कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा अहिले विश्वको सर्वोच्च शिखर सगरमाथाको तेस्रो क्याम्पमा छन् । बेसक्याम्पसम्म मात्रै जाने भनेर हिँडेका उनले नयाँ निर्णय लिँदै सगरमाथा आरोहणको प्रयास गरेका हुन् ।
बिहीबार मात्रै शर्माले फेसबुकमा एउटा स्टाटस लेख्दै आफ्नो स्थितिबारे अपडेट गराएका थिए । आफू उच्च मनोबलमा रहेको र स्वास्थ्य स्थिति पनि नबिग्रिएको सुखद् खबर उनले आफ्नो शुभचिन्तकहरूलाई बाँडेका थिए। सगरमाथा आरोहण बन्द हुन ६ दिन मात्र बाँकी रहेको र मौसम अस्थिर भएको हुँदा अब चढ्ने कि झर्ने भनेर निर्णय लिन नसकेको शर्माको भनाइ थियो।
महामन्त्री शर्माले आफूलाई उक्लनुभन्दा ओर्लनु गाह्रो भइरहेको पनि बताएका थिए। 'प्रशिक्षणमा म सबल उत्तीर्ण भएको उक्लिनमा हो। ओर्लिनमा मेरो दक्षताको चित्तबुझ्दो प्रगति, न मैले महसुस गरेको छु, न शेर्पा साथीहरूले गर्नुभएको छ। त्यसैले अझै माथि उक्लनुपूर्व ओर्लने क्षमता थप विकास गर्नु छ। रोटेसनले त्यो अभाव पूर्ति गर्नेछ भन्ने मानसिक र व्यावहारिक दबाब छ,' उनले लेखेका थिए।
यसैबिच विश्वप्रकाश शर्माकी पत्नी कबिता शर्माले एउटा भावुक स्टाटस पोस्ट गरेकी छिन्। श्रीमानको बाँकी यात्रा सहजताको लागि भागवानसँग प्रार्थना गरेकाे बताएकी छिन्।
यस्तो छ उनको स्टाटस
हिमाल आरोहणमा जानुभएका श्रीमानका प्रति
श्रीमतीको भावना
केहि दिन यतादेखि हजुरलाई माया गर्ने परिवारजन, आफन्त, साथिभाई, राजनीतिकर्मीहरुले धेरैभन्दा धेरै फोन सम्पर्क गरिरहनु भएको छ। जब हजुर फोन नेटको सम्पर्कबाट बाहिर हुनुभयो, सबैले धेरै चासो र जिज्ञासा राखेर मलाई सोधिरहनुभएको छ। कहाँ पुग्नुभयो ? तपाईसँग सम्पर्क भएको छ कि छैन ? हामी त उहाँले हिमाल चढ्ने आट हिम्मत देखेर अत्यन्तै खुशी छौं तर सम्पर्क नहुंदा आत्तिएका पनि छौं। अनि केहि माया गर्ने व्यक्तिहरुको चासोको विषय यस्तो पनि छ, "हैन ! कसरि यस्तो सोच आयो ? कत्रो हिम्मत गरेको को हो ? तपाइले कसरि पठाउनुभयो ?", यस्ता यावत प्रश्नहरुको जवाफ धेरैभन्दा धेरै फोनमार्फत जिज्ञासा राख्नुहुने हजुरका सुभेक्षुकहरुलाई दिदै आएकी छु । अफ़टयारोमा सम्झिने नै आफ़्नो हुने रहेछ।
हरेको मानिसको आ-आफ्नै सपना हुदो रहेछ; लक्ष्य हुदो रहेछ। उहाँको सगरमाथा आरोहण गर्ने सपना र लक्ष्यका लागि केहि वर्ष यता उहाँले नियमितरुपमा फुटसल खेलेर स्वस्थ बनाएको शरीर र खानपानमा समेत सचेत भएको कुरा नजिकबाट नियाल्दै र साथ दिदै आएकी थिए। अघिल्लो पटक लोबुचे हिमाल आरोहण गरेर आएपछि त्यहाँको अनुभवले उहाँमा थप उर्जा थपियो; र यहि चैत्र महिना मै जाने निर्णय गर्नुभएको थियो; तर पार्टीको केहि जिम्मेवारी पुरा गर्नु पर्ने र पार्टीका केहि महत्वपूर्ण बैठकहरुमा उपस्थित हुनुपर्ने नै भयो, संगसँगै शिक्षकहरु सडकमा आन्दोलन गरिरहेको अवस्था थियो। त्यो बेलामा उहाँ आफ्नो जिम्मेवारी पुरा गर्दै शिक्षकहरु जस्तै तेजु सर, तोया सरदेखि देशभरिका शिक्षकहरुसँग नियमित सम्पर्क सम्बादमा उहाँहरुका माग पुरा हुन् भनेर लागिरहनु भएको कुरा मैले नजिकबाट सुनिरहेको थिएँ। यस्तै केहि जिम्मेवारीहरु पुरा गर्दागर्दै जाने मिति अलि पछि धकेलियो यद्यपि यो पटक उहाँले बेस क्याप सम्मको यात्रा तय गरेर हिडनु भएको थियो तालीमको क्रममा अझ माथी जाने हिम्मत आएछ।
आज मात्र मेरो उहाँसँगै रहेका दुईजना शेर्पा भाइहरुसँग कुरा भयो र उहाँहरुको भनाइ पनि मौसम त्यति अनुकुल नरहेको र आरोहण गर्ने मिति अलि ढिला नै भएको कुरा बताउनुभयो। अब सगरमाथाको शिखर पुग्नका लागि १५०० मीटर मात्र रहेको बताएपछि मैले उहाँहरुलाई सोधे, "दाइको स्वास्थ्य कस्तो छ ? जान सक्ने अवस्था छ कि छैन ?," भन्दा भाइहरुले भन्नुभयो, "दाइ एकदम दरो छ, हिड्न पनि सक्छ तर मौसमले के गर्छ ? मौसम राम्रो भएन भने अर्को सिजन पर्खिनुपर्छ," । यति सुनेपछि मन अलि शान्त भयो। घरमा श्रीमती, छोरा-छोरी आत्तिएलान् भनेर उहाँका अफ्ठ्यारा परिस्थितिहरु हामीलाई नभनेको हुन सक्छ भनेर मैले शेर्पा भाइहरुसँग आफै सम्पर्क र सम्बाद गरे।
उहाँ घरबाट हिडेको दिनदेखि नियमितरुपमा फोन सम्पर्क मै हुनुहुन्थ्यो। त्यहाँका सबै भिडिओहरु पठाई रहनु हुन्थ्यो। छोरा-छोरीसँग भिडिओ कलमा जिस्कीरहनुहुन्थ्यो। बेसक्याम्पबाट माथि चढेपछि टेलिफोन-नेट सम्पर्क नहुदा जीवन कै सबैभन्दा ठुलो छटपट्टि, डर र चिन्ता लाग्यो। मध्यरातमा पनि झसंग-झसंग हुदै फोन आयो कि मेसेज आयो कि भनेर हेरिरहे। कुनै पल पनि फोन छेवैमा राखिरहे। नेटवर्क नहुने तर दिउसो घाम लाग्दा मात्र सोलारमार्फत आएको नेटले दुई दिन पछि कुरा हुदा मन एकदमै भकानियो मेरो आशुले उहाँलाई कमजोर नबनाओस भनेर आशु लुकाए
आज पनि केहि बेर मात्र कुरा भएपछि फोन काटियो; त्यसपछि सम्पर्क भएको छैन। शेर्पा भाइहरुसँगको कुरा; उहाँको अनुभवको कुराले अब थप यात्रा मौसमको अनुकुलतालाई हेरेर निर्णय गर्ने भन्नुभएको छ।
केहि दिनदेखि उहाँको पोस्टको share, अनि सकारात्मक प्रतिक्रिया; मेडियाहरुले लेखेका सकारात्मक समाचार; परिवार, साथीभाई, राजनीतिसहकर्मी, विपक्षी दलका सुभेक्षुकहरु सबैको कामना, प्रार्थना र चाहना; आरोहण गरेर नै फर्किनुहोस् भन्ने छ। कतिपयले, "सोचेर निर्णय गर्नु", भन्नुभएको छ। ९९% ले गरेको माया दिएको हौसला र आशिर्बाद देखेर मन हर्षित भएको छ। सबैप्रति मेरो व्यक्तिगत रुपमा आभार, धन्यवाद र नमन गर्दछु यद्यपि केही नकारात्मक टिप्पणी पनी नआएका हैनन तर सागरमाथा आरोहण मनोरंजन मात्र भए सबै जाने थीए होला ,यो कठिन यात्रा र दर्बिलो आत्मबलको कुरा हो ।
त्यहाँ पूगेर पछी त्यहाँको नेट टेलीफ़ोनको समस्या , पर्यटक हरूको सुरक्ष्याको समस्या फोहर ब्यावस्थापनको समस्या देखी यावत समस्याको समाधान कसरी गर्न साकिन्छ भनेर गृह मन्त्री रमेश लेखक र पर्यटन मन्त्री बद्री पाण्डेलाई बोलाएर त्यहाँका स्थानीयहरू संग छलफल गराएको कुरा सामाजिक संजालदेखी मिडीया हरूमा आएता पनी मनस्थिति नकारात्मक भएका हरूले नकारात्मक प्रतिक्रिया दिनु स्वाभाविक हो कलीयुगमा छौ हामी।
म भगवान प्रति अलि बढी नै विश्वास गर्छु; कुनै पनि कुरा देखेको होइन लेखेको हुनुपर्छ भन्ने कुरा विश्वास र अनुभवले सिकाएको छ। यति कडा परिश्रम र मिहिनेतका साथ सबैभन्दा जोखिम यात्रा - खुम्बू आइस् फल पार गरिसक्नु भएको छ। अब सगरमाथा को चुचुरोमा पुग्नका लागि डेढ किलोमीटर(१५०० मिटर) भएपनि मौसम अनुकूल भएन भने नजानु होला भनेर आग्रह गरेकी छु। स्वास्थ्यले साथ दिए अर्को सिजनमा समयमै जानु होला भनेकी छु। तेन्जिंग शेर्पाले ७ औं पटकमा आरोहण गरेको कुरा हामीसबैलाई थाहा छ; भने यस पटक हजुरले पुरा गर्न नसकेको कुरा, अर्को पटक अझ बढी तयारीका साथ पुरा गर्नु होला परिवारको तर्फबाट मैले दिनुपर्ने साथमा केहि कमि हुनेछैन, तर मौसम प्रतिकुल हुदा हुदै जाने कुरामा चाहिँ गम्भीर भएर सोच्नु होला भनेकी छु।
श्रीमान-श्रीमती भनेको जीवन रहेसम्मको सबैभन्दा नजिकको साथी रहेछ। भगवान श्री कृष्णले तातो दुध पिउदा उता रुकमिणीको ओठ पोलेको थियो रे; पक्कै श्रीमान-श्रीमतीको सम्बन्ध यस्तै रहेछ। हजुरका हरेक कठिन परिस्थितिहरु मैले पल पल महशुस गरिरहेकी छु। भागवानसँग प्रार्थना छ र हजुरको आत्मबलप्रति विश्वास छ बाँकि यात्रा सहज रहने छ।