अमेरिकाले देश निकाला गरेका शरणार्थीलाई भुटानले खर्च दिएर नेपाल पठायो
१७ चैत्र २०८१
•
३ मिनेट पाठ
अमेरिकाले देश निकाला गरेका शरणार्थीलाई भुटानले खर्च दिएर नेपाल पठायो
अमेरिकाले देश निकाला गरेर भुटान पठाएका भुटानी शरणार्थीमध्ये ३ जना झापाबाट पक्राउ परेका छन्। 




अमेरिकाको अध्यागमन कानुन उल्लंघनको अभियोगमा इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइसीई)ले पेन्सिलभेनियाबाट दश जनालाई पक्राउ गरेर भुटान डिपोर्ट गरिदिएको थियो। तर भुटान सरकारले उनीहरूलाई आफ्नो देशमा शरण दिन नमानेपछि नेपाल पठाइदिएको हो।

भुटानबाट पनि निकालिएका मध्ये गोप्य रूपमा नेपाल प्रवेश गरेर बेलडाँगी शरणार्थी शिविर पुगेका ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङलाई प्रहरीले शनिबार पक्राउ गरेको हो। उनीहरूलाई शनिबार नै काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको थियो। बाँकी ७ जनाको अवस्था अज्ञात रहेको र उनीहरुको खोजी भइरहेको अध्यागमन कार्यालय काँकरभिट्टाले जनाएको छ।

कार्यालयका अनुसार उनीहरू नेपाल कसरी प्रवेश गरे भन्नेबारे अझै खुल्न सकेको छैन। कार्यालयका अधिकृत डा.तुलसी भट्टराईले उनीहरू कहाँबाट, कसरी नेपाल आइपुगे भनेर नखुलेको बताए। भट्टराईले उनीहरूबारे अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्र सबै खुल्ने नागरिकन्यूजलाई जानकारी दिए।

उनले भने, ‘प्रहरीले अहिले तीन जनालाई नियन्त्रणमा लिएर हामीलाई बुझाएको छ। उहाँको बारेमा विस्तृत अनुसन्धान भइरहेको छ। उहाँहरू कहाँबाट, कताकताबाट र कसरी यहाँ आउनुभयो भन्ने कुरा अनुसन्धानबाट खुलेपछि मात्र भन्न सकिन्छ।’

अमेरिकाले उनीहरूलाई भुटानको थिम्पुमा डिपोर्ट गरेको थियो। एयरपोर्टमा अवतरण गरेपछि भुटान सरकारले कहाँ बस्ने हो, को छ भुटानमा भनेर सोधेपछि उनीहरू अन्यौलमा परेर नेपालको झापा जाने भनेर बताएको भुटानी शरणार्थी शिविरका सचिव सन्चाहाङ सुब्बाले बताए। भुटानले देश निकाला नगरे पनि अन्यौल हुने प्रश्न गरेपछि उनीहरू अलमलमा परेर नेपाल जाने भनेर बताएको उनले जिकिर गरे। भुटानले प्रतिव्यक्ति तीस हजार भारु दिएर गाडीमा नेपालतर्फ पठाएको उनले बताए। 

सचिव सुब्बाले भने, ‘मलाई सुन्नमा आएको १० जना डिपोर्ट हो तर यहाँ तीन जना मात्र आउनु भएको छ। उहाँहरू खाना खान तयारी हुँदै गर्दा नेपाल प्रहरीहरूले लग्नु भएको छ।’

भुटानले पूर्व भुटानी शरणार्थी भनेर पूर्ण रूपमा स्वीकार  गरेर अमेरिकाको राजदूतावास, सरकारसँग सहमति भएपछि भुटानको अन्तर्राष्ट्रिय एयरपोर्ट थिम्पुमा डिपोर्ट गरेको उनले बताए। लामो बाटो भएर आउँदा र  अमेरिकाको जेलमा बस्दा उनीहरू मानसिक रूपमा पनि डिस्टर्ब भएको अवस्था छ। यस्तो अवस्थामा भुटानमा को छ आफन्त, तिमीहरू यहाँ बस्न पाउँदैनौँ, कहाँ जाने भनेर सोध्दा उनीहरूले नेपालको झापामा नै जाने भनेर बताएको शिविरमा आइपुगेका तीन जना शरणार्थीसँगको कुराकानीका आधारमा सचिव सुब्बाले बताए।

उनले भने, ‘थिम्पुमा डिपोर्ट भएपछि भुटानी सरकारले बनावटी प्रश्न गर्यो। तिम्रो यहाँ को छ  भनेर उनीहरूलाई सोध्यो। तर ती भाइहरू झापामै जन्मेका हुन्, यसै कारण उनीहरू यत्रो लामो बाटो आउँदा, अमेरिकाको जेलमा बस्दा हराए जस्तै भए। मानसिक रूपमा पनि उनीहरू डिस्टर्ब भएको अवस्था छ। उनीहरू यहाँ गैर कानुनी रूपमा आएको हुनाले नेपाल सरकारले लगेर गएको छ।’

यो घटनाले तीन दशकभन्दा बढी समयदेखि जारी भुटानी शरणार्थी समस्या फेरि बल्झिने पो हो कि भन्ने शंका जन्माएको उनले जिकिर गरे।

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि उनले आप्रवासीहरूमाथि कडा नीति लिएका छन्। उनले विभिन्न देशबाट आएका आप्रवासीलाई लगातार डिपोर्ट गरिरहेका छन्। केही नेपालीहरू पनि डिपोर्ट भएर आइसकेका छन्।

सोही क्रममा अमेरिकी सरकारले १० जना भुटानी शरणार्थीलाई डिपोर्ट गरेर भुटान फिर्ता पठाएको थियो।

विमानस्थलमा झरेपछि उनीहरूलाई एकदिन पनि भुटान बस्न नदिएर नेपाल पठाएको उल्लेख गर्दै सुब्बाले भने, ‘तीमध्ये सात जना कहाँ गए भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन।’
अर्को समाचार
एक हजार नेपाली कामदार आजदेखि इजरायल जाँदै
०६ फागुन २०८१
•
४ मिनेट पाठ
एक हजार नेपाली कामदार आजदेखि इजरायल जाँदै
सुरक्षा, परिश्रम र सेवा–सुविधाका हिसाबले आकर्षक मानिने इजरायलको ‘हेरचाह तथा स्याहार क्षेत्र’ मा सहायक कामदार (केयरगिभर) मा एक हजार जना नेपाली पहिलो समूहका रूपमा छिट्टै इजरायल प्रस्थान गर्ने भएका छन्। जसमा मंगलबार (फागुन ६ गते) बाट १३ जना नेपाली कामदार केयरगिभरका रूपमा इजरायल जाने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ।




इजरायल जाने पहिलो एक सय कामदारको भिसा प्रक्रिया पूरा भइसकेको र बाँकी कामदारको प्रक्रिया पनि क्रमशः अगाडि बढिरहेको नेपालस्थित इजरायली दूतावासले जानकार गराएको हो। जसमा १३ जना नेपाली कामदार मंगलबार जान लागेका छन्। गत अगस्तमा इजरायलको जेरुसेलमस्थित जनसंख्या तथा आप्रवासन प्राधिकरण कार्यालयमा आयोजित एक लाइभ लटरी प्रक्रियामार्फत एक हजार १५६ महिला र ९५६ पुरुषसहित कुल दुई हजार ११२ जना चयन गरिएका थिए। बाँकी रहेका एक हजार ११२ जना कामदारको भिसा प्रक्रिया अगाडि बढाइएको हो। यी कामदारहरू इजरायलका दीर्घकालीन हेरचाह (ज्येष्ठ नागरिक गृह तथा वृद्ध हेरचाह) केन्द्रमा काम गर्नेछन्। 

यो प्रक्रिया नेपाल र इजरायल सरकारबीच सन् २०२० मा हस्ताक्षर भएको ‘जिटुजी’ सम्झौताअनुसार अगाडि बढाइएको दूतावासले जनाएको हो। नेपाल र इजरायलबिचको श्रम सम्झौताअनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाइने भएको हो। यसमा निजी क्षेत्रको संलग्नता छैन। वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार पहिलो चरणमा एक हजार जना पठाएपछि दोस्रो चरणमा बाँकी रहेकालाई लगिनेछ। 

‘भोलिबाटै पहिलो चरणका एक हजार जना नेपाली श्रमिकमध्ये १३ जना इजरायल जाने भएका छन्,’ उनले नागरिकसँग भने, ‘इजरायलले जति बेला ज–जसको भिसा पठाउँछ, त्यति बेला नै नेपाली श्रमिक पालैपालो इजरायल जानेछन्। एक हजार जना नेपाली श्रमिक सबैको छिट्टै भिसा आउनेछ।’ दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नेहरू सुरक्षित रहेकाले नेपाली श्रमिक रोक्नुको अर्थ नभएको सुवेदीले बताए। ‘इजरायलमा नेपाली श्रमिकलाई धेरै राम्रो छ,’ उनले भने, ‘विभिन्न देशबाट विना स्वीकृत काम गर्न कामदार नेपाल आउने गरेका छन्। तर, इजरायलमा जिटुजीमार्फत नै श्रमिक जाँदा कुनै पनि जटिल असर हुँदैन। इजरायलमा बेलाबखत लडाइँ भए पनि हाम्रा श्रमिकहरू घरभित्र तथा स्याहार केन्द्रभित्र रहेर काम गर्ने हुँदा धेरै सुरक्षित छन्।’

नेपालले वर्षौंदेखि इजरायलमा केयरगिभरका रूपमा कामदार पठाउँदै आएको छ। प्रायः नेपाली त्यहाँका ज्येष्ठ नागरिकको स्याहारका लागि जाने गरेका छन्। युद्धका कारण अवरोध हुनुअघि कोभिड महामारीका बेला पनि त्यस्ता कामदार पठाउने प्रक्रिया रोकिएको थियो। भाषा तथा दक्षतालगायत परीक्षण पूरा गरेका नेपाली कामदारलाई सरकारले इजरायल जान अनुमति दिएको छ।

‘इजरायलमा कार्यरत श्रमिक र स्थानीय नागरिकले पाउने सेवासुविधामा कुनै विभेद छैन,’ सुवेदीले नागरिकसँग भने, ‘दुई देशबिच सरकारी संयन्त्रमार्फत गरिने भर्ना प्रक्रिया दुवै देशका लागि फाइदाजनक छ।’ इजरायल सरकारी सूचनामा जनाइएअनुसार इजरायल जाने कामदारले त्यहाँको नियमानुसार साताको ६ दिन कुल ४२ घण्टा काम गर्नुपर्ने हुन्छ। त्यसबाहेक अतिरिक्त समय काम गर्दा इजरायलको सरकारी नियमानुसार उनीहरूले थप पारिश्रमिक पाउने व्यवस्था छ। साथै सुरुमा एक वर्षको करारमा जाने कामदारले त्यो अवधि थप गर्न सक्छन् र अधिकतम पाँच वर्षसम्म काम गर्न पाउने सूचनामा उल्लेख गरिएको छ। नेपाली कामदारले मासिक तलब नेपाली मुद्रामा दुई लाख रूपैयाँ हाराहारीमा र केहीले काम गरेको समयावधि बढी भएकाले त्योभन्दा बढी पाउने गरेका छन्। इजरायल नेपालीका लागि आकर्षक गन्तव्य मुलुक हो।

तर सुरक्षित र पारिश्रमिक तथा सेवा–सुविधाका हिसाबले आकर्षक मानिने इजरायलमा अपेक्षाअनुसार नेपाली श्रमिक जान पाएका छैनन्। विभागका सूचना अधिकारी सुवेदीका अनुसार ९० प्रतिशत नेपाली जोखिमपूर्ण तथा न्यून पारिश्रमिक पाउने खाडी तथा मलेसियालगायत मुलुक पुग्छन्। इजरायलले गत असोजमा गोलाप्रथाबाट श्रमिकको नाम छनोट गरेको थियो। योग्यता पुगेका तीन हजार ४६१ जनामध्ये गोलाप्रथाबाट दुई हजार ११२ जना छानिएका थिए। तर, इजरायल र लेबनानी लडाकु समूह हिजबुल्लाहबीचको लडाइँले तनाव बढेपछि कामदार पठाउने प्रक्रिया स्थगित भएको थियो। इजरायल र हिजबुल्लाहबिच युद्धविराम भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयको सहमतिमा भर्ना प्रक्रिया अगाडि बढाएको थियो। 

इजरायल पुगेका अधिकांश नेपाली श्रमिक आफू सुरक्षित रहेको बताउँदै आएका छन्। पछिल्लो समय विदेशी श्रमिक ल्याउने जिम्मेवारी पाएको इजरायलको जनसंख्या अध्यागमन तथा सीमा प्राधिकरण (पिवा) ले नेपालले लामो समयसम्म श्रमिक भर्ना रोक्ने भए विकल्प हेर्ने बताउन थालेको थियो। पिवाले कृषि क्षेत्रका लागि भने भारत र श्रीलंकाबाट श्रमिक लगिरहेको छ। केयरगिभरमा भने नेपालीलाई नै प्राथमिकता दिँदै आएको पनि विभागका अधिकृतले जानकारी दिए।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस