ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले फुङफुङ्गे झरना आसपासको क्षेत्रमा सडकको दायाँबायाँ दुई मिटरभित्र पसलका सामग्री र काठदाउरा सहितका निर्माण सामग्री राख्न प्रतिबन्ध गरेको छ। उसले सडकको ५ मिटर दायाँबाँया पशुचौपायाको गोठ तथा खोर निर्माण गर्न समेत प्रतिबन्ध गर्ने निर्णय गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल गौतमले फुङफुङ्गे झरना आसपासको तेम्बा बजार क्षेत्रलाई दुर्गन्ध र अवरोधरहित बनाउन कार्यपालिकाको बैठकले गरेको उक्त निर्णय कार्यान्वयनमा ल्याउन सबैलाई आग्रह गरेका छन्। कार्यपालिकाको बैठकले सडकको दायाँबायाँ दुई मिटरभित्र पसलका सामग्री र काठदाउरा सहितका निर्माण सामग्री तथा सडकको ५ मिटर दायाँबायाँ पशुचौपायाको गोठ तथा खोर निर्माण भएको भए जेठ मसान्तभित्र हटाइसक्न सम्बन्धितलाई समयावधि दिएको छ।
समयावधिभित्र कसैले मोटरबाटो खाली नगरेको तथा सडकको ५ मिटर दायाँबायाँ पशुचौपायाको गोठ तथा खोर नहटाएको पाइएमा पालिकाले आफैँ हटाउने र सो वापत लाग्ने खर्च समेत सम्बन्धितबाट असुल उपर गर्ने निर्णय कार्यपालिकाले गरेको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिए।
नेपालकै आकर्षक र मनोरम मानिने फुङफुङ्गे झरना क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकहरूको आगमन बढ्दो छ। पालिकाले फुङफुङ्गे झरना आसपासका सडक किनारमा पशुचौपाया बाँध्ने, फोहोरहरू यत्रतत्र फाल्ने जस्ता कारणबाट दुर्गन्ध फैलन थालेको जनगुनासोपछि कार्यपालिकाले उक्त निर्णय गर्दै कार्यान्वयनमा अग्रसर भएको बताएको छ।