आगामी आर्थिक वर्ष २०८२/८३ देखि कोशी प्रदेशका १३७ स्थानीय तहमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम कार्यान्वयन हुने भएको छ। हेल्भटास नेपालका कार्यक्रम अधिकृत रोहित विश्वकर्माले आगामी वर्षदेखि कोशी प्रदेशका सबै स्थानीय तहमा यो कार्यक्रम लागू हुने गरी प्रक्रिया अघि बढेको बताए।
उनका अनुसार पहिलो चरणमा कोशी प्रदेशका ४८ स्थानीय तह, दोस्रो चरणमा थप ६२ स्थानीय तह र आगामी आर्थिक वर्षदेखि बाँकी २७ स्थानीय तहमा यो कार्यक्रम कार्यान्वयन हुनेछ। ताप्लेजुङको फुङलिङ नगरपालिकामा यो कार्यक्रम लागू भइरहेको छ। आगामी वर्षमा यहाँका थप ५ स्थानीय तहले साझेदारीका लागि आशयपत्र पेश गरेको विश्वकर्माले जानकारी दिए।
यो कार्यक्रममार्फत वैदेशिक रोजगारीमा रहेका र फर्किएकाहरूलाई सीप, सूचना, मनोसामाजिक सहयोग, वित्तीय साक्षरता र न्यायमा पहुँच प्रदान गरिन्छ। संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र स्विस सरकारको वित्तीय साझेदारीमा सञ्चालित यो कार्यक्रमको प्राविधिक सहयोग हेल्भटास नेपालले गरिरहेको छ।
विश्वकर्माले चालु वर्षदेखि देशभरका ७७ जिल्लामा यो कार्यक्रम लागू भए पनि सबै स्थानीय तहमा एकसाथ पुग्न नसकिएको बताए। वित्तीय साझेदारीमा आधारित यो कार्यक्रमका लागि स्थानीय र प्रदेश सरकारले आशयपत्र पेश गर्नुपर्छ। त्यसैका आधारमा कार्यक्रम अघि बढ्छ।
सन् २०११ मा खोटाङ र सर्लाहीबाट पाइलट प्रोजेक्टका रूपमा शुरू भएको सामी कार्यक्रम दोस्रो चरणमा स्वीस सरकारको पूर्ण वित्तीय सहयोगमा १० जिल्लामा तत्कालीन जिल्ला विकास समिति र हेल्भटास नेपालको संयुक्त प्रयासमा विस्तार भयो। तेस्रो चरणमा ३८ जिल्लाका १५६ स्थानीय तहमा नेपाल सरकारको साझेदारीमा कार्यक्रम अघि बढ्यो। चौथो चरणमा ७७ जिल्लामा कार्यान्वयन भए पनि सबै स्थानीय तहमा पुग्न बाँकी छ।
चौथो चरणमा कार्यक्रम सञ्चालनका लागि ५ अर्ब ५५ करोड ७६ लाख रुपैयाँ खर्च हुने अनुमान छ। कुल खर्चको ३२ प्रतिशत संघीय सरकार, ३० प्रतिशत स्वीस सरकार, ३३ प्रतिशत स्थानीय सरकार र ५ प्रतिशत प्रदेश सरकारले बेहोर्छ।
कार्यक्रम लागू भएका जिल्लाका स्थानीय तहले रिटर्नी स्वयंसेवक परिचालन, मनोसामाजिक परामर्श, वडास्तरमा रिटर्नी संयन्त्र निर्माण, विद्यालय र समुदायमा सचेतना अभियान, सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
ताप्लेजुङको फुङलिङ नगरप्रमुख अमिर मादेनले वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित कामको तालिम, फर्किएकालाई मनोसामाजिक परामर्श र रोजगारीमा रहेका परिवारलाई सामाजिक जीवनमा निरन्तरता दिने जिम्मेवारी निर्वाह गरिरहेको बताए।
‘स्वदेशमा रोजगारी गर्न वा वैदेशिक रोजगारीमा सीप सिकेर जान यो कार्यक्रममार्फत सल्लाह दिइन्छ,’ उनले भने, ‘पर्याप्त घरेलु सल्लाह, विश्वास, नियमित सञ्चार, बालबालिका र वृद्धको व्यवस्थापनको कमीले वैदेशिक रोजगारीमा गएकाहरूका परिवारमा बेमेल र अनावश्यक लाञ्छनाले परिवार बर्बाद हुने गरेको छ। यस्ता कार्यविरुद्ध सचेतना अपनाउन यो कार्यक्रमले सहयोग गर्छ।’