सडक मानव उद्धार र राहतमा सरकारसँग सहकार्य माग
०३ जेष्ठ २०८२
•
४ मिनेट पाठ
सडक मानव उद्धार र राहतमा सरकारसँग सहकार्य माग
सडक आश्रित व्यक्तिहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि मानव सेवा आश्रमले सरोकारवाला निकायहरूसँग प्रतिबद्धता माग गरेको छ।




नेपालभर २० जिल्लामा २६ वटा केन्द्रमार्फत हाल १ हजार ८ सय जनालाई आश्रय दिइरहेको आश्रमले शनिबार पोखरामा आयोजना गरेको ‘सडक मानव व्यवस्थापन तथा उद्धार र राहतका लागि सरोकारवालासँगको अन्तरक्रिया’ कार्यक्रममार्फत मानवमुक्त सडक निर्माणको लक्ष्यसहित पूर्वाधार विकास र सञ्चालन खर्चका लागि सहयोगको आह्वान गरेको हो।

गण्डकी प्रदेशमा कास्की, बागलुङ, लमजुङ र गोरखामा आश्रम सञ्चालन गरिरहेको संस्थाले आश्रितका लागि आवश्यक पूर्वाधार निर्माण र दैनिक सञ्चालनमा आर्थिक अभाव भएपछि सहयोगको अपेक्षासहित उद्धार र राहतमा प्रतिबद्धता खोजेको मानव सेवा आश्रम कास्कीका संयोजक तथा केन्द्रीय सदस्य सदीश पुनले बताए।

‘यो हामीले अभियान सञ्चालन गरेपनि सरोकारवालाहरू सबैको साझा दायित्व र कर्तव्य हो,’ उनले भने, ‘त्यसमा सबै जिम्मेवार होस् र अपनत्व लियोस् भनेर प्रतिबद्धता खोजेका हौं।’

कार्यक्रममा आश्रमका परिकल्पनाकार रामजी अधिकारीले २०६९ साल भदौ १३ गते स्थापित मानव सेवा आश्रमबाट हालसम्म ११ हजार सडक आश्रित व्यक्तिहरू लाभान्वित भइसकेको र हाल १ हजार ८ सय जना आश्रित रहेको जानकारी दिए।

उनले भने, ‘मानवता र मानव सेवाका लागि हामीले यो अभियान सञ्चालन गरेका हौं। यो अभियान देशैभर विस्तारको क्रममै छ।’

गण्डकी प्रदेशमा २०७४ साल चैत १७ गतेदेखि छोरेपाटनमा घर भाडामा लिएर सेवा सुरु गरेको आश्रमले हाल हेमजामा आफ्नै भवन निर्माण गरी सेवा प्रदान गरिरहेको केन्द्रीय सदस्य तथा कास्की संयोजक पुनले जानकारी दिए।

उनका अनुसार हाल पोखरा–२५ हेमजामा १४० जना पुरुष र छोरेपाटनमा ७७ जना महिला र १३ जना बालबालिकासहित ९० जना गरी कास्कीमा मात्रै २३० जना आश्रित छन्।

त्यस्तै, बागलुङमा ६२, गोरखामा ३८ (बालबालिका) र लमजुङमा २८ जना आश्रित रहेको उनले बताए। गण्डकी प्रदेशमा हालसम्म १ हजार ३ सय सडक आश्रित व्यक्तिहरूको उद्धार गरिए पनि केहीको मृत्यु भएको र केही पारिवारिक पुनर्मिलनपछि घर फर्किएको उनको भनाइ छ।

आश्रितलाई सेवा तथा नयाँलाई उद्धार र राहतका लागि बजेट अभाव भएकाले सरोकारवालाहरूको ध्यानाकर्षण गराइएको कास्की आश्रमको भवन निर्माण समितिका अध्यक्ष धर्मराज बास्तोलाले बताए।

‘पूर्वाधार निर्माणमै बजेट अपुग छ। त्यसबाहेक दैनिक सेवाका लागि पनि खर्च पुगेको छैन,’ उनले भने। हाल ६० प्रतिशत खर्च सर्वसाधारणबाट र ४० प्रतिशत खर्च सरकारबाट प्राप्त भइरहेको उनले जानकारी दिए।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले तीनै तहको सरकारको तर्फबाट मानव सेवा आश्रमले महत्त्वपूर्ण सेवा दिइरहेको सुनाए।

उनले आश्रम सञ्चालनका लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै भने, ‘’तीनै तहको सरकार यसमा जिम्मेवार भएर सहयोग गर्न तयार छ।’

पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिमिल्सिनाले असहाय, गरिब र निमुखाको सेवामा समर्पित मानव सेवा आश्रमले उदाहरणीय कार्य गरेको बताए। ‘पोखरा महानगर यस कार्यको प्रशंसा गर्दछ,’ उनले भने, ‘राज्यले गर्ने कार्य तपाईंहरुले गरिरहनु भएको छ। यस कार्यमा महानगर आवश्यक सहयोग गर्न तयार छ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री पञ्चराम गुरुङले सडक आश्रितको व्यवस्थापनका लागि राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिए। उनले भने, ‘आवश्यक बजेट जुटाउन चन्दा सङ्कलन गर्न होस् वा गण्डकी सरकारलाई झकझक्याउन म अग्र भागमा रहेर काम गर्न तयार छु।’

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले राज्यले गर्नुपर्ने काम आश्रमले गरिरहेको भन्दै प्रशंसा गरे। ‘जसको घरबार छैन, गाँस, बास र कपास छैन, माया पाएको छैन उसलाई राज्यले अभिभावकत्व दिनुपर्दथ्यो तर राज्यले गर्न नसकेको काम मानव सेवा आश्रमले गरिरहेको छ। यसका लागि आश्रमलाई धेरै धेरै धन्यवाद,’ उनले भने। उनले आश्रमको पूर्वाधार निर्माणसँगै आत्मनिर्भर बनाउन अन्नपूर्ण गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा पोखरा–२ का वडाध्यक्ष दिवसमान प्रधानाङ्ग, पोखरा–१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ, वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौला र सामाजिक विकास कार्यालयका प्रमुख राजेन्द्र पौडेल लगायतले पनि आश्रम सञ्चालन र सडक आश्रितको उद्धार तथा राहतका लागि आ-आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
अर्को समाचार
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
११ मिनेट अघि
•
१ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
कपिलवस्तु । २४ घण्टे अल्टिमेटमलगत्तै लुम्बिनी विकास कोषले निषेधित क्षेत्रमा रहेका पसल र टहराहरू शनिबार हटाएको छ।




शुक्रबार कोषले २४ घण्टे समयसीमा दिएर निषेधित क्षेत्रका पसलहरू खाली गर्न सूचना जारी गरेको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो।

गुरुयोजना क्षेत्रअन्तर्गत पर्ने पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा राखिएका पसलहरू हटाइएको हो। लुम्बिनीको धार्मिक तथा सांस्कृतिक महत्व, पवित्रता, स्वच्छता र सौन्दर्य कायम राख्नुका साथै गुरुयोजनाको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले यस्तो कदम चालिएको लुम्बिनी विकास कोषले जनाएको छ।

लुम्बिनीको पवित्रता र मौलिक स्वरूप संरक्षणका लागि कोषले थालेको यस कदमलाई गुरुयोजना क्षेत्र व्यवस्थित बनाउन चालिएको कदमका रूपमा जनाइएको छ। आगामी दिनमा पनि निषेधित क्षेत्रमा पसल राख्न नपाइने र सूचनाविपरीत पसल सञ्चालन गरी राखिएका सामान हटाउन अटेर गरेमा प्रचलित कानुन तथा प्रक्रियाबमोजिम सामान जफत गरिने कोषले चेतावनी दिएको छ।
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
यो पनि पढौँ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस