अनाथ बालबालिकालाई सहयोग
१९ चैत्र २०८१
•
२ मिनेट पाठ
अनाथ बालबालिकालाई सहयोग
आमाबुबा दुवै नभएका अनाथ बालबालिका मात्रै पढ्ने भक्तपुरको एउटा स्कुलका विद्यार्थीलाई एक परिवारका दाजु–बहिनीले मंगलबार सहयोग गरेका छन्।




भक्तपुर नगरपालिका वडा नं ३ दरबार क्षेत्रस्थित बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत २३ जना बालबालिकालाई कक्षा ७ मा पढ्ने लक्ष्यजित र कक्षा ५ मा पढ्ने समृद्धि मल्ले शैक्षिक सामग्री सहयोग दिएका हुन्। बालबालिकाका लागि झोला, कापी, कलम, पेन्सिल, कटर, पोसाक, जुत्ता, मोजा र नगदसमेत उनीहरूले सहयोग गरेका हुन्।

स्कुलकी प्रिन्सिपल न्हुछेंलक्ष्मी गोराका अनुसार स्कुलमा नर्सरी, केजी र कक्षा १ गरी तीनवटा कक्षा सञ्चालित छन्। यी तीनवटा कक्षामध्ये नर्सरीमा पाँचजना, केजीमा सातजना र कक्षा १ मा ११ जना गरी २३ जना विद्यार्थी स्कुलमा अध्ययनरत छन्। ती सबै विद्यार्थी आमाबुबा नभएका अनाथ हुन्। उनीहरू सबैलाई सामग्री हस्तान्तरण गरिएको हो।

उनीहरू स्कुलमै खाने, बस्ने र सुत्ने गर्दछन्। लक्ष्यजित र समृद्धिले सबैलाई लहरै राखेर सामान हस्तान्नरण गरेका थिए। त्यस अवसरमा स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोरा प्रमुख अतिथि थिए।

काठमाडौंको काँडाघारीमा कक्षा ५ मा अध्ययनरत समृद्धिले दानको महत्व बुझेकाले आफूभन्दा साना स्कुले छात्रछात्रालाई सहयोग गरेको बताइन्। यसका लागि आमाबुबाले सामान उपलब्ध गराएको उनले जानकारी गराइन्। उनीहरूका हजुरआमा त्यही स्कुलकी प्रिन्सिपल लोचनाकुमारी मल्लको स्मृतिमा सहयोग गरेको समृद्धिले बताइन्। उनका अनुसार यसअघि पनि उनीहरूले अरू स्कुलमा पनि सहयोग गरिसकेका छन्। लक्ष्यजितले आफूभन्दा कमजोरलाई सहयोग गर्न पाएकोमा खुसी लागेको बताए।

कार्यक्रममा प्रमुख अतिथि स्कुल व्यवस्थापन समितिका अध्यक्ष राजकृष्ण गोराले आफूभन्दा साना नानीबाबुलाई गरेको यो सहयोग अविष्मरणीय रहेको बताए। यसले अनाथ नानीबाबुको पढाइमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।

कार्यक्रममा जनाइए अनुसार बालबालिकालाई खान र लगाउने व्यवस्थापन बालमन्दिरले गर्दै आएको छ। त्यसका लागि एकजना भान्छे र दुईजना सहयोगी गरी तीनजना व्यक्ति खटाइएको छ। स्कुलमा प्रधानाध्यापिकासहित दुईजना दृष्टिविहीन शिक्षकशिक्षिका र तीनजना शिक्षक–शिक्षिका रहेका छन्। उनीहरूलाई सरकारले नै शिक्षकका रूपमा पारिश्रमिकको व्यवस्था गर्दै आएको छ।
अर्को समाचार
अनाथ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री
२३ साउन २०७९
•
१ मिनेट पाठ
अनाथ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री
अनाथ बालबालिकालाई मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशले खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको छ। सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले तानसेनमा रहेको अभियान नेपालको सिलोम आवासीय बालगृहमा रहेका बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको हो।  




बालबालिकाको पठनपाठनमा केही राहत पुगोस् भन्ने उद्देश्यले खाद्यान्नका विभिन्न सामग्री, विद्यालय झोला, टिफिन बक्सलगायतका सामग्री सहयोग गरिएको तानसेन शाखाका प्रबन्धक विष्णुप्रसाद भण्डारीले बताए। कर्मचारीले आफ्नो आम्दानीमध्येको केही रकम संकलन गरेर अनाथ तथा बेसहारा बालबालिकालाई सहयोग गरिएको बैंकले जनाएको छ। नेपालगञ्जको मानवसेवा आश्रम, दाङको घोराहीमा रहेको नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र, रुपन्देहीको सैनामैना र अमुवा, नवलपरासीको बर्दघाटमा समेत विभिन्न सामग्री सहयोग गरेको छ।  

सामाजिक कार्यसँगै बित्तिय कारोबार, साक्षरता कार्यक्रमलाई समेत प्रभावकारी रुपमा अगाडी बढाउँदै आएको छ। बैंक सेवामार्फत ग्राहकलाई सहज, सरल र प्रभावकारी रुपमा सेवा प्रदान गर्दै बैंकिङ पहुँचभन्दा बाहिर रहेका नागरिकलाई सहजै बैंकको पहुँचमा ल्याउने कार्य गरिरहेको छ।रासस
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस