ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा शनिबार यो सिजनकै सबैभन्दा बढी ७,१४६ दर्शनार्थीले दर्शन गरेका छन्।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार चैते दशैंको पूर्वसन्ध्यामा परेको शनिबार मन्दिर क्षेत्रका होटलहरू भरिभराउ भएका छन्। आइतबार चैते दशैं परेकाले दर्शनार्थीको सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले शनिवार ७ हजार १ सय ४६ जनाले मन्दिरको दर्शन गरेको जानकारी दिए । पाथीभरा दर्शनका लागि यो समय दोस्रो सिजन हो । आइतवार चैते दशैंपनि परेका उक्त दिनका लागि दर्शन गर्ने संख्या शनिवार भन्दा बढी हुने अनुमान क्षेत्र विकास समितिले गरेको छ
पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रको माथिल्लो फेदि,काफ्लेपाटी,बलुडाँडा सहितका स्थानका होटलहरु दर्शनार्थीले भरिईसकेको भन्दै बाँकी दर्शनार्थीलाई सदरमुकाम फुङलिङ र सुकेटार क्षेत्रका होटलहरुमा बसेर बिहान दर्शनका लागि पुग्न आग्रह गरेको छ । नवरात्र,महाशिवरात्री र चैते दशैंको समय पाथीभरा दर्शनका लागि सबैभन्दा पिक सिजन मानिन्छ । दशैँ तिहार पछि शनिबार सबैभन्दा धेरै दर्शनार्थी पाथीभरा मन्दिर पुगेको पाथिभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए । महतका अनुसार यसअघि दशैँ तिहारको समयमा मात्र यो प्रकारको भिड लागेको थियो । उनले शनिवार बिहान ३ बजेदेखि नै मन्दिरमा लाइन लगाएर दर्शनार्थीको दर्शनको अवसर प्रदान गरिएको जानकारी दिए । आइतवार बढ्न सक्ने दर्शनार्थीको भीडलाई हेरेर क्षेत्र विकास समितिले दर्शन तथा पूजा सहज हुनेगरी व्यवस्थापन गरिसकेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक हाङवाङले जानकारी दिए ।