त्रियुगामा फोहोरको समस्या बल्झियो, सहर दुर्गन्धित
११ जेष्ठ २०८२
•
३ मिनेट पाठ
त्रियुगामा फोहोरको समस्या बल्झियो, सहर दुर्गन्धित
सातादिनदेखि साविकको डम्पिङसाईटमा स्थानीयले फाल्न अवरोधका कारण थुप्रिदै गएको त्रियुगा नगरपालिकाको फोहोरले बजार दुर्गन्धित हुन थालेको छ । १२ नं. वडाको त्रिबेणीस्थित नदी उकासको जमिनमा डम्पिङ गरिदै आएको फोहोर स्थानीयले अवरोध गर्दा बजारमा फोहोर थुप्रिन थालेको हो । नगर

कार्यपालिकाले तत्काल बैठक राखेर उदयपुर र सप्तरीको सीमानाकातर्फ ६ नं. वडा चुरे सामुदायिक वन उपभोक्ता समूहको खोल्सामा फोहोर बिसर्जन गर्ने निर्णय गरेको थियो । सो निर्णयपछि २ दिन त्यता फोहोर सङ्कलन कार्य थालिएकोमा त्यहाँ पनि अवरोध आएपछि पछिल्लो ३ दिनयता बजार दुर्गन्धित हुन थालेको छ ।

अहिले बजारका चोकचोक र सडक छेउमा फोहोर थुप्रिएर सडकमा दुर्गन्ध फैलिन थालेको छ । सदरमुकामसमेत रहेको गाईघाट बजारमा दैनिक १ मेट्रिकटनभन्दा बढी फोहोर उत्पादन हुने गरेको छ । डम्पिङसाईटको अभावमा लगातार ३ दिनयताको फोहोरले बजारको स्वरुप बिगार्नुका साथै दुर्गन्धले पैदल यात्रीलाई त सास्ती दिएकै छ, घर अगाडि फोहोर थुप्रने बजारबासीलाई थप समस्या परेको छ । 

फोहोर व्यवस्थापनको स्थायी समाधान निस्कन नपाउँदै नगरप्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईलगायत केही वडाध्यक्षहरु सुदूरपश्चिम भ्रमणमा गएका छन् । मेयर उपमेयर दुवै नहुँदा फोहोर व्यवस्थापनमा समस्या भईरहेको कार्यवाहक मेयर बद्री बस्नेतले बताए । बस्नेतले साविक ठाउँमा स्थानीयले विरोध गरेको, चुरेमा फाल्न थाले पनि कानुनी प्रक्रिया पुरा नभईसकेको र नयाँ ठाउँको यकिन भईनसकेकाले केहीदिन फोहोर सङ्कलनमा समस्या भएको बताए । 

त्रियुगा नगरपालिकाले यसअघि बलदेव चौधरी नेतृत्वको कार्यकालमै स्थायी डम्पिङसाईटको टुङ्गो लगाउन विभिन्न ठाउँहरुको अध्ययन गरेको थियो । जसमध्ये वडा नं. १ चौदण्डीगढी नगरपालिकाको सीमा नजिकै फुलजोर, वडा नं. १४ र १५ बीचमा पर्ने साउने जङ्गलक्षेत्र तथा ४, ५ र ६ नं. वडाका विभिन्न खाली र बगरक्षेत्रहरु बिकल्पको रुपमा खोजेको थियो ।  

तर, ती कुनै पनि क्षेत्र निश्चित नभएसम्मका लागि त्रिबेणीस्थित नदी उकासको जमिनमा फोहोर विसर्जन गर्दै आएको थियो । सो ठाउँमा तत्कालीन मेयर चौधरीले सौर्य उर्जा प्लाण्ट स्थपना गर्ने प्रयोजनका लागि खाली जमिन घेराबार गरेर राखेका थिए । सोही ठाउँमा झण्डै ३ वर्षयता फोहोर सङ्कलन गरिदै आएको थियो । तर, एक्कासी सातादिनअघि स्थानीयले  चर्को बिरोध गर्दै फोहोर फाल्न नदिने बताए । नगरपालिकाले केही समय नरोक्न अनुरोध गरे पनि स्थानीयले फोहोर बोकेर गएका ट्याक्टर र टिफरमाथि आक्रमण गर्न खोजेपछि नगरपालिका पछि हट्दै बैकल्पिक साईटको खोजीमा लागेको हो ।  

साविकको साईट आसपासका स्थानीयले दुर्गन्ध अत्याधिक फैलिएको र हैजा उत्पन्न हुने खतरा भएकाले कुनै हालतमा फोहोर फाल्न नदिने अडान लिएका छन् । सौर्य उर्जा प्लाण्ट खोल्ने, बजारी करण हुने तथा स्थानीयलाई रोजगारी र आयआर्जनमा सहयोग पुग्ने आश्वासन पाएर सो क्षेत्रलाई घेराबार गर्न दिएको बताएका छन् । तर, त्यसको साटो नगरपालिकाले फोहोर फाल्ने डम्पिङसाईट बनाएपछि दुर्गन्ध र रोगको खानी बन्न लागेको भन्दै फोहोर फाल्न मनाही गरेका छन् । 

स्थायी साईटको अभावमा नगरपालिकाले कहिले गाईघाट–साउने खण्डको चप्पन जङ्गल खाल्डोतिर केही फोहोर फालिहिडेको छ भने केही त्रियुगा बगरतिर फाल्दै आए पनि पुरा फोहोर फाल्ने बैकल्पिक साईट पाउन सकेको छैन । कार्यवाहक मेयर बस्नेत नगरप्रमुख र उपप्रमु फर्केपछि दीगो साईटको खोजी गरी स्थायी रुपमा फोहोर सङ्कलन केन्द्र तोकिने बताउँछन् ।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 

आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस