सगरमाथा संवाद : जलवायु सङ्कट समाधानमा नेपालको प्रयास
०२ जेष्ठ २०८२
•
८ मिनेट पाठ
सगरमाथा संवाद : जलवायु सङ्कट समाधानमा नेपालको प्रयास
विश्वको सर्वोच्च शिखरको नामबाट आज जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा ‘सगरमाथा संवाद’ को आयोजना भइरहेको छ। यो संवाद एक सम्मेलन मात्रै नभएर जलवायु सङ्कटको चपेटामा परेका नेपालजस्ता जलवायु परिवर्तन गराउनमा नगण्य हुँदाहुँदै जलवायुजन्य सङ्कटको उच्च असर भोगिरहेको मुलुकहरूको साझा आवाज उठाउने मञ्च पनि हो। यिनै मुलुकहरूको प्रतिनिधित्व गर्दै नेपालले आयोजना गर्न लागेकोे सगरमाथा संवाद जलवायुजन्य सङ्कट समाधानका लागि विज्ञान, कूटनीति र न्यायको सेतु बन्न सक्छ।




नेपालले भोगिरहेका जलवायुजन्य घटनाहरूका थुप्रै उदाहरणहरू हाम्रा अघि छन्। सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्षका रूपमा पुष्टि हुनु आफैँमा जलवायु सङ्कट गहिरिँदै गएको गम्भीर चेतावनी हो। सन् १८५० अछि औद्योगिकीकरण सुरु हुनुअघिको तापक्रमको तुलनामा १.५५ डिग्री सेल्सियसले तापमान वृद्धि हुनु भनेको हामी पेरिस सम्झौताअन्तर्गत तय गरिएको १.५ डिग्री सीमासँग निकै नजिक पुगिसकेको सङ्केत हो। यद्यपि, वैज्ञानिक तथ्यहरूका आधारमा हेर्दा त्यो सीमा स्थायी रूपमा ननाघिएको भए पनि अब ढिला नगरी जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिई कार्यान्वयनमा जानु अत्यावश्यक भएको छ।

वैज्ञानिक अध्ययनहरू अनुसार तापमान वृद्धिलाई १.५ डिग्रीभित्र सीमित राख्ने सम्भावना अझै बाँकी छ। तर त्यसका लागि यही दशकभित्र कार्बन उत्सर्जनमा तीव्र कटौती अनिवार्य छ। यदि हालको उत्सर्जन दर यथावत् रह्यो भने सन् २०५० सम्ममा विश्व आयमा २० प्रतिशतसम्म गिरावट आउने प्रक्षेपण गरिएको छ। दक्षिण एसियाका देशहरूमा यो आँकडा अझै उच्च (करिब २२ प्रतिशत) हुने अनुमान गरिएको छ, जहाँ आर्थिक रूपमा कमजोर देशहरूले अझ ठूलो क्षति व्यहोर्ने अपेक्षा गरिएको छ।

जलवायु परिवर्तनको अत्यन्त्य जोखिममा रहेका नेपालजस्ता अति संवेदनशील देशहरूका लागि १.५ डिग्रीको लक्ष्य प्राप्त नगर्नु भनेको आर्थिक, सामाजिक विभेद बढ्नाका साथै मानव अस्तित्वमै खतरा उत्पन्न हुनु हो। हिमनदीहरू तीव्र रूपमा पग्लिरहेका छन्। मौसमी चक्रमा आएको असन्तुलनले कृषि, पर्यटन, जलविद्युत्लगायत अर्थतन्त्रका प्रमुख आधारहरूमा गम्भीर असर परिरहेको छ।

परिवर्तनशील विश्व सन्दर्भमा नेपाल

पछिल्ला दशकमा विश्व राजनीतिक, आर्थिक र कूटनीतिक सन्तुलनमा उल्लेखनीय परिवर्तन आएको छ। तीव्र गतिमा विकास भइरहेका केही देशहरूको उदयले जलवायु वार्तामा परम्परागत ‘विकसित’ र ‘विकासोन्मुख’ मुलुकबीचको विभाजनलाई झनै जटिल र धमिलो बनाएको छ। केही देशहरू आर्थिक रूपमा अघि बढे पनि जलवायुको जोखिममा भइरहेको निरन्तर वृद्धिले जलवायु न्याय र समान उत्तरदायित्वका सवालहरू थप पेचिलो बनेका छन्।  

यस्तो पृष्ठभूमिमा जलवायु वार्ता जटिल र चुनौतीपूर्ण बनेको छ। यद्यपि, कम विकसित तथा जलवायु जोखिममा परेका देशहरूको साझा आवाज बलियो बन्दै गएको छ। यस्तो जटिल सन्दर्भमा नेपालले अति कम विकसित राष्ट्रहरूको समूह, ‘क्लाइमेट भल्नरेबल फोरम’, ‘हाई एम्बिसन कोएलिसन’ जस्ता मञ्चमार्फत अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर सक्रिय भूमिका खेलेको छ।  

नेपालको संलग्नता र सङ्कट समधानका प्रयासहरू

स्रोत र क्षमतामा सीमितताका बाबजुद, नेपालले जलवायु कूटनीतिमा सधैँ अग्रसरता देखाउँदै आएको छ। सन् १९९२ मा संयुक्त राष्ट्रसङ्घीय खाका महासन्धिमा आबद्धतादेखि २०१५ को पेरिस सम्झौतासम्म नेपालले जलवायुका जोखिमसँग जुध्न अनुकूलनका प्रयासहरू र कार्बन उत्सर्जन घटाउन न्यूनीकरणमा प्रतिबद्धता जनाउँदै आएको छ। राष्ट्रिय जलवायु नीति, राष्ट्रिय अनुकूलन योजना, अति कम विकसित राष्ट्रहरूलाई नेपालको प्रतिबद्धता स्पष्ट गर्छन्। तर हाम्रा प्रयासहरू योजना मात्रै सीमित हुँदा पर्याप्त हुँदैन। तिनलाई कार्यान्वयन गर्न वित्तीय स्रोत र प्रविधिमा पहुँचको खाँचो छ। नेपालले यही आवश्यकता लिएर अन्तर्राष्ट्रिय मञ्चहरूमा न्यायपूर्ण र समानुपातिक वित्तीय व्यवस्थाको माध्यमबाट सहयोग माग गर्दै आएको छ।

राष्ट्रियस्तरमा जलवायु सङ्कट समाधानमा सरकारको भूमिका अझ धेरै रहे पनि नेपाल जस्तै परिवेश भएका देशहरूको तुलनामा जलवायु शिक्षा, पूर्वसूचना प्रणाली, स्थानीय जनस्तरसम्म पुग्ने अनुकूलन कार्यक्रमहरू सञ्चालन गरेर नेपालले उदाहरणीय अभ्यास प्रस्तुत गरिरहेको छ। तर यी प्रयासहरूलाई अघि बढाइराख्न पर्याप्त अन्तर्राष्ट्रिय सहयोग र सहकार्य आवश्यक छ।

सगरमाथा संवादको अर्थ र महत्व

जलवायु परिवर्तनको असरको दृष्टिकोणले सबैभन्दा जोखिममा रहेका आर्थिक हिसाबले कमजोर राष्ट्रहरूको भूमिका महत्वपूर्ण भए पनि जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय कूटनैतिक बैठकहरू भने शक्तिसम्पन्न राष्ट्रहरूको अग्रसरतामा मात्र हुने गरेको छ। यस्तो पृष्ठभूमिमा सुरु भएको सगरमाथा संवाद नेपालको दूरदर्शी जलवायुसम्बन्धी कूटनीतिक पहलकदमी हो भन्दा फरक पर्दैन। विश्वकै सर्वोच्च शिखर सगरमाथाका नाममा सुरु गरिएको यो संवादले नेपालको जलवायुसम्बन्धी चिन्तन र सहकार्यका माध्यमबाट समाधान पहिल्याउने प्रयासलाई विश्वसामु पुर्‍याउने दरिलो माध्यम बनेको छ।

‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ भन्ने मूल विषयले पर्वतीय देशहरूको अवस्था र सम्भावनालाई विश्वसामु राख्न सघाएको छ। कार्बन उत्सर्जनमा नगण्य योगदान पुर्‍याउने भए पनि हिमाली क्षेत्रले अत्यधिक असर भोगिरहनु परिरहेको यथार्थलाई यसले उजागर गरेको छ। पग्लँदै गरेका हिमनदी, अनियमित मौसमी घटना र प्रकोपले स्थानीय समुदाय मात्र होइन, तल्लोतटीय जनसमुदायलाई पनि गम्भीर असर गरिरहेको छ। नेपालले सामुदायिक वन व्यवस्थापन, नवीकरणीय ऊर्जा, विद्युतीय सवारी साधनको प्रवर्द्धन र स्थानीय अनुकूलन अभ्यासहरूलाई प्रस्तुत गर्दै जलवायु जोखिमता भोग्ने राष्ट्र र पीडित मात्र नभई जलवायु सङ्कट समाधान दिने देशको छवि स्थापित गरेको छ।

नेपालीका लागि अवसर

सगरमाथा संवाद सरकार, नागरिक समाज, युवा, बालबालिका, अनुसन्धानकर्ता, आदिवासी र सीमान्तकृत समुदायहरूलाई एउटै मञ्चमा ल्याउने माध्यम बनेको छ। यसले राष्ट्रिय स्वामित्व अभिवृद्धि गर्नाका साथै नेपालले गरेका नवीनतम् प्रयासहरूलाई प्रवर्द्धन गर्ने र अन्तर्राष्ट्रिय जगतमा नेपालको नेतृत्व देखाउने सुनौलो अवसर पनि प्रदान गरेको छ। संवादले अन्तर्राष्ट्रिय बहसमा नेपालको उपस्थिति मात्र होइन, स्वामित्व र विश्वसनीयता समेत बलियो बनाएको छ।

संवादको तयारीकै क्रममा भएको सहभागिताले आन्तरिक क्षमता विकास, नीति निर्माणमा समन्वय र भविष्यका लागि नेतृत्व विकासमा महत्वपूर्ण योगदान दिएको छ। यसले नीति निर्माण, वैज्ञानिक अनुसन्धान र जनस्तरसम्मको जनचेतना अभिवृद्धिमा पुलको काम गरेको छ। नेपाल केवल जलवायु सङ्कटबाट प्रभावित मुलुक मात्र होइन, समाधानको खोजमा अग्रसर राष्ट्रका रूपमा पनि अघि बढिरहेको छ भन्ने सन्देश संवादमार्फत दिने अवसर प्राप्त भएको छ। यहाँका सङ्घसंस्था तथा व्यक्तिगत प्रयासहरूमार्फत जलवायु सङ्कट समाधानमा गरिएको नवीनतम् अभ्यासहरूलाई सगरमाथा संवादले अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गरेको छ।

अबको नेतृत्व विज्ञान र कूटनीतिमा आधारित

जसरी विश्व कोप ३० र त्यसपछिका चरणहरूमा हुने जलवायु वार्ताहरूका लागि तयारी गरिरहेको छ, सगरमाथा संवादले दिएको सन्देश स्पष्ट छ। अबका जलवायु वार्ताहरूमा राजनीतिक इच्छाशक्ति, वैज्ञानिक प्रमाण, कूटनीतिक क्षमता र नैतिक नेतृत्वको समन्वयमा जलवायु सङ्कटको हिसाबमा अग्रपङ्क्तिमा रहेका राष्ट्रहरूको उपस्थिति र सहभागिता अनिवार्य हुन्छ भन्ने रहेको छ।

नेपालले देखाएको नेतृत्वले कम योगदान तथा जोखिममा भएका मुलुकहरू पनि वैज्ञानिक प्रमाण, अनुभव र समानताको आधारमा विश्व समुदायलाई समाधान पहिल्याउन एकै मञ्चमा ल्याउने नेतृत्व गर्न सक्छन् भन्ने रहेको छ। सगरमाथा संवादले यही दृष्टिकोणलाई मूर्त रुप दिएको छ। जलवायु सङ्कट समाधानमा अगाडिको बाटो चुनौतीपूर्ण भए पनि सम्भावनाले भरिएको छ। नेपालले प्रस्तुत गरेको नेतृत्व र संवादमार्फत साना मुलुकहरूले पनि समाधान सुझाउन र अन्तर्राष्ट्रिय कूटनीतिमा अग्रणी भूमिका खेल्न सक्छन् भन्ने प्रेरणा दिएको छ। जति सङ्कट गहिरिँदै जान्छ, उति नै सहकार्य, राष्ट्रहरूको दृढता र साझेदारी आवश्यक हुन्छ र त्यसका लागि नेपालले देखाएको मार्गदर्शन अनुकरणीय छ।

नेपाल जस्तो विकासशील देशले यस्तो बहुपक्षीय संवादको आयोजना गर्नु आफैँमा ऐतिहासिक र रणनीतिक सफलताका रुपमा लिन सकिन्छ। जलवायु परिवर्तनको प्रभावको चपेटामा रहेको नेपालले अब आवाज उठाउने मात्र होइन, नीतिनिर्माणमा नेतृत्व गर्ने उद्देश्यसहित संवाद आयोजना भएको छ। यसले नेपालको नेतृत्व लिने क्षमतालाई पनि दर्शाउँछ। सगरमाथा संवादले ‘जलवायु सङ्कट र न्याय’ विषयलाई प्राथमिकता दिनेछ। संवादमा सहभागी वैज्ञानिक, राजनीतिज्ञ, शिक्षाविद् र युवा प्रतिनिधिहरूले जलवायु सङ्कटलाई पर्यावरणीय चुनौतीका रुपमा मात्रै नभएर सामाजिक र नैतिक सङ्कटका रूपमा समेत आवाज उठाउनेछन् भन्ने विश्वास छ।  

समग्रमा सगरमाथा संवाद एक अन्तर्राष्ट्रिय बहसको मञ्च हो। यसले जलवायु सङ्कट, न्याय र सहअस्तित्वका विषयमा विश्वभरका वैज्ञानिक, नीति निर्माता र समुदायलाई एकत्रित गर्छ। एकै छानामुनि भेला भएर विभिन्न मुलुकका प्रतिनिधिहरूले जलवायु सङ्कट समाधानको उपायहरूको खोजी गर्नेछन्।  नेपालको हिमालय क्षेत्र जलवायु परिवर्तनको सबैभन्दा संवेदनशील क्षेत्र भएकाले नेपालले सगरमाथा संवादमार्फत समस्या समाधानका लागि विश्वको ध्यानाकर्षण गराउनेछ भन्ने विश्वास छ।  

विश्वास छ कि यस संवादले वैज्ञानिक तथ्यहरूको आधारमा अत्यधिक कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूलाई तत्काल उत्सर्जन घटाउन प्रेरित गर्नेछ। साथै, जलवायु सङ्कट समाधानका लागि नेपालले गरेको नवीनतम र अनुकरणीय कार्यहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न र थप प्रयासका लागि अन्तर्राष्ट्रिय सहकार्य र समर्थन विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसका अतिरिक्त, संवादले युवाको सहभागिता, स्थानीय ज्ञानको सम्मान र दिगो भविष्यका लागि सहकार्यलाई प्रवर्द्धन गर्नेछ भन्ने आशा गरिएको छ। साथै, यसले विश्वलाई जलवायु न्यायतर्फ अग्रसर गराउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिएको छ।

(जलवायु परिवर्तनको क्षेत्रमा अध्ययन, अनुसन्धान तथा अन्तर्राष्ट्रिय कूटनीतिमा सक्रिय मञ्जित ढकालसँग राससले गरेको कुराकानीम आधारित) 
अर्को समाचार
‘सगरमाथा संवाद’लाई सगरमाथा बेसक्याम्पबाट विश्वप्रकाशको सन्देश
०२ जेष्ठ २०८२
•
२ मिनेट पाठ
‘सगरमाथा संवाद’लाई सगरमाथा बेसक्याम्पबाट विश्वप्रकाशको सन्देश
विश्वव्यापी जलवायु परिवर्तन र त्यसका प्रभावबारे विश्व मञ्चलाई आह्वान गर्न शुक्रबारबाट काठमाडौंमा ‘सगरमाथा संवाद’ सुरु भएको छ।




यता काठमाडौंमा सगरमाथा संवाद सुरु हुँदा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा भने सगरमाथा बेसक्याम्पमा छन्। बेसक्याम्पबाटै महामन्त्री शर्माले ‘सगरमाथा संवाद’को शुभकामना दिएका छन्। 

शुभकामना सन्देश दिँदै गर्दा महामन्त्री शर्माले ‘ठुला देशउपर दबाब बढाऔँ, सानाको नेतृत्व नेपालले गरौँ’ भनेका छन्।

यस्तै उनले यस महत्त्वपूर्ण अभियानमा संलग्न सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागीप्रति सम्मान व्यक्त गरेका छन्। 

आफू सगरमाथा बेस क्याम्पमा रहँदा जलवायु परिवर्तनले सम्पूर्ण विश्वलाई प्रभावित पारिरहेको देखिरहेको उनले बताएका छन्।

‘यसको सीधा प्रभाव म हाम्रो हिमालयमा देख्न सक्छु,’ शर्माले लेखेका छन्,‘बेसक्याम्पबाट एकातिर म सेताम्मे हिमाल हेर्दै छु, अर्कातिर देख्दै छु–जलवायु परिवर्तनको असरले कालो बन्दै गएका भित्ताहरू।’ 

हिउँ पहिरो, अस्थिर हिमनदीहरू र विगतको तुलनामा घट्दो हिमपात अत्यन्त चिन्ताजनक अवस्था रहेको महामन्त्री शर्माले बताएका छन्। 

‘नेपालजस्तो देश, जसको कार्बन उत्सर्जन अत्यन्त न्यून छ, उसले आफैँ नगरेका गल्तीहरूको मूल्य चुकाउनु परिरहेको छ,’ उनले भनेका छन्, ‘हिमालयको संरक्षण केवल नेपालको जिम्मेवारी होइन–यो सम्पूर्ण मानव जातिको साझा कर्तव्य हो।’ 

नेपालका हिमाल ‘केवल प्राकृतिक सौन्दर्यका प्रतीक नभई जीवनदायी नदीका मुहान र पृथ्वीको वातावरणीय सन्तुलनका संरक्षक पनि रहेको उनले भनेका छन्। 

‘नेपालले विश्वका प्रमुख राष्ट्रहरूलाई गम्भीर र सम्मानजनक रूपमा आग्रह गर्नुपर्छ कि तिनीहरूले कार्बन उत्सर्जनलाई उल्लेखनीय रूपमा घटाउने निर्णायक कदम चालुन्। यही नै हिमालयको रक्षा गर्ने र पृथ्वीलाई बचाउने मुख्य मार्ग हो,’ महामन्त्री शर्माले भनेका छन्। 

‘सगरमाथा संवाद’मार्फत ठुला राष्ट्रहरूलाई कार्बन उत्सर्जन घटाउन अनुरोध गर्नुपर्ने पनि उनको भनाई छ। ‘अनि साना राष्ट्रहरूको नेतृत्व विश्वका मञ्चहरूमा अब नेपालले गर्नुपर्छ,’ महामन्त्री शर्माले भनेका छन्, ‘सगरमाथा संवादले त्यो उचाइमा उठेर नेतृत्व गर्न नेपाललाई नवीन इच्छाशक्ति पुर्‍याउनुपर्छ।’ 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस