भरतपुर महानगरपालिका-२२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मंगलबार राति इच्छाकामना गाउँपालिका-७ दाहाखानीस्थित दाह खानी भ्यू रिसोर्टको पौडी पोखरीमा उनी डुबेका थिए।
साथीहरूसँग पौडी खेल्न गएका उनलाई डुबेको अवस्थामा भेटेपछि प्रहरीले उनका आठ जना साथीलाई नियन्त्रणमा लिएको छ।
भरतपुर महानगरपालिका-२२ का २२ वर्षीय सिमन थापा, प्रवीण घिमिरे, ५७ वर्षीय मेघलाल चुडाल, २६ वर्षीय दिपेश महतो, १९ वर्षीय शुबु खत्री, महानगरपालिका-१३ का २६ वर्षीय आदेश सुवेदी, २९ वर्षीय आशिष शर्मा र लमजुङ सुन्दरबजारका २६ वर्षीय नारायण बस्नेतलाई हिरासतमा लिएर अनुसन्धान शुरू गरिएको छ। रासस