सुनसरी रामधुनी वडा नं ४ मा रहेको रामधुनी मन्दिरमा आउने धार्मिक पर्यटकका निम्ति होमस्टे सञ्चालन गरिएको छ। रामधुनी वडा नं ४ कै स्थानीय संगठित भएर थारू समुदायका महिलाले होमस्टे सञ्चालनमा ल्याएका हुन्।
रामधुनी मन्दिर इतिहास त्रेता युगमा भगवान् राम आएर बसेको स्थानका रूपमा चिनिन्छ। त्यही भएर त्यही एक रात वास बसिने बालसन्तले बताए। रामधुनीमा अस्ना प्रजातिका मुढा निरन्तर जलाइन्छ। त्रेता युगदेखि अहिलेसम्म त्यहाँ आगो ननिभेको विश्वास गरिन्छ।
सुनसरीका इटहरीको खोर्सानेखाप र धरानका केही स्थानमा होमस्टे सञ्चालन प्रभावकारी हुन नसकेको बेला फरक ढंगले चौधरी समुदायका महिला संगठित भएर सातवटा घरमा होमस्टे सञ्चालन गरिएको रामधुनी सामुदायिक होमस्टेकी अध्यक्ष कल्पना चौधरीले बताइन्। उनका अनुसार अहिले सुरुवाती भएकाले दुईवटा धार्मिक समुह आएर बसिसकेको छ।
‘अहिले सुरुवात छ। हामीले एकदमै आर्गनिक खानाको व्यवस्था गर्नेछौं’, उनले भनिन्, ‘होमस्टेमा आउनेका लागि थारू संस्कृतिसमेत देखाइने गरिएको छ।’ होमस्टे सञ्चालनसँगै थारू समुदायका खास गरेर तीनवटा पुस्ताको संस्कृतिलाई देखाइने गरिएको छ। किशोर उमेर समुह, युवा र बयस्कसँग ज्येष्ठ नागरिकको अलग–अलग सांस्कृतिक कार्यक्रम देखाइने गरिएको होमस्टेको सांस्कृतिक विभागकी वन्दना चौधरीले बताइन्।
थारू समुदायमा पुरानो सांस्कृतिक नृत्य धुमा नाच रहेको छ। यसलाई समेत अहिले कथात्मक ढंगले होमस्टेमा आउनेलाई देखाउने गरिएको छ। यसै सन्दर्भमा शनिबार राति होमस्टे सञ्चालकलाई अथिति संंस्कार टिप्ससम्बन्धी प्रशिक्षण समापनका क्रममा पनि विभिन्न खाले सांस्कृतिक नृत्य प्रस्तुत गरियो। रामधुनी नगरपालिका थारू समुदायको बाहुल्य भएको क्षेत्र हो।
होमस्टे सञ्चालनसँगै पुरानो संस्कृति ब्युँत्याएर नयाँ पुस्तामा सकारात्मक सन्देश गएको वडानं ४ का अध्यक्ष कमल कार्कीले बताए। होमस्टेले रामधुनी मन्दिरको पनि प्रचारप्रसारमा सहयोग पुग्ने स्थानीय अगुवा डिल्ली कार्कीले बताए। उनका अनुसार होमस्टे पनि सुरुवाती चरणमा प्रचार–प्रसारकै अभावमा रहेकाले विस्तारै गति लिने विश्वास गरे।
भगवान् राम भारतको आयोध्यापुरबाट जनकपुर हुँदै पूर्व आएका बेला वास बसेको स्थान रामधुनी भएको किंवदन्ती छ। रामले बालेको आगो निभ्न नदिईकन बाबा वनखण्डीले त्यसलाई उजागर गरेको पाइन्छ। यसको काठको विगुत प्रसादका रूपमा लगाउने चलन छ। सखुवामा आँप फल्छ भन्ने किंवदन्ती पनि रहेको पाइन्छ।
त्यसो त रामधुनी मन्दिर क्षेत्रमा सञ्चालन भएका होममा धार्मिक क्षेत्र बराह क्षेत्र आउने पर्यटकलाई पनि बस्न पायक नै पर्नेछ। धार्मिक पर्यटकले रामधुनी, बराह क्षेत्र र धरान तीनवटै स्थानमा नाम चलेका धार्मिक स्थल भएकाले एकै दिन घुमेर वास बस्न सक्ने स्थानीय पत्रकार सुनिल चौधरीले बताए।
सुनसरीका स्थानीय तहमध्ये रामधुनी र बराह क्षेत्र नगरपालिकाले बर्सेनि बजेट छुट्याउँदा पर्यटनलाई मुख्य प्राथमिकता राखेर छुट्याउने गरिन्छ। यसले पनि होमस्टे पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास गरिएको छ। होमस्टेमा आएर खानेका लागि एक सय ५० रूपैयाँमै सादा खाना खुवाउने गरिन्छ। माछामासु भने माग अनुसार मात्र खुवाइने गरिएको छ। वास बस्न एउटा कोठाको मात्र पाँच सय शुल्क लाग्ने छ।