यातायात व्यवसायीले गरेको यातायात बन्दको फाइदा उठाउँदै राइड सेयरिङ कम्पनीले यात्रुसँग मनपरी भाडा असुल्न थालेपछि नेपाल प्रहरी कारबाहीमा उत्रिएको छ।
प्रहरीले आज एक सूचना गर्दै त्यस्ता राइड सेयरिङ कम्पनीमाथि कारबाही गर्ने चेतावनी दिएको हो। उसले बढी भाडा लिएमा यात्रुहरूलाई नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन आग्रह गरेको छ।
बन्दको घोषणा गरेपछि आज बिहानैबाटै पठाओ, इन्ड्राभ, टुटललगायत राइड सेयरिङका चालकले अफलाइन बार्गेनिङ गरेको र मनपरी भाडा असुल्न थालेको गुनासो चारैतिरबाट आएपछि प्रहरीले यस्तो सूचना जारी गरेको उल्लेख छ।
सूचनामा भनिएको छ, ‘विभिन्न Ride sharing App मार्फत यात्रुहरुलाई बढी भाडा लिने र Offline Bargaining गर्ने गरेको गुनासोहरु आइरहेको हुनाले राइडरहरुले यस्ता कार्य नगर्न तथा गर्ने गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन हुन अनुरोध गर्दछौं।’