सशस्त्रमा कमाण्डरलाई कुल देवताको ‘कसम’
१६ वैशाख २०८२
•
३ मिनेट पाठ
सशस्त्रमा कमाण्डरलाई कुल देवताको ‘कसम’
सशस्त्र प्रहरीले केही दिन अघि सरुवा भएर कमाण्ड सम्हाल्न पठाएका बाहिनीपतिहरुलाई तस्करी रोक्न कुलदेवताको ‘कसम’ सम्झाएको छ । सशस्त्र प्रहरी महानिरीक्षक (आइजपी) राजु अर्यालले कमाण्डमा जान लागेका बाहिनीपति तथा तालिम शिक्षालयका समादेशकलाई तस्करी रोक्न घरका कुल देवता सम्झेर काम गर्न निर्देशन दिएका हुन् । ‘तस्करी रोक्ने र तस्करलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन आफ्नो घरको कुल देवता सम्झेर सहयोग गर्नुस्, परिणाममुखी काम गर्नुस् होइन भने जुनसुकै बेला कमाण्डबाट फिर्ता हुनुपर्ला’, आइजिपी अर्यालले भनेका थिए ।




सरकारले सीमा क्षेत्रबाट लक्ष्य अनुसार राजश्व संकलन नहुँदा पनि सशस्त्र प्रहरीलाई आरोप लगाउने गरेको अवस्थामा आफ्नो तर्फबाट कुनै पनि कमजोरी नगर्न निर्देशन दिएका थिए । भन्सार र राजश्व अनुसन्धानबाट हुने गरेका कमजोरीलाई पनि सशस्त्र प्रहरीको कमजोरी देखाउने गरेको र विभिन्न लाञ्छना लगाउने गरेको सरकारी भनाई उद्धृत गर्दै आइजिपी अर्यालले सशस्त्र प्रहरीको तर्फबाट कुनै पनि कमजोरी नगर्न र यदि कमजोरी गरेमा कमाण्डबाट फिर्ता हुनुपर्ने अवस्था आउने समेत चेतावनी दिएका थिए ।

आइजिपी अर्यालले तत्काल परिणाममुखी काम गर्न नसके जुनसुकै बेला कमाण्डबाट फिर्ता गर्ने चेतावनी दिएपछि कमाण्ड जान लागेका बाहिनीपति र समादेशकहरुले मुखामुख गरेका थिए ।‘सशस्त्र प्रहरीको वर्दी चम्काउने की यसलाई धुमिल पार्ने भन्ने जिम्मा तपाईहरुको हातमा छ त्यसैले संवेदनशील भएर आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्’, उनले भने । देशको सार्वभौमसत्ता, सीमा सुरक्षामा शून्य गल्तीमा काम गर्न र राजश्व सङ्कलनका लागि २४ घण्टा सक्रिय रहन निर्देशन दिँदै आइजिपी अर्यालले मेरो संगठन भनेर काम गर्न, लोभ लालचमा नफस्न र सङ्गठनको नीति नियम अनुसार काम गर्न निर्देशन दिएका थिए ।

‘देश र समाजको लागि गौरव गर्न लायक काम गर्न सक्नु भएन भने र व्यक्तिगत लोभ लालचमा फस्नु भयो भने तपाईँलाई कुनै शक्तिले पनि बचाउन सक्दैन त्यसको हेक्का राख्नुहोला’,उनले भने । उच्च मनोबलका साथ देखिने गरी र महसुस हुने गरी कार्य गर्न तथा आफूले गरेका कार्य प्रगति प्रत्येक महिना मुख्यालय पठाउन उनले  निर्देशन दिएका थिए ।  मातहत कर्मचारीले गल्ती गरे सम्बन्धित बाहिनीका बाहिनीपतिहरुलाई कारबाही गर्ने चेतावनी दिँदै आइजिपी अर्यालले बाहिनीदेखि गण, गुल्मसम्मका स्थायी कार्यालय हरूको प्रत्येक ३/३ महिनामा कमाण्डको पुनरावलोकन तथा पुनर्मुल्याङ्कन गरिने र त्यसमा कमजोर देखिए कमाण्ड हेरफेर तथा फिर्तासम्म गरिने बताएका थिए ।

आइजिपी अर्यालले समुदाय लक्षित विपद् स्वयंसेवक तालिम अझ प्रभावकारी रुपमा तत्काल सञ्चालन गर्न नयाँ कल्याणकारी योजना ल्याउन र पुराना कल्याणकारी कार्यलाई निरन्तरता दिन तथा १ महिनाभित्र सबै कमाण्डरले आफ्नो कार्य योजना मुख्यालयमा पठाउनसमेत निर्देशन दिएका थिए । सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अझ प्रभावकारी बनाउँदै लैजान तथा समुदायमा विपद् रोकथामको लागि सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै कार्य गर्न निर्देशन दिँदै महानिरीक्षक अर्यालले वर्दीको साख जोगाउन तथा सङ्गठनलाई कुनैपनि तरिकाबाट दाग लगाउने कार्य सह्य नहुने र बताएका थिए । ‘ राजश्व चुहावट नियन्त्रणमा निर्मम बन्न र कानूनमा जे छ सोही अनुसार गर्नुहोस् तपाईँलाई त्यसमा कुनै अर्को विकल्प छैन गलत मनसाय राख्नुभयो भने त्यसको प्रत्यक्ष निगरानी मुख्यालयले गर्छ’, आइजिपी अर्यालले भने ।

राजश्व चुहावट नियन्त्रणमा आफुले आमूल परिवर्तन चाहेको बताउँदै उनले आन्तरिक व्यवस्थापनमा समेत उत्तिकै जोड दिनु तालिमको गुणस्तर सुधार्न र प्रत्येक युनिटमा विपद् उद्धारका आधारभूत सामाग्री तयारी हालतमा राख्न समेत निर्देशन दिएका थिए। भावी पुस्ताले समेत गर्व गर्न लायक संगठन बनाउन प्रत्येक कमाण्डर उत्तिकै जिम्मेवार हुनुपर्ने बताउँदै  आइजी्पी अर्यालले भने–‘तपाईँको नराम्रा कुरा फिल्डमा देख्न नपरोस्’ । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बाहिनिपतिहरुहरुलाई आइजिपी अर्यालले आवश्यक निर्देशन दिएको बताए ।
अर्को समाचार
पूर्वसशस्त्र प्रहरी संघद्वारा सगरमाथा आरोही सशस्त्र प्रहरी नायव निरीक्षक छत्याल र बोहोरालाई सम्मान
०९ जेष्ठ २०८२
•
१ मिनेट पाठ
पूर्वसशस्त्र प्रहरी संघद्वारा सगरमाथा आरोही सशस्त्र प्रहरी नायव निरीक्षक छत्याल र बोहोरालाई सम्मान
नेपाल पूर्वसशस्त्र प्रहरी संघले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी नायव निरीक्षक दन्तबहादुर छत्याल र पूर्व सशस्त्र प्रहरी हवल्दार अक्कलबहादुर बोहोरालाई सम्मान गरेको छ।




संघका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा जेठ ९ गते नायव निरीक्षक छत्याल र बोहोरालाई नगद पुरस्कार र सम्मानपत्रसहित सगरमाथा सफल आरोहणको हार्दिक बधाई समेत दिएका थिए।

कार्यक्रममा उनीहरूलाई अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू सनतकुमार बस्नेत, शैलेन्द्र श्रेष्ठ र सिंहबहादुर श्रेष्ठ लगायतले स्वागत तथा सम्मान गरेका थिए।

यसअघि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जेठ ८ गते प्रधान कार्यालयमा सशस्त्र प्रहरी सहायक निरीक्षक छत्याललाई एक तह बढुवाको दर्ज्यायनी चिह्न प्रदान गर्नुका साथै सगरमाथा सफल आरोहणको हार्दिक बधाई समेत दिएका थिए। सगरमाथाको सफल आरोहण गरी साहसिक कार्य गरेवापत छत्याललाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सशस्त्र प्रहरी नायव निरीक्षक पदमा पदोन्नति गरेको हो।

नायव निरीक्षक छत्यालले जेठ ४ गते बिहान ९ः२० बजे सगरमाथाको चुचुरोमा 'सगरमाथा सम्वाद' र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए भने पूर्व सशस्त्र प्रहरी हवल्दार बोहोराले गत वैशाख ६ गते बिहान ८ः५८ बजे सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए।

सगरमाथा आरोहणको लागि नायव सशस्त्र प्रहरी निरीक्षक छत्याल वैशाख १५ गते र पूर्व सशस्त्र प्रहरी हवल्दार बोहोरा चैत २८ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

सम्मापन कार्यक्रममा पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरू तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस