उपभोक्तामुखी कानुन बनाएको ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले म्याद गुज्रिएका सामान बिक्रीवितरण गर्ने सबै प्रकारका व्यवसायीलाई दण्ड र जरिवाना गर्ने भएको छ।
पालिकाले कार्यविधि नै बनाएर म्याद गुज्रिएका सामान बिक्रीवितरण गर्ने व्यवसायीलाई पहिलो पटक ३ हजार रुपैयाँ जरिवाना लिई यस्तो कार्य नदोहोर्याउन सचेत गराउने निर्णय गरेको छ। यदि उक्त कार्य दोहोरिएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउने भएको छ।
यसैगरी, पालिकाले पसलहरूमा मूल्य सूची नराख्ने र प्रचलित दररेटभन्दा बढी मूल्य लिएर सामान बिक्री गर्ने व्यवसायीलाई पनि कानुनी दायरामा ल्याउने भएको छ। मूल्य सूची नराख्ने व्यवसायीलाई १ हजार रुपैयाँ जरिवाना लिई उपभोक्ताले देख्ने गरी अनिवार्य रूपमा मूल्य सूची राख्न लगाउने र त्यसको नियमित अद्यावधिक गर्नुपर्ने नियम बनाइएको छ।
म्याद गुज्रिएका सामान बिक्रीवितरण गरेको छ कि छैन, प्रचलित दररेटभन्दा बढी मूल्यमा सामान बिक्री गरेको छ कि छैन र पसलहरूमा मूल्य सूची राखिएको छ कि छैन भन्ने अनुगमन गर्न पालिकाले सम्बन्धित वडा समितिलाई परिचालन गर्ने भएको छ।
मूल्य सूची नराखेका कारण असुल भएको जरिवाना रकमको शतप्रतिशत र म्याद गुज्रिएका सामान बिक्री गरेको पाइएमा असुल भएको जरिवानाको ७५ प्रतिशत रकम पालिकाले वडा समितिलाई पुरस्कारस्वरूप प्रदान गर्नेछ।
यस्तै, पालिकाले निषेधित स्थानमा फोहोर फाल्ने व्यक्तिलाई पहिलो पटक ५ सय रुपैयाँ जरिवाना गर्ने र त्यसपछि पटकै पिच्छे सुरुको जरिवानाको दोब्बर अर्थात् १ हजार रुपैयाँ जरिवाना लिने भएको छ।
स्थानीय तहका नियमहरू पालना नगर्नेहरू पनि कारबाहीमा पर्नेछन्। पालिकाले बनाएको कार्यविधिअनुसार स्थानीय तहले बनाएका नियम तथा कानुन उल्लङ्घन गरेमा २ हजार रुपैयाँ जरिवाना लाग्नेछ।
पालिकाले तोकेका कर, दस्तुर तथा शुल्क नियमित रूपमा नबुझाउनेहरू पनि जरिवानाको भागीदार बन्नुपर्नेछ। यस्तो शुल्क समयसीमामा नबुझाएमा बुझाउनुपर्ने शुल्कको थप ५० प्रतिशत र दोस्रो वा सोभन्दा बढी पटक भएमा बुझाउनुपर्ने शुल्कको शत प्रतिशतसम्म जरिवाना असुल गरिनेछ।
गाउँपालिकाको निर्णयबमोजिम कार्यान्वयनमा गएका योजना, कार्यक्रमहरू तथा विकास निर्माणमा अवरोध गरेमा पहिलो पटक १ हजार रुपैयाँ र त्यसपछि पटकै पिच्छे १ हजार ५ सय रुपैयाँका दरले दण्ड र जरिवाना लाग्नेछ।
यसैगरी, गाउँपालिकाले नदीजन्य सामग्रीको अनधिकृत उत्खनन गर्ने तथा माछालगायत जलचरहरूलाई रासायनिक विषादी, करेन्ट वा महाजाल प्रयोग गर्नेहरूलाई संघीय तथा प्रादेशिक कानुनले तोकेको व्यवस्थाका अतिरिक्त पालिकाले क्रमशः १५ हजार र १० हजार रुपैयाँसम्म जरिवाना लगाउन सक्ने भएको छ।