बिहीबार (आज) अर्थमन्त्री विष्णुप्रसाद पौडलेले प्रस्तुत गरेको बजेटका विभिन्न शीर्षकमा वातावरण संरक्षण गर्न जलवायु परिवर्तनलाई सम्बोधन गर्न विभिन्न उपाय समावेश छन्।
बजेटमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरी वातावरण प्रदूषण न्यूनीकरण गर्न र विद्युत्को आन्तरिक खपत बढाउन त्यस्ता सवारी साधनमा लगाइएको सबै प्रकारका कर तथा महसुल यथावत् राखिएको छ।
बजेटमार्फत कर बढन् सक्ने आकलनमा पहिल्ला महिनामा कैयन् विद्युतीय साधन आयातकर्ता कम्पनीसँग आबद्ध व्यवसायीले ठूलो मात्रामा विद्युतीय गाडी आयात गरेर सुख्खा बन्दरगाहमा थुपारेका थिए। सरकारले कर नबढाउनुले वातावरणप्रति सरकारको संवेदनशीलता रहेको देखिएको विज्ञले बताएका छन्।
यसैगरी ग्रीन हाइड्रोजन उत्पादन गर्ने उद्योगको लागि पैठारी हुने मेशिनरी उपकरणमा सबै किसिमका कर महसुल नलाग्ने व्यवस्था गरिएको छ। ग्रीन हाइड्रोजन उत्पादकलाई ५ वर्षसम्म आयकर छुट दिइनेछ भने सौर्य तथा वायु ऊर्जाबाट विद्युत् सञ्चय गर्न आवश्यक पर्ने ब्याट्री तथा अन्य यन्त्र उपकरणको पैठारीमा १ प्रतिशत भन्सार महसुल लाग्ने तर, अन्य कर महसुल नलाग्ने भएको छ।
विद्युतीय सवारी साधनको चार्जिङ्ग मेशिन उत्पादन तथा एसेम्बलिङ्ग गर्ने उद्योग स्थापनाका लागि आवश्यक पर्ने उपकरण पैठारीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य कर महसुल नलाग्ने भएको छ। साथै, यस्ता उद्योगलाई ५ वर्षसम्म आयकर छुट दिने व्यवस्था गरिएको छ।
ग्रीन टयाक्सोनोमीका अवधारणाअनुरूप हरित र दीगो विकास वण्डको माध्यमबाट निजी पुँजी परिचालन गर्न आवश्यक नीतिगत तथा संरचनागत व्यवस्था गरिने बजेट वक्तव्यमा उल्लेख छ। जलवायु परिवर्तनको असर, बढदो सहरीकरण, भूमितगत पानीको अत्यधिक दोहनबाट खानेपानीका परम्परागत मुहान सुकिरहेको सन्दर्भमा जलाशययुक्त खानेपानी आयोजना, भूमिगत पानीको स्रोतको पुनर्भरण र खानेपानी मुहानको पुनरोत्थानलगायतका कार्यक्रम सञ्चालन गरिने विषय पनि बजेटमा समावेश गरिएको छ।
जलवायु अनुकूलित खानेपानी आयोजनाअन्तर्गत १८४ आयोजना निर्माण गर्न ३ अर्ब ८५ करोड विनियोजन गरिएको छ। सवारी साधनले गर्ने प्रदूषण मापन गर्न आधुनिक प्रविधिको प्रयोग गरिने र काठमाडौं उपत्यकामा सञ्चालन गर्न साझा यातायातलाई १०० विद्युतीय बस उपलब्ध गराइने भएको छ। वैकल्पिक ऊर्जाको उत्पादन र खपत वृद्धि गरी कार्बन उत्सर्जन घटाउन सौर्य, जैविक तथा वायु ऊर्जामा निजी क्षेत्रको लगानी आकर्षित गरिने भएको छ।
वैकल्पिक ऊर्जातर्फ २ अर्ब ३३ करोड विनियोजन गरिएको छ। परम्परागत ऊर्जा र एलपी ग्यासलाई प्रतिस्थापन गररी विद्युतीय चुलोलगायतका घरायसी उपकरणको उपयोगलाई प्रवर्द्धन गरिने र ऊर्जाको घरायसी आवश्यकता विद्युतीय माध्यमबाट पूरा गर्न सात प्रदेशका सात सहरमा कम्प्लिट बाइरिङ पाइलट प्रोजेक्ट सञ्चालन गरिने भएको छ।
काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरमा वायु प्रदूषण न्यूनीकरण गर्न कारखानाहरमा प्रयोग भइरहेको परम्परागत बोइलरलाई विद्युतीय प्रविधिमा रूपान्तरण गर्न निजी क्षेत्रलाई सहुलियतपुर्ण कर्जा उपलब्ध गराइने भएको छ। यसैगरी वायु प्रदूषणको असरलाई कम गर्न राष्ट्रिय मापदण्ड अद्यावधि गरी कार्यान्वयनमा ल्याइने भएको छ।
प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा सम्वत् २०८२ मंसिर १ गतेदेखि लागु हुनेगरी रोक लगाइने भएको छ। हाल सञ्चालित उद्योगमा यसअनुरूपको गुणस्तर वृद्धि गर्न डाइ प्रतिस्थापनका लागि पुँजीगत अनुदान दिइने भएको छ ।
पग्लिँदै गरेका हिमाल, सुक्दै गएका हिमनदी र समग्र इकोसिस्टममा परेको प्रतिकूल प्रभावलाई दृष्टिगत गरी वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गरिने भएको छ। जलवायु न्यायको सिद्धान्तअनुरूप नेपालको हित संरक्षणका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा पैरवी गरिने बजेट वक्तव्यमा उल्लेख छ।
जलवायु कोषहरूमा वित्तीय पहुँच अभिवृद्धि गरिने तथा सगरमाथा सम्वादका निष्कर्ष कार्यान्वयन गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ। यसैगरी, विश्व समुदायसँगको सहकार्यमा जलवायुअनुकूलनका कार्यक्रमहरूलाई प्रदेश र स्थानीय तहसम्म आन्तरिकीकरण गरिने भएको छ।