नागरिककर्मी पौडेल सम्मानित
२४ जेष्ठ २०८२
•
१ मिनेट पाठ
नागरिककर्मी पौडेल सम्मानित
<br>
खाद्य स्वच्छता तथा गुणस्तरको क्षेत्रमा निरन्तर समाचार सम्प्रेषण गरी उपभोक्ता चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएकोमा नागरिककर्मी दिलीप पौडेल सम्मानित भएका छन्।




सञ्चारकर्ममार्फत आम उपभोक्ता सचेतना जगाउन भूमिका निर्वाह गरेको भन्दै नागरिक दैनिकको आर्थिक ब्युरो प्रमुख रहेका पौडेललाई विश्व स्वच्छता दिवस तथा १७ औं राष्ट्रिय खाद्य स्वच्छता दिवस-२०८२ को अवसर पारेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्मान गरेको हो।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दिपककुमार खराल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्णले सम्मान पत्र प्रदान गरेर सम्मान गरे।

पौडेलसँगै कान्तिपुरका राजु चौधरी, नयाँ पत्रिकाका अजित अधिकारी, क्लिकमाण्डुका राजेश बर्मा, कारोबारका कौशिला कुँवर, टक्सार म्यागजिनका किरण आचार्य, न्युज एजेन्सी नेपालका सविन धमला लगायतका पत्रकार सम्मानित भएका थिए।
अर्को समाचार
नागरिककर्मी पौडेल ‘सशक्त पत्रकारिता अवार्ड’ बाट सम्मानित
२८ चैत्र २०८०
•
२ मिनेट पाठ
नागरिककर्मी पौडेल ‘सशक्त पत्रकारिता अवार्ड’ बाट सम्मानित
खोजमूलक पत्रकारितामार्फत भ्रष्टाचार, अनियमितता उजागर गरे बापत नागरिककर्मी दिलीप पौडेल सशक्त पत्रकारिता अवार्ड–२०८० बाट सम्मानित भएका छन्।




पौडेललाई प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना र प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले अवार्ड तथा प्रमाण पत्रले सम्मान गरेकी हुन्।

बागलुङबाट पत्रकारिता सुरु गरेका पौडेल अहिले नागरिक दैनिक काठमाडौं आर्थिक ब्युरोमा कार्यरत छन्। नेपाल प्रेस युनियनका महासचिव रहेका पौडेलले बारबरा एडम्स् खोज पत्रकारिता अवार्ड, सेजन अवार्ड, आर्थिक पत्रकारिता अवार्ड लगायतका विभिन्न सम्मान तथा पुरस्कार पाइसकेका छन्।

न्युज एक्सप्रेस मिडिया प्रालिले काठमाडौँमा आयोजना गरेको ‘राष्ट्रिय डिजिटल मिडिया अवार्ड–२०८०’ समारोहमा नागरिककर्मी पौडेल सहित दर्जन बढी पत्रकारलाई विभिन्न विधामा अवार्डबाट सम्मानित गरिएको थियो।

कार्यक्रममा ९६ वर्षीय वरिष्ठ पत्रकार भैरव रिसाललाई ‘लाईफ टाइम एचिभ्मेन्ट अवार्ड’, खवरहवका प्रधान सम्पादक अरुण बराललाई ‘डिजिटल मिडिया एडिटर अवार्ड’, प्राइम टाइम टिभीका अध्यक्ष ऋषि धमलालाई ‘पपुलर प्रोग्राम अवार्ड’, सिधा कुरा जनतासँगका प्रस्तोता विरेन्द्र जैरुलाई ‘जनआवाज मिडिया अवार्ड’ प्रदान गरिएको थियो।

त्यसैगरी, उकालो अनलाइनकी दिपा दाहाललाई ‘जोखिमपूर्ण पत्रकारिता अवार्ड’, रजतपट टिभी कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीलाई ‘वरिष्ठ रङ्ग पत्रकारिता अवार्ड’, कान्तिपुर दैनिक र द काठमाण्डु पोस्टका फोटो सम्पादक प्रकाशचन्द्र तिमिल्सेनालाई ‘जोखिमपूर्ण फोटो पत्रकारिता अवार्ड’, अर्थ सरोकार अनलाइनका प्रधान सम्पादकलाई ‘आर्थिक डिजिटल मिडिया अवार्ड’ प्रदान गरिएको थियो।

सम्मान कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले सञ्चार क्षेत्रले राज्यमा भएका गलत क्रियाकलापको खबरदारी गर्नुपर्ने बताइन्। पत्रकारितामार्फत योगदान पु¥याएका पत्रकारलाई प्रोत्साहन गर्न अवार्ड प्रदान गरिएको न्युज एक्सप्रेस मिडिया प्रालिका अध्यक्ष मिलनसिंह परियारले बताए। 
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस