२२ वर्षको उमेरमा छोरालाई इँटा भट्टामा जलाइएको त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंहले उच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उच्च अदालत वीरगंज इजलासले मोहम्मद आफताब आलमलाई रिहा गर्ने फैसला गरेपछि सिंहले सर्वोच्च अदालत जाने बताएका छन्।
बम काण्डका आरोपी नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई बुधबार वीरगंजस्थित उच्च अदालतले सफाइ दिएपछि पीडितहरू असन्तुष्ट बनेका छन्। सिंहले भने, ‘अहिले ८४ वर्षको भएँ, जीवित रहेसम्म न्यायका लागि लडिरहनेछु।’
रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा महिला र सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले पनि न्यायालयको फैसलाप्रति असन्तुष्टि जनाएका छन्। साहले भागबन्डामा न्यायाधीश नियुक्ति हुँदासम्म सर्वसाधारणले न्याय नपाउने बताएका छन्। स्वतन्त्र सांसदको रूपमा निर्वाचित भई एमालेमा प्रवेश गरेका साहले यो फैसलालाई काँग्रेस–एमाले गठबन्धनको परिणाम मानेका छन्। उनले अदालतको निर्णयले पीडितहरू त्रासमा रहेको उल्लेख गरेका छन्।
आलमको रिहाइले केहीमा असन्तुष्टि देखिए पनि धेरैले न्यायालयले न्याय गरेको प्रतिक्रिया दिएका छन्। तरुण दलका केन्द्रीय सदस्य शेख नौसाद आलमले रौतहटभरि खुसीयाली छाएको बताएका छन्। अदालतको फैसलापछि पूर्वमन्त्री आलमका भाइ महताब आलम बुधबार अबेर साँझ गौर कारागारबाट रिहा हुँदा हजारौंले भव्य स्वागत गरेका थिए।
आलमलाई गाउँमा पनि भव्य स्वागत गरिएको छ। तरुण नेता आलमले न्यायालयप्रति रौतहटबासीको विश्वास बढेको टिप्पणी गरेका छन्। केन्द्रीय सदस्य आलमले जिल्लाका एक चर्चित नेता र उनको परिवारमाथि राजनीतिक प्रतिशोध साध्न झुटा मुद्दा लगाएर फसाइएको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमा आलमको रिहाइप्रति मिश्रित प्रतिक्रिया देखिएको छ। धेरैले रौतहटको वर्तमान राजनीतिक अवस्थामा परिवर्तन आउने अनुमान गरेका छन्।