नवराजपुर शिक्षक नियुक्ति प्रकरण: ८ लाखसम्म असुली, परीक्षाअघि नै प्रश्नपत्र ‘आउट’
१० जेष्ठ २०८२
•
३ मिनेट पाठ
नवराजपुर शिक्षक नियुक्ति प्रकरण: ८ लाखसम्म असुली, परीक्षाअघि नै प्रश्नपत्र ‘आउट’
सिरहाको नवराजपुर गाउँपालिकामा शिक्षक नियुक्ति प्रक्रियामा व्यापक आर्थिक अनियमितता भएको खुलासा भएको छ।




गाउँपालिका अध्यक्ष, शिक्षा इकाईका कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको मिलेमतोमा प्रति शिक्षक ५ लाखदेखि ८ लाख रुपैयाँसम्म असुल गरी नियुक्ति प्रक्रिया अगाडि बढाइएको र परीक्षाको अघिल्लो रात नै प्रश्न पत्र बाहिरिएको प्रमाणहरू फेला परेका छन्।

नवराजपुर गाउँपालिका–४ स्थित श्री जनता नमूना (प्राविधिक धार) माध्यमिक विद्यालयले गत असार १६ गते ९ जना र चैत ५ गते ३ जना गरी कुल १२ शिक्षक पदपूर्तिका लागि सूचना प्रकाशित गरेको थियो। जसमा १५१ जनाले आवेदन दिएका थिए।

तर, नियुक्ति प्रक्रियामा राजनीतिक र आर्थिक प्रभाव पार्दै शिक्षा विकास तथा समन्वय इकाई समेतको मिलेमतोमा अस्थायी विद्यालय व्यवस्थापन समिति गठनका लागि शिक्षा समितिबाट सिफारिस गराइएको देखिन्छ।

कानुनतः विद्यालयले अभिभावक भेलाबाट व्यवस्थापन समिति गठन गर्नुपर्नेमा सो प्रक्रिया मिचेर पालिका अध्यक्ष शिव उदगार यादवले आफ्ना निकट व्यक्तिहरूलाई अस्थायी समितिमा मनोनीत गरेका थिए। यो समितिमा यादव निकट रामचन्द्र यादव, रामकुमार यादव, तारादेवी यादव र अमिरका यादव अस्थायी समिति सदस्य बनेका थिए।

शिक्षक नियुक्तिमा भएको आर्थिक लेनदेन पुष्टि गर्ने अडियो रेकर्डहरू समेत सार्वजनिक भएका छन्। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत घुरन यादव र विद्यालय व्यवस्थापन समितिका सदस्य जीवछ यादवबिच भएको फोन संवादमा उठेको रकमबारे कुराकानी भएको छ।

संवादमा घुरन यादवले ‘जसको पैसा लिएको छु, उसको नाम नै निस्केन। उठाएको एक पैसा पनि मुखियाज्यू (पालिका अध्यक्ष) कहाँ गएको छैन,’ भन्दै प्रभात ठाकुरको ५ लाख मात्र अध्यक्षकहाँ पुगेको र बाँकी रकम प्रधानाध्यापक मुरारी शर्माले लिएको बताएका छन्।

यसैगरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र यादवले एक उम्मेदवारसँग ८ लाख रुपैयाँ माग गरेको र पछि ‘भोज खर्चका लागि १ लाख ५० हजार दिनुस्, म प्रयास गर्छु’ भनी चेक लिएको तर नियुक्ति नभएको पीडितको गुनासो छ।

अनियमितताको सिलसिला यतिमै सीमित छैन। परीक्षाको एक दिनअघि राति १ बजेर १३ मिनेटमा बरियारपट्टी गाउँपालिका–१ स्थित आधारभूत विद्यालयका प्रधानाध्यापक रामसुफल यादवको मोबाइल नम्बरबाट आवेदकहरूको मोबाइलमा प्रश्न पत्र र त्यसको उत्तर समेत पठाइएको पाइएको छ।

यस सम्बन्धमा जनता नमूना माविका प्रधानाध्यापक मुरारी शर्माले प्रश्न पत्र बाहिरिएको र रकम असुलेको आरोपलाई ‘अफवाह’ भन्दै आफूलाई जानकारी नभएको र प्रमाणहरू ‘इडिटिङ’ गरिएको हुन सक्ने दाबी गरे।

गाउँपालिका अध्यक्ष शिव उदगार यादवले पनि अनियमितताको आरोप निराधार भएको र विपक्षीले भ्रम फैलाउन खोजेको जिकिर गरेका छन्।

प्रश्न पत्र बाहिर पठाएको आरोप लागेका प्रधानाध्यापक रामसुफल यादवले भने ‘भेटेर यो विषयलाई सल्टाउनुपर्छ, भेट्नुस् न’ भन्दै स्पष्ट जवाफ दिन चाहेनन्।

स्थानीय बुद्धिजीवी देवराम यादवले शिक्षक नियुक्तिमै यस्तो भ्रष्टाचार हुनुले समग्र शिक्षा क्षेत्रमा नकारात्मक असर पार्ने र विद्यालयहरू शिक्षाको केन्द्र नभई भ्रष्टाचार र धन आर्जनको माध्यम बनेको बताए।

उनले यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका नियामक निकायले तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१६ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस