सेवा निवृत्त नेपाली सेनाहरूले थाले 'कर्तव्यपथ' अभियान
०८ जेष्ठ २०८२
•
५ मिनेट पाठ
सेवा निवृत्त नेपाली सेनाहरूले थाले 'कर्तव्यपथ' अभियान
युवाहरूमा मातृभूमिप्रतिको दायित्वबोध गराउने उद्देश्यका साथ सेवा निवृत्त नेपाली सेनाहरूले एउटा अभियानको थालनी गरेका छन्। नेपाली सेनाबाट सेवा निवृत्त उच्चस्तरीय सैनिकहरूको संगठन ईगल थिंक ट्याङ्क नामक गैरनाफामूलक संस्थाले 'कर्तव्यपथ' नामक अभियान थालेका हुन्।




नेपाली युवाहरूलाई राष्ट्र निर्माणको मार्गमा अग्रसर गराउने उद्देश्यका साथ अभियान थालनी गरिएको जनाइएको छ। अभियान अन्तर्गत पहिलो पटक राजधानीमा सातदिने तालिम थालिएको छ। युवाहरूलाई सक्षम, जिम्मेवार र देशभक्त नागरिकको रूपमा विकासित गरी समृद्ध र शान्त नेपाल निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षाका साथ पहिलो पटक विद्यार्थी समूहमा तालिम थालिएको जनाइएको छ।

नैतिकवान नेतृत्व, अनुशासित जीवनशैली, प्रगाढ राष्ट्रिय चेतना, जिम्मेवार नागरिकता र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्नसक्ने क्षमताले सुसज्जित गर्ने पवित्र उद्देश्यका साथ 'कर्तव्यपथ' नामक एक सातदिने विशेष तालिम कार्यक्रमको थालनी गरिएको जनाइएको हो। ईगल थिंक ट्याङ्कको सहकार्यमा साउथ वेस्टर्न स्कूल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी र युनिभर्सिटी अफ थ्री जेनेरेसनको संयुक्त आयोजनामा तालिम थालिएको हो।

आयोजकहरूले भविष्यमा यो कार्यक्रम देशभरका स्थानीय निकाय, महानगरपालिका, नगरपालिका, गाउँपालिका तथा विभिन्न शैक्षिक संस्थाहरूसँग सहकार्य गरी अगाडि लाने जनाए। यस्ता युवा सशक्तीकरण, नागरिक शिक्षा र नेतृत्व विकास कार्यक्रमलाई आफ्नो नीति तथा कार्यक्रमको अभिन्न अङ्ग बनाउन आग्रह गरेको छ। नवस्थापित ईगल थिंक ट्याङ्क यस प्रकारको तालिम सञ्चालन गर्न प्रतिबद्ध रहेको र आवश्यक सहयोग गर्न तयार रहेको पनि जानकारी गराइएको छ।

तालिम कार्यक्रमले सहभागीहरूको शारीरिक, मानसिक, नैतिक र नेतृत्व क्षमताको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने लक्ष्य लिएको छ। प्रशिक्षणको क्रममा सहभागीहरूले अनुभवी सुरक्षा विज्ञहरू, वरिष्ठ कूटनीतिज्ञहरू, प्रतिष्ठित प्राध्यापकहरू र संयुक्त राष्ट्रसंघीय पूर्व शान्ति सैनिक तथा प्रहरी अधिकारीहरूबाट प्रत्यक्ष ज्ञान र अनुभव प्राप्त गर्ने अवसर पाउने जनाइएको छ।

ईगल थिंक ट्याङ्कका प्रबन्ध निर्देशक तथा पूर्व सैनिक कूटनीतिज्ञ ब्रिगेडियर जनरल रामचन्द्र खत्री (अवकाशप्राप्त) ले आजको जटिल सुरक्षा, कूटनीति र विश्व शान्ति व्यवस्थामा नेपालले अनुशासित, जानकार र नैतिक प्रतिबद्धतायुक्त नयाँ पुस्ताका नेतृत्वहरू तयार गर्नु अपरिहार्य भएकोले यस्तो अभियानको थालनी गरेको जनाए। 'कर्तव्यपथ' केवल एक तालिम मात्र नभई यो एक राष्ट्रिय अभियान हो, जसले हाम्रा विद्यार्थीहरूमा राष्ट्रिय गौरव, अनुशासन, नैतिकता र सेवा भावलाई जागृत गर्ने छ, उद्घाटन कार्यक्रममा उनले भने।

उद्घाटन कार्यक्रममा युनिभर्सिटी अफ थ्री जेनेरेशनका अध्यक्ष डा राजेन्द्र केसीले यो तालिममाले विद्यार्थीमा अनुशासन, समयको व्यवस्थापन, टिम व्यवस्थापनबारे राम्रो ज्ञान हुने विश्वास व्यक्त गरे। साथै यसले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा पनि उल्लेखनीय भूमिका खेल्ने विश्वास लिए। अर्का आयोजक साउथ वेस्टर्न स्कूल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीका प्राचार्य इन्जिनियर दीपक धामीले तालिमले विद्यार्थीको चातर्फी विकासमा सहयोग गर्ने गहिरो विश्वास व्यक्त गरे।

कर्तव्यपथ राष्ट्र निर्माणको सारथी बन्ने युवाहरूको लागि एक विशेष तालिम भएको कार्यक्रममा बताइयो। यो तालिम विशेषगरी मुलुक र समाज सेवामा समर्पित भावना भएका, भविष्यमा सुरक्षा निकाय, कूटनीतिक क्षेत्र, नागरिक प्रशासन र संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूमा सक्रिय भूमिका निर्वाह गर्नसक्ने युवाहरूलाई लक्षित गरिएको जनाइएको छ।

बसुन्धरास्थित साउथ वेस्टर्न स्कूल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीको भवनमा सुरु भएको तालिम निःशुल्क रहेको छ। तालिमले युवाहरूलाई आफ्नो मातृभूमिप्रतिको दायित्वबोध गराउँदै विदेश पलायनको बढ्दो प्रवृत्तिलाई सन्तुलन गर्न एक दूरगामी प्रयास हुने विश्वास गरिएको छ।

'कर्तव्यपथ'ले युवाहरूलाई अनुशासनको महत्त्व, नैतिक मूल्यमान्यताको पहिचान, शारीरिक सहनशीलताको विकास, दूरदर्शी नेतृत्व क्षमताको अभिवृद्धि र अन्तर्राष्ट्रिय शान्ति कार्यको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरी उनीहरूको व्यक्तित्व विकासलाई नयाँ दिशा दिने लक्ष्य राखेको छ।

तालिमलाई अझ प्रभावकारी बनाउन सुरक्षा अध्ययन भ्रमणलाई पनि कार्यक्रमको अभिन्न अङ्ग बनाइएको छ। यस अन्तर्गत सहभागीहरूलाई नेपाली सैनिक तालिम प्रतिष्ठान खरिपाटी, भक्तपुर; गरुड सेक्युरिटी प्रा.लि. महाराजगञ्ज, काठमाडौं र अल्टिमेट भेन्यु नेपाल, कपन, काठमाडौंको अवलोकन गराइने योजना राखिएको छ।

आर्थिक अभावका कारण कुनै पनि इच्छुक विद्यार्थी यो महत्त्वपूर्ण अवसरबाट वञ्चित नहोस् भन्ने उदात्त उद्देश्यले यो तालिम पूर्ण रूपमा निःशुल्क प्रदान गरिनेछ। यस कार्यक्रममा संलग्न सबै स्रोत व्यक्ति तथा विज्ञहरूले आफ्नो अमूल्य समय र ज्ञान निःस्वार्थ रूपमा प्रदान गर्ने जनाइएको छ।

तालिमको समापनमा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ। यसले उनीहरूको व्यक्तिगत विवरण (सीभी)लाई थप आकर्षक बनाउने छ। यसका साथै, तालिम अवधिमा ईगल आइ अनलाइन क्विज कन्टेष्ट पनि आयोजना गरिने जनाइएको छ। यसमा उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने युवाहरूलाई उचित पुरस्कार प्रदान गरिने जनाइएको छ। इच्छुक प्रायोजक वा दाताहरूले यस प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गर्न सक्ने जनाइएको छ।

यो कार्यक्रम चार मुख्य आधारस्तम्भहरूमा आधारित हुने जनाइएको छ।

पहिलो, सुरक्षा सचेतनाः यस अन्तर्गत सहभागीहरूलाई नेपालको राष्ट्रिय सुरक्षा संरचना, दैनिक जीवनमा आवश्यक प्रयोगात्मक सुरक्षा सीपहरू, शारीरिक तन्दुरुस्ती र अनुशासनको महत्त्वबारे विस्तृत जानकारी प्रदान गरिनेछ।

दोस्रो, मानव संसाधन तथा नैतिक नेतृत्वः यस खण्डमा युवाहरूलाई नागरिकको रूपमा आफ्नो कर्तव्यबोध, सामूहिक कार्यमा नेतृत्व गर्ने क्षमता, उच्च नैतिक आचरण र इमानदार नेतृत्व विकास जस्ता विषयमा गहन प्रशिक्षण दिइनेछ।

तेस्रो, कूटनीति तथा संयुक्त राष्ट्र संघीय शान्ति मिसनः यस स्तम्भमा सहभागीहरूले कूटनीतिक मर्यादा, अन्तर्राष्ट्रिय वार्ता प्रक्रिया, संयुक्त राष्ट्र संघीय शान्ति मिसनको संरचना र बहुसांस्कृतिक वातावरणमा नेतृत्व गर्ने कला जस्ता विषयमा ज्ञान हासिल गर्नेछन्।

चौथो, साहसिक, जीवन रक्षा सीप तथा सहनशीलता निर्माणः यस खण्डमा युवाहरूलाई विभिन्न साहसिक गतिविधिहरूमा सहभागी गराई मानसिक दृढता, जुनै परिस्थितिमा बाँच्न सक्ने सीप र समस्या समाधान गर्ने क्षमता विकास गराइनेछ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस