ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले बढीमा २०८३ साल भदौ भित्रमा पालिकालाई फुसको छानो मुक्त बनाउने घोषणा गरेको छ ।
पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले चालु आर्थिक वर्षमै यो कार्य पूरा गर्ने प्रक्रियामा पालिका लागि परेको जानकारी दिदैं यो अवधिमा सम्भव नभए २०८३ सालको भदौ महिना पछि पालिका पूर्ण रूपले फुसको छानो मुक्त पालिका बन्ने घोषणा गरेका छन् ।
पालिकाले फुसको छानो विस्थापन सम्बन्धी कार्यविधि बनाएर फुसको छानो विस्थापन कार्यमा सहभागी हुन चाहनेले सम्बन्धित वडामार्फत आवेदन गर्न आह्वान गरेको थियो । पालिका अध्यक्ष पोमूका अनुसार फुसको छानो विस्थापन कार्यक्रमको वडागत तथ्याङ्क संकलन भएको छ ।
तथ्याङ्क अनुसार पालिकाभरिमा २ सय ८४ घरधुरी फुसको छानो विस्थापन कार्यमा सहभागी हुन सक्ने देखिएको छ । पालिकाका अनुसार वडा नं १ निघुरादिनमा ६८, वडा नं २ फुलवारीमा १ सय,वडा नं ३ हाङपाङमा ३८,वडा नं ४ चाँगेमा २९ र वडा नं ५ चाँगेमा ४९ घरधुरी फुसको छानो विस्थापन कार्यक्रममा सहभागी हुने देखिएको छ ।
वडागत तथ्याङ्कलाई विश्लेषण गरेर अन्तिम रूप दिएपछि पालिकाले सम्भव हुने भए चालु वर्षमै र नभए २०८३ सालको भदौ महिना भित्रमा पालिकालाई फुसको छानो मुक्त पालिका बनाउने पालिका अध्यक्ष पोमूले प्रतिबद्धता व्यक्त गरेका छन् । गत असार १० गते चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष पोमूले फुसको छाना विस्थापन कार्यक्रमलाई प्राथमिकता साथ अघि बढाउने घोषणा गरेका थिए । उक्त घोषणाको कार्यान्वयनका लागि पालिकाले कार्यविधि बनाई कार्यक्रम अघि बढाएको छ।