चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला
०८ वैशाख २०८२
•
८ मिनेट पाठ
चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला
“अब त यस्तो लाग्न थालिसक्यो, एक दिन जङ्गल नपस्दा र जङ्गली जनावर नदेख्दा केही कुरा बिर्सिएजस्तो, केही कुरा छुटेजस्तो अनि जनावरले आफूलाई पर्खेजस्तो ।” तीन वर्षदेखि चितवन राष्ट्रिय निकुञ्जमा ‘नेचर गाइड’का रूपमा कार्यरत एलिना चौधरीका लागि जङ्गल केवल कार्यक्षेत्र मात्र होइन, आत्मशान्ति र सन्तुष्टिको स्रोतसमेत बनेको छ । उनको दिनचर्या अब स्वदेशी–विदेशी पर्यटकलाई प्रकृति र वन्यजन्तुको अवलोकन गराउँदै बित्छ ।




“असहजता, चुनौती, कठिनाइ यी सबैसँग जुध्दै पर्यटकलाई हाम्रो प्रकृति र वन्यजन्तुको जानकारी दिनु अनि तिनीहरूको अनुहारमा खुसी देख्नुजस्तो आनन्द अरू केमा मिल्ला र रु” एलिना भन्छिन्, “प्रकृतिसँग बिताएको प्रत्येक क्षण अमूल्य हुन्छ, त्यसलाई महसुस गर्न जान्नु नै आनन्द रहेछ ।”

बाल्यकाल जङ्गल छेउमै बितेकाले एलिनाका लागि जङ्गली जनावरसँगको जम्काभेट सामान्य थियो । बिहान चराचुरुङ्गीको गुञ्जन, शीतल हावाको स्पर्श, हरियालीको आनन्द यिनै कुराले उनलाई प्रकृतिप्रति झन् नजिक बनायो । यही लगावले व्यावसायिक रूपमा नेचर गाइड बन्न प्रेरित गर्‍यो ।

नेचर गाइडको औपचारिक तालिमपछि उनले चितवनको मेघौलीस्थित बाराही जङ्गल लजबाट आफ्नो यात्रा सुरु गरेकी थिइन्। अचेल उनको दैनिकी पर्यटकको तालिकाअनुसार कहिले बोट सफारी गाइड, कहिले जिप सफारी गाइड त कहिले ‘जङ्गल वाक’मा गाइडका रुपमा हुनेगर्छ ।

अलि बढी चुनौतीचाहिँ जङ्गल वाकमा हुन्छ । एलिना भन्छिन्, “कतिबेला कुन जङ्गली जनावरसँग जम्काभेट हुने हो, थाहा हुँदैन, डर हुन्छ, तर त्यही डरभित्रको रोमाञ्चकता नै जङ्गल सफारीको सौन्दर्य हो,” उनले प्रकृतिका विविधताको ज्ञानसँगै जङ्गली जनावरसँग जोगिने विशेष कला नेचर गाइडमा हुनुपर्ने बताउँछिन्।

सन् २०१९ मा नेचर गाइडको प्रमाणपत्र प्राप्त गरेकी एलिनाले आत्मविश्वास, साहस, निडरता र ज्ञानलाई आफ्नो सबल पक्ष बनाउँदै आएकी छिन्। वन्यजन्तु संरक्षण, दिगो पर्यटन र महिलाको सशक्तिकरणमा योगदान पुर्‍याएबापत एलिना अन्तरराष्ट्रिय ‘टफ–टाइगर्स लज न्याचुरलिस्ट अफ दी इयर २०२४’ अवार्ड समेत जित्न सफल भएकी थिइन्। यो उपाधि जित्ने उनी पहिलो नेपाली महिला पनि हुन्।

एलिनासँग पर्यटकहरूसँग बिताएका कैयौँ सम्झनाहरू छन् । तीमध्ये एक घटना उनको स्मरणमा ताजै छ । “एक महिनाअघि एक नेपाली पर्यटक जङ्गल सफारी गर्न आएकी थिइन्। यसअघि १२–१५ पटक जङ्गल सफारीमा उहाँले कहिल्यै बाघ देख्ने अवसर मिलेनछ । त्यो दिन संयोगवश, मैले गाइड गरिरहेको बेला उहाले बाघ देख्नुभयो । उहाँ खुसीसँग एकदम भावुक भएर रुन पो थाल्नुभयो ।” एलिना भन्छिन्, “खै किन हो कुन्नि, मैले सोध्न पनि सकिनँ । सायद, बाघ देख्ने उहाँको वर्षौंको सपना पूरा भएर पो हो कि ।” थुप्रै अनुभवसँग एलिनाको दिनचर्या जङ्गल र नदी किनारमा प्रकृतिसँग साक्षात्कार गर्दै बितेको छ ।

त्यसो त चितवन राष्ट्रिय निकुञ्ज छेउमा घर भएकी २३ वर्षीया सुदीक्षा कुमालको दैनिकी पनि उस्तै छ । स्नातक तेस्रो वर्षमा अध्ययनरत कुमाल बाल्यकालदेखि नै प्रकृति र वन्यजन्तुप्रति रुचि राख्ने उहाँ आफ्नै दिदीबाट प्रेरणा लिएर नेचर गाइड बन्ने निर्णय गरेको सुनाउँछिन्। “मेरो दिदी पनि यो क्षेत्रमा हुनुहुन्छ । उहाँकै प्रेरणाले मैले पनि नेचर गाइडको तालिम लिएँ । वन्यजन्तु संरक्षण र प्रकृतिसँग नजिक रहेर काम गर्ने अवसर पाएँ ।”

दुई वर्षदेखि  पर्यटन क्षेत्रमा सक्रिय उनी नेपाली तथा विदेशी पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्जको जैविक विविधता, वन्यजन्तु संरक्षण र वातावरणीय सन्तुलनका बारेमा जानकारी दिँदै आएकी छिन्। नेचर गाइडिङ सजिलो यात्रा थिएन । परम्परागत रूपमा पुरुषहरूको वर्चस्व रहेको क्षेत्रमा आफूलाई स्थापित गर्न सामाजिक सोच भत्काएर पर्यटकलाई विश्वस्त बनाउनु थियो ।

“सुरुमा कतिपयले महिलाले यो पेसा गर्न सक्छ भन्ने नै विश्वास गर्दैनथे । चितवन राष्ट्रिय निकुञ्जमा गैँडासहित बाघ, भालुजस्ता वन्यजन्तु पाइन्छन् । पर्यटकलाई जङ्गल सफारीमा लैजानु जोखिमपूर्ण पनि हुन सक्छ,” सुदीक्षा बताउँछिन्। मौसमको प्रतिकूलता, गर्मी वा वर्षामा बाटो हिलाम्य हुनु, कीराहरूको प्रकोपलगायत प्राकृतिक चुनौती पनि उस्तै हुन्छन् ।

वातावरण विज्ञान अध्ययन गरेकी पूर्वचितवनकी सकिना महतो आफू पढाइ अनुसारको पेसामा रमाइरहेको बताउँछिन्। “प्रकृतिप्रेमी र जनावर संरक्षणमा बढी चासो भएकै कारण मैले वातावरण विज्ञान पढेँ र यो क्षेत्रलाई पेसा बनाएर अघि बढेकी छु ।” उनले कठिनाइ भए पनि आत्मसन्तुष्टि मिलेको र नौ महिनादेखि यही पेसामा तल्लीन रहेको बताइन्।

“सहज त पक्कै छैन यो अलि जोखिम साहसिकताभित्र पर्छ, कुनै समय यो क्षेत्रमा महिला कल्पना गरिँदैनथ्यो तर अहिले महिलाका निडरताका साथ आउन थालेका छन्,” पर्यटकको जङ्गल अनुभवलाई अविस्मरणीय बनाउन आफ्नो ज्ञान, सीप, कौशलतालाई प्रदर्शन गरिरहेको उनको भनाइ छ ।

चितवन योगी टोलकी बिबिएस अध्ययनरत २० वर्षीय प्रभा कुमाल एक वर्षदेखि यो क्षेत्रमा क्रियाशील हुन्। बाल्यकालदेखि नै वन्यजन्तुप्रति रुचिले उहाँलाई वन्यजन्तुमा आकर्षित गर्‍यो । सानैबाट जङ्गल वरिपरि नै जन्मे–हुर्केका कारण वन्यजन्तुसँगको आत्मीयले नै यस क्षेत्रप्रति आकर्षित गरेको बताउँछिन्। “जङ्गल र जङ्गली जनावरसँगको अनुभव त पहिले नै थियो तर व्यावसायिक कलाका लागि नेचर गाइडको विशेष कोर्ष पूरा गरी यो क्षेत्रमा प्रवेश गरेँ, यसले थप ज्ञान र आत्मविश्वास बढायो ।”

पुरुषहरूको वर्चस्व रहेको क्षेत्रमा वन्यजन्तु संरक्षण, साहसिक पर्यटन र महिला सशक्तिकरणको नमूनाका रुपमा महिला नेचर गाइडलाई लिन सकिने बताउनुहुन्छ, बाराहीजङ्गल लजका सञ्चालक बिप्लव पौडेल । “सुरुमा यो क्षेत्रमा महिलाहरूको सङ्ख्या निकै कम थियो । अहिले भने महिला नेचर गाइडहरूको सङ्ख्या बढ्दै गएको देख्दा खुसी लाग्छ, उनीहरूको आत्मविश्वास, दक्षता र मेहनत प्रशंसनीय छ ।”

नेचर गाइड महिलाहरुको उपस्थितिले स्थानीय समुदायमा महिला सशक्तीकरणको सन्देश प्रवाह गर्न सहयोगी बनेको पौडेल भन्छन्, “हामीले बाराही जङ्गल लजबाट महिला गाइडहरूलाई प्रवद्र्धन गर्दै आएका छौँ, महिला ज्ञान, सीप र क्षमताका आधारमा अवसर पनि दिँदै आएका छौँ ।” उनीहरूको सीप विकास, तालिम र अवसरको सुनिश्चिततामा सरोकारवालाले अझ ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।

फोटो, भिडियोमार्फत पर्यटन प्रवद्र्धनमा सक्रिय फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष राम गुरुङले ‘फोटो वाक एट मेघौली यात्रा’ मा नेचर गाइड महिलाले पर्यटकलाई गाइडिङ गरिरहेका दृश्य निकै गर्विलो लागेको बताए।

उक्त यात्राको अनुभव बाँड्दै गुरुङले भने, “केही वर्षअघि मात्रै जङ्गल सफारी, बोट सफारी जस्ता साहसिक गतिविधिमा पुरुष गाइड नै प्रमुख रुपमा देखिन्थे तर अहिले त्यो ठाउँमा महिला नेचर गाइड देखिनु निकै राम्रो र सकारात्मक पक्ष हो ।”

गुरुङले भने, “वन्यजन्तु, जैविक विविधता, स्थानीय संस्कृतिलगायतका ज्ञानसँगै यस क्षेत्रमा महिला सहभागिताले पर्यटन व्यवसायमा मात्र होइन, समाजमा पनि सकारात्मक सन्देश प्रवाह भएको छ । महिलालाई हेर्ने दृष्टिकोण पनि बदलिँदै गएको छ ।”

वन, वन्यजन्तु र वातावरण संरक्षणका क्षेत्रमा क्रियाशील राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको जैविक विविधता संरक्षण केन्द्रले नेचर गाइड तालिम सञ्चालन गर्दै आएको छ । जैविक विविधता संरक्षण केन्द्र, सौराहाका वरिष्ठ रेन्जर ऋषि सुवेदीले पर्याप्त ज्ञान, आत्मविश्वास र लगावका साथ नेचर गाइड महिला यस क्षेत्र प्रवेश गरेको बताए।

“कुनै समय शून्य सहभागिता हुने नेचर गाइड तालिममा अहिले महिलाको गर्विलो सहभागिता हुँदै व्यावसायिकतमा दक्ष जनशक्तिका रुपमा देख्न पाएका छौँ । यो खुसीको कुरा हो, उनीहरुलाई अब आवश्यक तालिम दिएर थप चुनौतीको सामाना गर्न सक्ने बताउनुपर्छ ।”

उनका अनुसार, विक्रम संवत् २०४६/४७ देखि औपचारिक रूपमा सञ्चालनमा आएको नेचर गाइड तालिम सुरुमा विदेशी स्वयंसेवीहरूद्वारा प्रदान गरिन्थ्यो । जब निकुञ्ज नियमावलीमा ‘तालिम प्राप्त नेचर गाइडले मात्र पर्यटक घुमाउन पाउने’ व्यवस्था गरियो, त्यसपछि कोषले १५ दिने पाठ्यक्रम तयार गरी वातावरण मन्त्रालयबाट स्वीकृति लिएर तालिम दिन थाल्यो ।  

तालिम प्राप्त नेचर गाइडबाट जङ्गल क्षेत्रभित्र हुने वन्यजन्तु चोरी–निकासीलगायतका अन्य कुराको पनि सूचना आउने भएकाले वन तथा वन्यजन्तु संरक्षणमा पनि नेचर गाइड भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

तालिममा सहभागी हुन कम्तीमा एसइई उत्तीर्ण गर्नुपर्ने हुन्छ । स्थानीय तथा मध्यवर्ती क्षेत्रका व्यक्तिहरूलाई प्राथमिकता दिइन्छ । तालिमपछि लिखित तथा अन्तर्वार्ता परीक्षामा कम्तीमा ६० प्रतिशत अङ्क ल्याउनुपर्ने हुन्छ । उक्त मापदण्ड पूरा गरेपछि मात्र नेचर गाइडका लागि योग्य मानिन्छ । तालिम कोषले आफ्नै स्रोत र साधन प्रयोग गरेर सञ्चालन गर्दै आएको हो । विभिन्न सरोकारवाला संस्थाहरूले पनि समय–समयमा तालिमको माग गर्ने गरेका छन् ।

हालसम्म एक हजार ६०० देखि एक हजार ७०० जनाले तालिम लिइसकेका छन् ।  महिलाको सङ्ख्या १० देखि १५ प्रतिशतको हाराहारीमा छ । नेचर गाइडले मासिक रु ३० हजारदेखि ५० हजारसम्म आम्दानी गरिरहेका छन् । पर्यटकलाई पूर्ण दिनको गाइडिङ गरेबापत रु एक हजार ५०० देखि दुई हजारसम्म पारिश्रमिक प्राप्त हुन्छ भने आधा दिनको ८०० देखि एक हजारसम्म हुने गर्दछ । भारतलगायत अन्य देशमा समेत यहाँबाट तालिम लिएका गाइडले रोजगारी पाएका उदाहरणहरू रहेको सुवेदीले बताए।  

थ्री सिस्टर एड्भेन्चर ट्रेकिङ एन्ड महिला सशक्तिकरण नेपालकी संस्थापक लक्की कार्की परम्परागत रूपमा पुरुषहरूको वर्चस्वमा सीमित पेसामा महिलाले त्यो सीमालाई तोड्दै अगाडि बढ्नु महिला सशक्तिकरणको नमूना भएको बताउँछन्।

“महिला नेचर गाइडहरू आफ्नो पेसा मात्र निर्वाह गरिरहेका छैनन्, उनीहरूले स्थानीय समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणादायी शक्ति बनेका छन् । फरक क्षेत्रमा पनि महिला अब्बल छन् भन्ने उदाहरण बनेका छन्,” कार्की भन्छन्, “पहिले महिलालाई संरक्षणको विषय बनाइन्थ्यो, आज उनीहरू संरक्षणका संवाहक बनेका छन्, हिजो सीमित भूमिका दिइन्थ्यो, आज नेतृत्वदायी र चुनौतीपूर्ण भूमिकामा देखापरिरहेका छन् ।” कार्कीले महिला गाइडहरूको आत्मविश्वास, अनुभव, ज्ञान सीप, लगाव समझदारीले नेपालको पर्यटनलाई अझ सुरक्षित, समावेशी र आत्मीय बनाउन भूमिका खेलेको बताए।  जमुना वर्षा शर्मा / रासस
अर्को समाचार
गैंडाको आक्रमणबाट नेचर गाईडको मृत्यु
२१ भदौ २०८१
•
१ मिनेट पाठ
गैंडाको आक्रमणबाट नेचर गाईडको मृत्यु
फाइल तस्बिर
गैंडाको आक्रमणबाट नेचर गाईडको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुन्ज नजिकको मध्यवर्ती स्थित डल्ला गाउँको शिव सामुदायिक वनमा गैंडाकोे आक्रमणबाट शुक्रबार बिहान ३६ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको हो । उक्त वन डिभिजन वन कार्यालय अन्तर्गत पर्दछ ।




लामो समयदेखि डल्लास्थित शिव सामुदायिक वनमा ७ वटा रैथाने गैंडा छन् । बर्दिया निकुन्ज घुम्न आउँने पर्यटकलाई सहज तरिकाले गैंडा देखाउँन शिव सामुदायिक वनले नेचर गाईडको प्रयोग गर्दे आएको छ ।  

अमेरिकन पर्यटक मेक लोन्डनलाई लिएर गैडा अवलोकन गर्न पुगेका अवस्थामा गैंडाले पर्यटकलाई आक्रमण गर्न खोजेपछि बचाऊमा उत्रिएका चौधरीको घटनास्थलमै ज्यान गएको निकुन्जका सुचना अधिकारी पुरुषोत्तम वाग्लले जानकारी दिए ।    
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस