सिरिजङ्गा गाउँपालिकाले याक प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ। गत वैशाख १३ देखि १५ गतेसम्म सिरिजङ्गा गाउँपालिका–८, याम्फुदिनको नयाँ झोरेनीमा आयोजित सिरिजङ्गा महोत्सवमा पालिकाले भेटनरी अस्पताल र पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङसँगको सहकार्यमा चौंरी प्रतियोगिता सम्पन्न गरेको थियो।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङदेम्बेका अनुसार चालु वर्षका लागि याक प्रवर्द्धन कार्यक्रममा ८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। कृषक, कृषक समूह, सहकारी, समिति र निजी संस्थाले यो कार्यक्रममा सहभागी हुन सक्नेछन्। यसपटक ८ लाख रुपैयाँको बजेटबाट दुईवटा संस्था वा समूह छनोट गरिने पालिकाले जनाएको छ। यसअघि फक्ताङलुङ गाउँपालिकाले पनि याक-चौंरी प्रवर्द्धनका लागि आवेदन माग गरिसकेको छ।
पालिकाले पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ अनुसार याक प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न लागेको हो। सामुदायिक प्रयोजनका पशुपन्छी र मत्स्य विकास पूर्वाधारमा अधिकतम ८५ प्रतिशत र निजी वा व्यवसायिक प्रयोजनका पूर्वाधारमा अधिकतम ५० प्रतिशत लागत सहभागिता हुने पालिकाले जनाएको छ। कार्यक्रममा सहभागी हुन इच्छुकले जेठ १० गतेभित्र पालिकामा आवेदन दिनुपर्नेछ। आवेदनका लागि वडाको सिफारिस, कार्यक्रम सञ्चालनको परियोजना प्रस्ताव, जग्गाधनी पुर्जाको प्रतिलिपि वा भाडा सम्झौताको प्रतिलिपि, नागरिकताको प्रतिलिपि र समूहको निर्णयको प्रतिलिपि संलग्न गर्नुपर्नेछ।
ताप्लेजुङको उत्तरी क्षेत्रमा याक र चौंरी पालनको राम्रो सम्भावना छ। सिरिजङ्गा, फक्ताङलुङ, सिदिङ्वा र मिक्वाखोला गाउँपालिका याक पालनका लागि उपयुक्त क्षेत्र मानिन्छन्।