’ नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, ‘भारतीय दूतावासलाई खबर गरेर नै बुझाइएको हो ।’ 
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
४७ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस