बसले म्याजिक भ्यानलाई ठक्कर दिँदा सर्लाहीमा युवतीको मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन् ।
दुर्घटनामा लालबन्दी नगरपालिका १७ रानिगञ्जकी २२ वर्षीया सोना पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा मोडेल अस्पताल लालबन्दीमा मृत्यु भएको हो । घाइते सबैको सोही अस्पतालमा उपचार भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दीको रानीगञ्जमा लालबन्दीतर्फ आउँदै गरेको ना६ख ७२२७ नम्बरको बसले विपरीत दिशामा रहेको ना१ज २६४५ नम्बरको भ्यानलाई ठक्कर दिएको थियो ।
फरार बस चालकको खोजी भइरहेको र दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको सर्लाही प्रहरीले जानकारी दिएको छ ।