जडीबुटीलाई राजावादीको चोट, २८ करोडको क्षति
१९ चैत्र २०८१
•
३ मिनेट पाठ
जडीबुटीलाई राजावादीको चोट, २८ करोडको क्षति
गत शुक्रबार राजावादी समूहका प्रदर्शनकारीले लगाएको आगोले जलेर जडीबुटी प्रशोधन तथा उत्पादन केन्द्रको २८ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ। केन्द्रले क्षतिको अनुमानित हिसाब वन तथा वातवरण मन्त्रालयलाई पत्राचार गरी जानकारी गराएको हो।




मन्त्रालयका प्रवक्ता शिवकुमार वाग्लेको अनुसार जडीबुटी केन्द्रका सञ्चालक र कर्मचारीले प्रारम्भिक रूपमा क्षतिको यो हिसाब निकालेका हुन्। आगजनीबाट केन्द्रका १३ वटा गाडी र ६ वटा मोटरसाइकल जलेर नष्ट भए । लाखौ रूपैयाँको तयारी औषधि, औषधि उत्पादन गर्न चाहिने कच्चा पदार्थ र उपकरणसमेत जलेको केन्द्रले जनाएको छ।

केन्द्रकी महाप्रबन्धक संगीता यादवका अनुसार तयारी अवस्थामा रहेका लाखौं रुपैयाँ बराबरका औषधि जलेका छन्। औषधि बनाउन चाहिने कच्चा पदार्थ पनि जलेपछि केन्द्रको नियमित उत्पादन ठप्प भएको छ। उत्पादन बन्द भएसँगै ७० जना महिला कर्मचारीको रोजगारी बन्द भएको छ। उनका अनुसार ती महिलाले केन्द्रमा जडीबुटी औषधि उत्पादन र प्रशोधनको काम गर्दै आएका थिए।

घटनापछि सोमबार बसेको केन्द्रको बैठकले क्षतिको हिसाब निकालेर वन तथा वातावरण मन्त्रालयलाई जानकारी दिएको हो। बन्द भएको उत्पादनलाई निरन्तरता दिन पनि कञ्चा पदार्थ आपूर्ति र मेसिन मर्मत गर्ने निर्णय बैठकले गरेकाले त्यसैअनुरूप तयारी भइरहेको जानकारी महाप्रबन्धक यादवले दिइन्।

केन्द्रले ४२ वर्षदेखि नेपालमै पाइने विभिन्न जडीबुटी संकलन गरी औषधि उत्पादन गर्दै आएको छ। केन्द्रको उत्पादनले देशमा आवश्यक माग सम्बोधन गरेको र विदेशी आयातलाई प्रतिस्थापन गरेकाले यसलाई चाँडै नै पुनः सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको यादवले बताइन्।

योजना तथा बजार व्यवस्थापन शाखा प्रमुख गोविन्दकुमार शर्माका अनुसार केन्द्रबाट सन्चो, सन्चो जटाकेस तेल, सन्चो मसाज तेल, शिलाजित र बाम उत्पादन हुने गरेको छ। थप दुईवटा उत्पादनको उट्घाटन तयारी भइरहेका बेला केन्द्रमा गरिएको आगजनीले त्यो कार्य पर धकेलिएको छ।

केन्द्रले विदेशी आयातलाई प्रतिस्थापन गरी स्वदेशी उत्पादनलाई बढी जोड दिएको शर्माले बताए। ‘बाम यहींबाट उत्पादन हुन्छ, जुन विदेशबाट आयात गर्दा चौबर बढी मूल्य पर्छ’, उनले भने। साथै केन्द्रबाट उत्पादन हुने सन्चोले नेपाली उपभोक्ताको विश्वास जित्न सफल भएको छ। केन्द्रले आफ्नै उत्पादनको आम्दानीका भरका करिब एक सय कर्मचारीलाई रोजगारी प्रदान गरी सरकारलाई पनि कर तिर्दै आएको शर्माले बताए।

यही चैत १५ गते राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको माग राखेर राजावादी समूहले आयोजना गरेको प्रदर्शनका बेला प्रदर्शनकारीले केन्द्रमा लगाएको आगोबाट भौतिक क्षति मात्र नभइ कर्मचारीको मनोबल पनि कमजोर बनेको कर्मचारी र सुरक्षाकर्मीले बताएका छन्। ‘भागेर बाँचेका हौं, ड्युटीको समयमा अहिले पनि डर लाग्छ’, एक सुरक्षागार्डले भने।

केन्द्रले घटना भएको चौथो दिनपछि आगोले जलेर क्षति पुगेको बिजुलीको तार पुनः जडान सुरु गरेको छ भने छिट्टै अन्य भौतिक संरचना मर्मतका लागि मन्त्रालयसँग पहल गर्ने महाप्रबन्धक यादवले बताइन्।

शुक्रबार भएकाले धेरैजसो कर्मचारी तीन बजेभित्रै गइसकेको र केही कर्मचारी कार्यालयमा बैठकमा बसिरहेका बेला प्रदर्शनकारीले केन्द्र परिसरभित्र पसेर गाडीमा र भवनमा आगो लगाएका थिए। प्रदर्शनकारीले आगो लगाउने र तोडफोड गर्न थालेपछि बाहिर रहेका सुरक्षागार्ड भागेका थिए भने कार्यालयभित्र रहेका कर्मचारी झ्यालबाट हाम फालेर भागेका थिए। ‘अघिबाट ढुंगामुडा र आगजनी सुरु भएको थियो, पछिबाट भाग्यौं’ महाप्रबन्धक यादवले भनिन्। प्रदर्शनकारीले भित्र पस्नेबित्तिकै गाडीमा आगो लगाउन सुरु गरेका थिए। उक्त घटनापछि जडीबुटी प्रशोधन तथा उत्पादन केन्द्र निरसजस्तो देखिन्छ भने कर्मचारीमा पनि त्रासको भय देखिन्छ ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
५६ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस