लोकतान्त्रिक मूल्य र मान्यता अँगालेर स्वच्छ र मर्यादित निर्वाचन अभ्यासलाई प्रोत्साहन गर्न भक्तपुर-२ को एक स्कूलमा विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ।
भानु, लक्ष्मी, लेखनाथ र मोती सदनका क्याप्टेन र भाइस क्याप्टेन चयन गर्न आयोजित यो निर्वाचनले राष्ट्रिय निर्वाचनको झल्को दिएको छ। लोकतान्त्रिक चेतना, नेतृत्व विकास, सामूहिक कार्यभावना र सहकार्यको संस्कृति बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
निर्वाचनमा कक्षा ७ देखि १० सम्मका ४६८ विद्यार्थी मतदाताका रूपमा सहभागी भए। उम्मेदवारको नाम दर्ता, चुनाव चिन्ह वितरण, प्रचारप्रसारदेखि मतगणनासम्मका प्रक्रिया विधिवत र औपचारिक ढङ्गले सम्पन्न भए। प्रचारप्रसारमा उम्मेदवार र सदनका सदस्यहरूको उत्साहपूर्ण सहभागिता देखियो।
मतदाता शिक्षाका लागि मतदान प्रक्रिया, मत बदर हुने अवस्था, आचारसंहिता र स्वस्थ प्रतिस्पर्धाको महत्वबारे विद्यार्थीलाई अभिमुखीकरण गरिएको थियो। निर्वाचन व्यवस्थापनमा विद्यार्थीले नै प्रमुख निर्वाचन आयुक्त, मतदान अधिकृत, पर्यवेक्षक र सुरक्षाकर्मीको जिम्मेवारी लिए। मतदानअघि मतदाता परिचयपत्र वितरण गरिएको थियो।
बिहान ११ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण, मर्यादित र अनुशासित रूपमा सम्पन्न भयो। मतदानपछि मतपेटिका सिलबन्दी गरी प्रधानाध्यापक, प्रशासकीय प्रमुख, सहायक प्रधानाध्यापक, पर्यवेक्षक र उम्मेदवार प्रतिनिधिको उपस्थितिमा मतगणना गरियो। आठ पदका लागि २१ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए।
यो निर्वाचनले विद्यार्थीमा नागरिक जिम्मेवारी र लोकतान्त्रिक संस्कार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ। कार्यक्रम व्यवस्थापन र संयोजनमा माध्यमिक तह संयोजक निरण मानन्धरसहित सामाजिक अध्ययन विभागका शिक्षकहरू सक्रिय थिए।
निर्वाचित विद्यार्थी प्रतिनिधिलाई विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले प्रमाणपत्रसहित बधाई दिए। उनीहरूले विद्यालयको मूल्य, मान्यता र अनुशासनको रक्षा गर्दै जिम्मेवारीपूर्वक काम गर्ने सपथ लिए।