जमुनाह नाकामा कडाइ
०३ वैशाख २०८२
•
२ मिनेट पाठ
जमुनाह नाकामा कडाइ
सीमावर्ती भारतीय बजार रुपैडिहामा किनमेल गर्न जाने नेपाली उपभोक्तालाई निरुत्साहित गर्न नेपालगन्जस्थित जमुनाह नाकामा कडाइ गरिएको छ । दैनिक उपभोग्यलगायत सबैजसो खाद्यवस्तु भारतीय बजारबाट नेपाल भित्रिँदा भन्सार राजस्व र नेपालगन्जको व्यवसायमा असर पुगेपछि मुख्य भन्सार नाका जमुनाहमा कडाइ गरिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए।




“एक सयभन्दा बढी मूल्यको वस्तु नेपाल ल्याउँदा भन्सार राजस्व तिर्नुपर्ने कानुनी व्यवस्था भए पनि व्यावहारिकताका आधारमा दैनिक उपभोग्य वस्तु आयातमा केही सहुलियत दिँदा भन्सार राजस्व असुली र नेपालगन्जको व्यापार व्यवसायमा नकरात्मक असर परेकाले कडाइ गरिएको हो”, उनले भने, “राजस्व चुहावट नियन्त्रण गर्दै नेपालगन्ज भन्सार कार्यालयको राजस्व असुली लक्ष्य हासिल गर्न राजस्व परामर्श समितिको निर्णयानुसार जमुनाहनाकामा कडाइ गरिएको छ ।”

ग्रामीण नाकामा पनि सुरक्षा गस्ती टोलीले नियमित कार्यलाई थप सक्रियताका साथ अगाडि बढाएको उहाँको भनाइ छ। नेपालगन्जका व्यवसायीहरूले बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र नेपालगन्ज भन्सार कार्यालय प्रमुख पौडेललाई जमुनाहनाकामा भन्सार कडाई गर्न पटकपटक आग्रह गर्दै आएका थिए ।

“भन्सार कडाइ गर्दा सुरुआतमा कतिलाई अप्रिय पनि लाग्ला, ससाना कुरामा पनि किन टाइट गरेको हो भनेर गुनासो पनि आउन थालेको छ । एक बोरा चिनी, एक बोरा चामलमा पनि राष्ट्रिय कर छ”, बाँकेका प्रमुख जिल्ला अधिकारी जोशीले भने, “नेपालकै खान्छु बरु कम खान्छु भनेर यतैको किन्न थाल्यौँ भने यहीको व्यापार फस्टाउँछ, त्यसैले हामीले भन्सारलाई अलिकति टाइट गर्न खोजेका छौँ ।”

नेपालगन्ज भन्सार कार्यालयले विगतका आर्थिक वर्षमा लगातार निर्धारित लक्ष्य हासिल गर्न सकेको छैन । गत आवमा लक्ष्य हासिल नभएपछि नेपालगन्ज भन्सार कार्यालयको लक्ष्य चालु आर्थिक वर्ष २०८१/८२ का लागि गत आवको तुलनामा रु एक अर्ब घटाइएको थियो । गत आव २०८०/८१ का लागि रु २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार लक्ष्य निर्धारण भएकामा घटाएर चालु आवमा भन्सार असुली लक्ष्य रु २७ अर्ब १८ करोड ३५ लाख ८९ हजारमा झारिएको थियो ।

यद्यपि गत आवमा रु १८ अर्ब १५ करोड ७२ लाख ३९ हजार भन्सार राजस्व असुली भएको अवस्थामा लक्ष्य भने चालु आवका लागि रु २७ अर्ब बढी तोकिएकाले चालु आवमा पनि भन्सार लक्ष्य हासिल गर्न चुनौती देखिएको छ ।  

नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ साउनदेखि फागुनसम्म रु १२ अर्ब ६५ करोड ९६ लाख राजस्व सङ्कलन गरेको छ । यो आवमा रु २७ अर्ब १८ करोड ३५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको नेपालगन्ज भन्सार कार्यालयले प्रतिशत हिसाबले आठ महिनामा ४६ दशमलव पाँच प्रतिशतमात्र राजस्व सङ्कलन गरेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख पौडेलले जानकारी दिए।
अर्को समाचार
शान्त नाकामा झन् कडाइ
२२ मंसिर २०७२
•
८ मिनेट पाठ
शान्त नाकामा झन् कडाइ
जमुनाह (बाँके)-भारतीय पक्षले स्थानीय निर्वाचन र दसगजाको तनाबलाई कारण देखाउँदै ठप्प पारेको रुपैडिहा नाका दुवै अवस्था अन्त्य हुँदासमेत सहज पारेको छैन । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सोमबारदेखि मालवाहक ट्रक केही मात्रामा छोडे पनि इन्धन ट्यांकरमा भने झन् कडाइ गरिएको छ ।




मंसिर १२ गतेयता सोमबार र मंगलबार नाकाबाट ८१ वटा गाडी प्रवेश गरेकामा डिजेल र पेट्रोल बोकेका गाडी चारवटा मात्र आएका छन् । ग्यास बुलेट दुई सातायता एउटै आएको छैन । 'एसएसबीले मालवाहक सवारी पठाए पनि इन्धन छोड्न 'इन्ट्रेस्ट' देखाएको देखिँदैन,' नेपाल आयल निगमका मध्यपश्चिम प्रमुख विनीतकुमार उपाध्यायले भने, 'समस्या इन्डियन कस्टममा भन्दा पनि एसएसबीमै देखिएको छ ।'

निगमका अनुसार अहिले रुपैडिहामा डिजेल, पेट्रोल, मट्टीतेल र एटिएफका ५८ गाडी रोकिएका छन् । नाका सहज भएपछि इन्धन ट्यांकरलाई प्राथमिकता दिन आग्रह गरे पनि एसएसबीले त्यसैमा बढी कडाइ गरिरहेको छ ।

एसएसबीले शनिबार भारतीय सीमावर्ती क्षेत्रमा भएको स्थानीय निर्वाचनलाई कारण देखाएर दुई दिन (शुक्रबारसमेत) नाका पूर्ण रूपमा बन्द गरेको थियो । त्यसअघिका दुई दिन भने मधेसी मोर्चाको धर्नाका कारण नाकामा आवागमन प्रभावित भएको थियो । निर्वाचनपछि नाकामा खासै तनाब नहुँदासमेत पेट्रोलियम रोकेकोमा नेपाली सरकारी अधिकारीले आश्चर्य व्यक्त गरेका छन् । 'अवस्था सहज हुनेबित्तिकै हामीले रुपैडिहामा रोकिएका इन्धन ट्यांकरलगायत सवारी छोड्न कुराकानी गरेका थियौं,' बाँकेका प्रजिअ वेदप्रकाश लेखकले भने, 'तैपनि इन्धनमा उस्तै अवरोध छ ।'

नाकास्थित जमुनाह इलाका प्रहरी कार्यालयका प्रमुख विष्णु गिरीले सोमबार र मंगलबार करिब १०÷१५ जनाको संख्यामा आन्दोलनकारी सीमानाकामा देखिएको बताए । 'उनीहरू अहिले दसगजामा धर्ना बसेका छैनन्, छेउछाउ उभिइरहेका छन्,' उनले भने, 'यही कारणले हुन सक्छ, उताबाट गाडी पनि छुटेका छैनन् ।'

लेनदेनमा छुट्छन् मालवाहक

रुपैडिहामा रोकिएका मालवाहक सवारीचालकका अनुसार एसएसबीले आर्थिक लेनदेन र भनसुनमा गाडीहरू छोड्ने गरेको छ । व्यापारिक सामान लोड भएका यस्ता ट्रक छुटाउन भारतीय व्यापारीसमेत लाग्ने गरेका छन् ।

'उता (नेपाल)का साहु र यताका व्यापारी मिलेर एसएसबीसँग कुराकानी गरेपछि मात्र यताबाट सामान जान दिने गरिएको छ,' एक ट्रकचालकले भने, 'भनसुन नगर्ने र पैसा पेल्न नसक्ने हो भने त कति दिनसम्म यहीँ बस्नुपर्ने हो थाहै हुँदैन ।'

बाँकेका एक सुरक्षाअधिकारीसमेत नाकामा भारतीय सुरक्षाकर्मीले आर्थिक लेनदेनमा सामान छोड्ने गरेको बताउँछन् । उनका अनुसार कतिपय व्यापारीले धर्ना बसेका आन्दोलनकारीलाई भनसुन गरेर सवारी छुटाउने गरेका छन् । 'आयल निगमले व्यापारीले जसरी पैसा दिने कुरा हुँदैन,' उनले भने, 'त्यही भएर पनि इन्धन रोकेर अरू सवारी छोडिएको हुन सक्छ ।'

सोमबार नेपाली र भारतीय सुरक्षाअधिकारीबीच पेट्रोलियम ट्यांकर छुटाउने विषयमा सीमाक्षेत्रमा वार्ता भएको थियो । स्रोतका अनुसार उक्त वार्तामा भारतीय सुरक्षाअधिकारीले जुन गाडी अगाडि छ त्यसैलाई पहिले प्रवेश अनुमति दिने बताएका थिए । अहिले रुपैडिहा नाकादेखि केवलपुरसम्म नेपाल आउने ट्रक तथा ट्यांकरको ताँती देख्न सकिन्छ । 'चौडा सडक भएकाले सहजै पेट्रोलियम गाडी अगाडि पास गराउन सकिने अवस्था छ, एसएसबीले भने मानिरहेको छैन,' वार्तामा सहभागी एक सुरक्षाअधिकारीले भने, 'उसले पेट्रोलियम अभावले निम्त्याएको नेपालीको पीडा बुझेर पनि बुझ पचाइरहेको छ, झन् संकट पारिरहेको छ ।'

रोकियो काठमाडौं

पूर्वी नाका ठप्प भएपछि रुपैडिहाबाट भित्रने इन्धन काठमाडौं पठाउने गरिए पनि अहिले रोकिएको छ । निगम क्षेत्रीय प्रमुख उपाध्यायले लामो समय आपूर्ति ठप्प भएपछि काठमाडौं पठाउन रोकिएको जानकारी दिए । 'काठमाडौं पठाउने हो भने त यहाँ हाहाकारै हुन्छ,' उनले भने, 'त्यही भएर स्थानीय प्रशासनसँग समन्वयमा स्टक इन्धन यहीँ वितरण गरिरहेका छौं ।'

ग्यास अभाव झन् गहिरिँदो

रुपैडिहाबाट ग्यास नआएको दुई हप्ता भइसक्यो । मंसिर १२ गते नाका पुगेर रोकिएका दुई बुलेट अझै छुटेका छैनन् । यस क्षेत्रमा मनकामना, भेरी र राप्ती ग्यास उद्योगले उपभोक्तासम्म ग्यास आपूर्ति गर्दै आएका छन् ।

उताबाट बुलेट नआएपछि दुई सातादेखि सिलिन्डर भरेर पठाउने काम पनि ठप्प भएको मनकामना ग्यास उद्योगका प्रबन्धक मधु भण्डारीले बताए । उनका अनुसार दैनिक ३ हजार सिलिन्डर भर्ने क्षमता रहेको मनकामनाले सामान्य समयमा दैनिक १ हजार ५ सय सिलिन्डरसम्म ग्यास बजारमा पठाउने गरेको थियो । 'अहिले त ठप्प छ,' उनले भने, 'उता रोकिएको बुलेट नआउँदासम्म भरेर पठाउन सकिने अवस्था पनि छैन ।'

जिल्ला आपूर्ति समितिले ग्यास आउने सम्भावना टाढिएपछि सोमबार दाउरा वितरण गर्ने निर्णय गरेको छ । प्रजिअ लेखकका अनुसार नेपालगन्ज र कोहलपुरमा जिल्ला वन कार्यालयको समन्वयमा सामुदायिक वन उपभोक्ता महासंघले र ग्रामीण क्षेत्रमा कुनै एक सहकारीलाई दाउरा वितरणको जिम्मा दिने निर्णय भएको छ । अहिलेलाई एक परिवारलाई १५ दिनलाई पुग्नेगरी एक क्विन्टल दाउरा वितरण गर्न लागिएको उनले बताए ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस