फावाखोलाले बगाएर ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेकी एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार मेहेलेकी अन्दाजी ५१ वर्षीया बिष्णुमाया लिङदेनको खोला तर्नेक्रममा मृत्यु भएको हो । उनलाई फावाखोलाले करिब १५० मिटर बगाएको थियो ।
खबर पाउनासाथ इलाका प्रहरी कार्यालय तेल्लोकबाट वरिष्ठ प्रहरी नायव निरीक्षक जोगेन्द्र चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ परिचालित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।