ताप्लेजुङमा लामो समयदेखि पानी नपरेपछि स्थानीयवासीले वर्षाका लागि विशेष पूजा गरेका छन्।
आठराई त्रिबेणी गाउँपालिका-२ फुलवारीका बासिन्दाले तमोर र काबेली नदीको संगमस्थल त्रिबेणीघाटमा इन्द्र भगवानको पूजा गरी वर्षाका लागि प्रार्थना गरेका हुन्।
स्थानीयहरू पञ्जेबाजा सहित त्रिबेणीघाटमा भेला भई बोकाको बलि चढाउँदै पानीको लागि पूजा गरेका थिए। त्रिबेणीघाट तमोर, काबेली र नाबु खोलाको संगमस्थल हो। त्रिबेणीघाट धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण मानिन्छ। तर, हाल नाबु खोलाको अस्तित्व कमजोर हुँदै गएको स्थानीय बताउँछन्।
वडाध्यक्ष टेकिन्द्र सेन्दाङका अनुसार ६२ घरपरिवारका स्थानीय पूजामा सहभागी भएका थिए। लामो खडेरीका कारण खेतीयोग्य जमिन सुक्दै गएको, आगलागीको जोखिम बढेको र नयाँ बाली लगाउन कठिन भएको भन्दै स्थानीय चिन्तित बनेका छन्।
ग्रामीण भेगमा पानी परोस् भन्ने कामनासहित विभिन्न धार्मिक विधिहरू अपनाइने गरिन्छ। कतै भ्यागुताको विवाह गराउने, कतै जलधारा गर्ने त कतै सन्सारीमाईको पूजा गरिन्छ। यही परम्पराअनुसार फुलवारीका बासिन्दाले नदीमै पूजाआजा गरी वर्षाका लागि प्रार्थना गरेका हुन्।