भीमदत्त नगरपालिकाले वडा नम्बर १३ बाट ऐलानी जग्गाको नापजाँच सुरु गरेको छ। वर्षौंदेखि भूमिहीन र सुकुमबासी रहेका नागरिकलाई जग्गाको मालिक बनाउन नापजाँच थालिएको वडाध्यक्ष रामबहादुर बोहराले बताए। ‘नगरप्रमुखको निर्देशनपछि वडा कार्यालयमा विवरण भरेका अव्यवस्थित बसोबासीको जग्गा नाप्न सुरु गरेका छौं,’ उनले भने, ‘पहिले अव्यवस्थित बसोबासीको जग्गा नापिन्छ, त्यसपछि भूमिहीन दलित र सुकुमबासीको खोजी हुन्छ।’ वडामा भूमिहीन दलिततर्फ १३, सुकुमबासीतर्फ ३ र अव्यवस्थित बसोबासीतर्फ ३१८ जनाले फाराम भरेको उनले जानकारी दिए।
भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रशाद रिजालले देशभर तीव्र गतिमा जग्गाको काम अघि बढाइएको बताए। ‘भीमदत्तका १९ वटै वडामा जग्गा नापजाँच हुन्छ,’ उनले भने, ‘त्यसपछि आयोगमार्फत लालपूर्जा वितरण प्रक्रिया सुरु हुन्छ।’ यसअघि कञ्चनपुरको दोधारा चाँदनी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र बेलौरीका भूमिहीनलाई लालपूर्जा वितरण गरिएको थियो।