सर्लाहीमा भारतीय नम्बर प्लेटको सवारी साधनको ठक्करबाट वृद्धाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मलंगवामा बिआर ०६ एई ९६६८ नम्बरको कारको ठक्कर दिँदा मलंगवा नगरपालिका ३ की ७० वर्षीया हसिना खातुनको मृत्यु भएको हो ।
मलंगवा नगरपालिका ८ को भित्री सडकमा गोरखकालीबाट मलंगवा बजारतर्फ जाँदै गरेको कारले पैदलयात्री खातुनलाई ठक्कर दिएको हो ।
गम्भीर घाइते उनको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कारसहित चालक मलंगवा नगरपालिका ८ का ३० वर्षीय अमित गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।