सहरी विकास मन्त्रालयमा इन्जिनियर नै बेरोजगार
११ चैत्र २०८१
•
३ मिनेट पाठ
सहरी विकास मन्त्रालयमा इन्जिनियर नै बेरोजगार
सहरी विकास मन्त्रालयमा इन्जिनियरिङ सेवाअन्तर्गत डिभिजन इन्जिनियर (उपसचिव) मा बढुवा भर आएका १४ जना तथा दुई जना सहसचिवसरहका सुपरिटेन्डेन्ट इन्जिनियर कामविहीन भएका छन्। काम नदिइएका उनीहरूलाई मन्त्रालयको बरन्डामा थन्काइएको छ। अहिले उनीहरूको काम मन्त्रालयमा आउने, हाजिरी गर्ने र घर फर्कने मात्र छ। उनीहरूलाई बस्न कोठासमेत उपलब्ध गराइएको छैन।




मन्त्रालयका अनुसार अब तत्कालै अरू ६ जना डिई (बिल्डिङ एन्ड आर्किटेक उपसमूह) र दुईजना सहसचिव (इन्जिनियरिङ सेवा) मा बढुवा भएर मन्त्रालयमा आउँदै छन्। मन्त्रालयले अब २० जना डिई र दुईजना सुपरिटेन्डेन्ट इन्जिनियरलाई पदस्थापन गर्नुपर्ने छ।

बढुवा भएर आएका उपसचिवहरूमा विद्यादेवी सिंह, सञ्जीवकुमार साह, घनश्याम श्रेष्ठ, रामआशिष दास, निशा केसी, तुलसीराम खर्बुजा, शशीन्द्र घिमिरे, धर्मेन्द्र पन्थी, अशोक अधिकारी, कल्पनादेवी शाक्य, रोनिका जोशी, सविन कर्माचार्य, श्यामचन्द्र पुडासैनी र शोभा महर्जन छन्। लोकसेवा आयोगबाट थप ६ जना उपसचिव (प्रावधिक) मा र दुई जना सहसचिव (प्राविधिक) मा बढुवा भएर आउँदै छन्। जसमध्ये चारजना आन्तरिक प्रतिस्पर्धाबाट, एक जना महिला कोटा र एक जना आयोगको खुला कोटाबाट प्रतिस्पर्धा गरी उपसचिवमा बढुवा हुँदै छन्।

मन्त्रालयले १४ जना डिईलाई कामविहीन बनाइराखे पनि चार ठाउँमा अधिकृतसरहका इन्जिनियरलाई विभिन्न आयोजना कार्यालयमा निमित्त दिएर खटाएको छ। निमित्त आयोजना प्रमुख भएका इन्जिनियरहरू आकर्षक ठाउँमा खटिएका छन्।

जनकपुरमा विनोद यादव, धनकुटामा सुमन मिश्र, नेपालगन्जमा रामकृष्ण आचार्य र सुर्खेतमा कमल दर्लामीले निमित्त भई दुई अर्ब रुपैयाँभन्दा बढी बजेट भएका आयोजनाहरू चलाएका छन्। मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्, ‘अब बढुवा हुनुभन्दा राम्रो ठाउँमा पदस्थापन गर्न गाह्रो काम भएको छ।’ यतिखेर आकर्षक ठाउँमा पदस्थापन हुन बढुवा भएर आएका उपससचिव तथा सहसचिवहरूले विभिन्न किमिसबाट लबिइङ गरिरहेका छन्।

भवन विभागका एक कर्मचारी भन्छन्, ‘अफशोच ! बढुवा भएका १४ जना कर्मचारीमध्ये तीन जना मात्र काठमाडौंबाहिर जान तयार भएका छन्। अरू कर्मचारी हामी कुनै पनि अवस्थामा काठमाडौंबाहिर जान्नौं भन्ने अडानमा छन्। त्यसैले उनीहरूलाई पदस्थापन गर्न गाह्रो भइरहेको छ।’

मन्त्रालयले पेस गरेको संगठन तथा व्यवस्थापन (ओएनएम) लाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। जसमा अब पाँचवटा आयोजना कार्यालय थपिने भएका छन् भने बिल्डिङ एन्ड आर्किटेक उपसमूहमा १० जना डिईको दरबन्दी थपिने भएको छ। यसैगरी तीनजना सहसचिव (बिल्डिङ एन्ड आर्किटेक उपसमूह) को दरबन्दी थपिने भएको छ।

यतिबेला मन्त्रालयअन्तर्गत इन्जिनियरिङ सेवा बिल्डिङ एन्ट आर्किटेक उपसमूहमा उपसचिवसरहका ५८ र सहसचिवसरहका ११ जनाको दरबन्दी छ। अब साउनदेखि लागु हुने गरी उपसचिवका ६८ र सहसचिवका १४ दरबन्दी कायम गरिने छ।

यसैगरी सहरी विकास तथा भवन निर्माण विभाग मातहत पाँचथर, गोरखा, जाजरकोट, बैतडी र पाल्पामा छुट्टै आयोजना कार्यालय थपिने भएको छ। मन्त्रालय मातहतको स्थानीय पूर्वाधार विभाग (डोली) मा इन्जिनियरिङ सेवाअन्तर्गत जनरल उपसमूहको सहसचिवमा बढुवा भएर आएका चार जना इन्जिनियरमध्ये दुईजनाको बढुवा भइसकेको छ भने दुईजनालाई काम नदिई मन्त्रालयको बरन्डामा थन्काइएको छ।

नारायण श्रेष्ठ र शम्भु कार्कीलाई काम दिइएको छैन। उनीहरूले अझै पनि मन्त्रालयमा हाजिरी गरेका छन्। राजकुमार गोइतलाई स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय जनकपुर र पुष्कर पोखरेललाई आयोजना कार्यालय सुर्खेतमा पदस्थापन गरिसकिएको छ। यसैगरी आर्किटेक तथा बिल्डिङ उपसमूहअन्तर्गत सहसचिवमा बढुवा भएका प्रकाश अर्याल, रमेश थपलिया र मिलन आचार्यलाई पदस्थापन गरिसकिएको छ।
अर्को समाचार
‘चोभार गल्छीका प्राकृतिक ढुंगा हटाउन्नौं’
२० असार २०८२
•
३ मिनेट पाठ
‘चोभार गल्छीका प्राकृतिक ढुंगा हटाउन्नौं’
सहरी विकास मन्त्रालयले चोभार गल्छी काट्ने र त्यहाँ रहेका प्राकृतिक ढुंगा नहटाउने प्रस्ट पारेको छ। सरकारले चोभारको गल्छी काट्न लागेको र त्यहाँ रहेका प्राकृतिक ढुंगा हटाउन लागेको भनी प्रचार भएपछि स्थानीय आक्रोशित भएका छन्। उनीहरूले सरकारी कर्मचारीलाई गल्छीमा केही काम गर्न दिएका छैनन्। गल्छीमा फोहोर हटाउने नाममा त्यहाँ रहेका पुरातात्विक संरचना तथा ऐतिहासिक महत्व नष्ट हुने हो कि भन्ने चिन्ता स्थानीयको छ।




मन्त्रालयले बिहीबार विज्ञप्ति प्रकाशित गरी चोभार गल्छी चौडाइ नगरी गल्छीभन्दा माथि विगतमा बगाएर ल्याएका फोहोर हटाउने तथा पहिरो जान सक्ने सम्भावित क्षेत्र पहिचान गरी रोकथाम गर्ने सरकारको उद्देश्य रहेको जनाएको छ।

‘गल्छी चौडा गर्ने तथा परापूर्वकालदेखि प्राकृतिक रूपमा रहेका चट्टान हटाउने कुनै पनि उद्देश्य मन्त्रालयको छैन’, मन्त्रालयले बिहीबार निकालेको विज्ञप्तिमा भनिएको छ। चोभार गल्छीको धार्मिक, सांस्कृतिक तथा प्राचीन पहिचानलाई अक्षुण्ण राख्दै गल्छी वरपरका क्षेत्रमा हुन सक्ने डुबान न्यूनीकरणका लागि गल्छीभन्दा माथि विगतमा बगाएर ल्याएका फोहोर हटाउने, पहिरो जानसक्ने सम्भावित क्षेत्र पहिचान गरी रोकथामका कार्य गर्ने मन्त्रालयको उद्देश्य रहेको विज्ञप्तिमा जनाइएको छ। काठमाडौं उपत्यकाको पानीको निकास विन्दु चोभार गल्छी हो।

यस विषयमा दीर्घकालीन समाधानका लागि आवश्यक प्राविधिक अध्ययन गरी कार्ययोजना तयार गर्ने मन्त्रालयको योजना रहेको विज्ञप्तिमा उल्लेख छ। २०८२ जेठ १४ गते विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको ३२औं बैठकले ‘अविरल वर्षा समयमा चोभार गल्छीबाट हुने नदी प्रवाहमा अवरोध सिर्जना हुँदा वरपरका क्षेत्रमा डुबान हुने गरेकाले आगामी दिनमा उक्त समस्या दोहोरिन नदिन आवश्यकताअनुसार नेपाली सेनासँग समन्वय गरी विपद् जोखिम न्यूनीकरण गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिने’ भनी निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयन गर्न सरकार अप्ठ्यारोमा परेको छ।

चोभार गल्छीमा पाँचवटा ठूला–ठूला ढुंगा रहेका छन्। ती ढुंगा प्राकृतिक रूपमा पहिल्यैदेखि रहेको स्थानीयको भनाइ छ। अधिकारसम्पन्न बागमती सभ्यता विकास समितिका अधिकारीहरू भने प्राकृतिक रूपमै गल्छीमा ढुंगा रहेको पुष्टि भएमा नहटाउने तर नदीले बगाउँदै ल्याएको पाइएमा ढुंगा हटाउने बताइरहेका छन्। यही विषयमा स्थानीय र सरकारी प्रतिनिधिबिच विवाद छ।

बागमती विकास समितिका प्रतिनिधिहरू वर्षौंवर्षदेखि बागमतीले बगाउँदै ल्याएको ग्रेगानले नदी सतह बढेको तथा फोहोर थुप्रिएकाले त्यस क्षेत्रमा ग्रेगान हटाउन लागेको जनाएका छन्। गल्छीमा अड्किएका ग्रेगान नहटाएमा यस वर्ष बर्खायाममा बागमतीमा पानी प्रवाहमा अवरोध आउने र त्यसले त्यहाँवरिपरि डुबान समस्या ल्याउने विकास समितिका प्रतिनिधिहरूको भनाइ छ। यसअघि बागमती विकास समितिका प्राविधिक कर्मचारीले चोभार गल्छीमा पुगी ग्रेगान तथा ढुगांका बारेमा अनुगमन तथा निरीक्षण गरेका थिए।

निरक्षणपछि प्राविधिकहरूले चोभार गल्छीभन्दा माथि ठूला–ठूला ढुंगा खसेको र थप खस्न सक्ने अवस्था रहेको भनी प्रतिवेदन तयार गरेका थिए। प्रतिवेदनमा ‘ललितपुर– १८ र कीर्तिपुर– ६ बीचको चोभार क्षेत्रअन्तर्गत चोभार गल्छीमा दुवै किनारातर्फबाट पहिरो गई खोलाको सतह करिब दुई मिटर माथि उठेको र गल्छीमा झरेका ठूलाठूला ढुंगा र थुप्रिएका माटोका कारण बहाब अवरुद्ध हुनुका साथै बर्खायामअगावै नहटाएमा उक्त खण्डअन्तर्गत सक्षम बस्तीलगायत आसपासका क्षेत्रमा खतराको सम्भावना रहेको’ भन्ने व्यहोरा उल्लेख गरिएको छ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस