दुई आयोगको पूर्णतासँगै सङ्क्रमणकालीन न्याय पाउने पीडितको झिनो आशा
२५ जेष्ठ २०८२
•
६ मिनेट पाठ
दुई आयोगको पूर्णतासँगै सङ्क्रमणकालीन न्याय पाउने पीडितको झिनो आशा
सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्ति भएसँगै बाँकी काम पूरा हुने पीडितमा झिनो आशा पलाएको छ। यही जेठ ५ गते नयाँ पदाधिकारीले पदबहाली गरेसँगै काम सुरु गरेपछि न्याय पाउने आशा पलाएको हो।




नेपालमा चलेको दश वर्षे सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घनका घटनाको सत्यतथ्य पत्ता लगाउन, परिपूरण प्रदान गर्न २०७१ सालमा ऐन बनेर पहिलो कार्यसमिति गठन भएको थियो। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा यसअघि दुई पदाधिकारीले काम गरिसके पनि न्याय निरुपणको काम हुन सकेको थिएन। सरकारले पीडितलाई न्याय दिन सरकारले तेस्रो नयाँ पदाधिकारीलाई पठाएको छ।

नेपालमा विसं २०५२ फागुन १ देखि चलेको १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति यात्रामा ल्याउन २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच १२ बुँदे विस्तृत शान्ति सम्झौता भएको थियो। विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पुगिसक्दा पनि पीडितलाई न्याय दिने एउटा महत्वपूर्ण काम पूरा हुन सकेको छैन।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणका क्रममा नेपालको शान्ति प्रक्रियामा सघाउन पाउँदा गौरव लागेको र नेपालले शान्ति प्रक्रियाअन्तर्गत सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पुर्याएर पीडित पक्षको अधिकारको रक्षा गर्दै टुङ्गोमा पुर्‍याउन उपयुक्त हुने धारणा राखेका थिए।

महासचिव गुटेरेसले नेपाल भ्रमणका भ्रममा भनेका थिए, 'नेपाल सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन राष्ट्रसङ्घका आवश्यक सहयोग गर्न तयार छ, सङ्क्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्छ भन्ने विश्वास व्यक्त गर्दछु।' सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन भएको र बाँकी काम अघि बढ्ने खुसीमा महासचिव गुटेरेसले उक्त अभिव्यक्ति दिएका थिए।

लामो प्रयासपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (तेस्रो संशोधन), २०८१ भएलगत्तै आउनुभएका महासचिव गुटेरेसले सङ्क्रमणकालीन न्याय निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका थिए। राजनीतिक दलका नेताहरूले पनि सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउनुपर्नेमा एकमत रहेको छ।

नयाँ आयोग गठनको प्रक्रियाप्रति एकथरी पीडित र केही मानव अधिकार संस्थाहरूले असहमति जनाएका छन् भने ठूलो सङ्ख्यामा रहेका अर्काथरी सङ्गठनहरूले ‘पर्ख र हेर’ को रणनीति लिएर दुई आयोगले गर्ने कामको आधारमा समर्थन वा विरोध जनाउने बताएका छन्। यसअघि सरकारले द्वन्द्वपीडितलाई राहतस्वरुप पाँचरपाँच लाख गरी दुई पटक रु प्रतिपीडित रु १० लाख प्रदान गरेको थियो।  

पदबहाली भएकै दिनबाट काम सुरु गर्‍याैँ : सदस्य डा ढकाल

सत्यनिरूपण तथा मेलमिलाप आयोगका सदस्य डा टीका ढकालका अनुसार विवादित अवस्थाका बीचबाट सुरुमै तीन महिनाको अवधि दिएर नयाँ उजुरीहरू सङ्कलन गर्ने काम थालेको छ।

काबु बाहिरको परिस्थितिका कारण उजुरी गर्न नसकेका व्यक्तिको हकमा र गम्भीर यौन हिंसामा परेका पीडितहरूले विगतमा सुरक्षा, गोपनीयता तथा आत्मसम्मानको सुरक्षा हुन नसकेको हुनाले उजुरी गर्ने वातावरण भएको नभएको हुँदा आयोगले पुनःउजुरी दिन तीन महिनाको समय दिएर सूचना प्रकाशित छ। यौन हिंसामा परेका पीडितहरूले विगतमा सुरक्षा, गोपनीयता तथा आत्मसम्मानको सुरक्षाको सम्बोधन नगरी सूचना प्रकाशित गरेकामा पीडितहरुले आपत्ति जनाएका थिए।

'आयोगले जुनसुकै ढाँचामा उजुरी दिन सूचना प्रकाशन गरेको भने पनि पीडितले आफ्नो अनुकूलमा पीडित जसरी उजुरी दिन चाहानुहुन्छ, त्यही ढाँचामा दिनुपर्छ भन्ने छैन,' सदस्य डा ढकालले भने, 'पीडितको गोपनीयता, सुरक्षा र आत्मसम्मानसमेत आयोगले वातावरण मिलाएको छ।' उनका अनुसार गम्भीर यौन हिंसामा परेका ३१४ जनाको उजुरी पहिला पनि परेको छ। ती उजुरीउपर छानबिन गरी १७० जनाले ओषधोपचार मनोसामाजिक परामर्शको सेवा स्वास्थ्य मन्त्रालयअन्तर्गतबाट लिएरहेका छन्। बाँकीका लागि पनि सेवा दिने तयारी भइरहेको छ।

आयोगले व्यक्ति स्वयं उपस्थित हुन नसकेको वा नचाहेको अवस्थामा कुनै सङ्घसंस्था मार्फत आफूले चाहेको ढाँचामा निवेदन दिनसक्ने, निवेदन दर्ता गर्ने क्रममा नै सम्बन्धित व्यक्तिको प्रतिष्ठा र मर्यादालाई ख्याल गर्नुपर्ने, पीडितमैत्री व्यवहार हुनुपर्नेजस्ता व्यवस्थाहरू मिलाएको बताएको छ। छुट निवेदन दर्ता गर्नेसम्बन्धी सूचना जतिसक्दो धेरै पीडितसम्म लैजाने उद्देश्यले स्थानीय एफएम रेडियोमार्फत पनि देशभरि सूचना सम्प्रेषण गरिहेको जनाएको छ। 

यसअघि सो आयोगमा ६३ हजार ७१८ उजुरी दर्ता भएका छन्। अब छुट उजुरी तीन महिनाभित्र दिनसक्ने व्यवस्था गरिएको छ। आयोगका सदस्य डा ढकालका अनुसार व्यक्तिगत र संस्थागत दुवै हिसाबले ठूलो सङ्ख्यामा नागरिकहरू दैनिक आयोगमा आउने गरेका छन्।

पुराना फायल अध्ययन सुरु गरिरहेका छौँ : प्रवक्ता पोखरेल

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी बहाली हुनेबित्तिकै पुराना फायलहरुको अध्ययन गर्ने काम भइरहेको छ।

'पद बहाली भएकै दिनदेखि पुराना उजुरी अध्ययन गर्न सुरु गरेका छौँ, के कति काम भएका थिए, केके गर्न बाँकी छ, त्यो पहिला अध्ययन गर्छौं,' आयोगमा प्रवक्ता सिर्जना पोखरेलले भनिन्, 'ऐनअनुसार नियमावली, कार्यतालिका, कार्ययोजना र कार्यसञ्जाल तयार गर्ने काम पनि साथै गरिरहेका छौँ।' आयोगको कार्यप्रकृतिअनुसार कानुन तथा न्याय क्षेत्रसँग सम्बन्धित जनशक्तिको सक्रियतामा न्यायिक तथा गैरन्यायिक तरिकाले सत्य अन्वेषण तथा निरुपण गर्नुपर्ने र मनोसामाजिक परामर्शलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने रहेको छ।

यसअघि सो आयोगमा अहिले दुई हजार ५४२ वटा उजुरी फाइल भएका छन्। छुटेका केही उजुरी भएमा तीन महिनाको समय दिएर उजुरी आह्वान गरेको छ।  

स्वतन्त्र, निष्पक्ष  र निडरतापूर्वक काम गर्नुस् : प्रधानमन्त्री ओली

दुवै आयोगका पदाधिकारीले गत मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। भेटका क्रममा प्रधानमन्त्री ओलीले स्वतन्त्र, निष्पक्ष र निडरतापूर्वक काम गर्नु काम गर्न निर्देशन दिए। 'दुवै आयोगले स्वतन्त्र, निष्पक्ष र निडरतापूर्वक काम गर्नुस्,' प्रधानमन्त्री ओलीले भने, 'सरकारले आयोगका काममा हस्तक्षेप गर्दैन, आयोगलाई आवश्यकपर्ने सम्पूर्ण कुरामा सरकारले सहयोग गर्छ।'

प्रधानमन्त्रीसमक्ष दुवै आयोगका पदाधिकारीले भौतिक पूर्वाधारको समस्या, पीडितमैत्री आवतजावतमा सहज स्थान र पहुँच हुनुपर्ने, पीडितको हितका लागि परिपूरण राहत सुनिश्चित गर्न आर्थिक स्रोत जुटाउन सरकारले सहजीकरण गर्नुपर्ने, आयोग विशिष्टिकृत काम गर्नुपर्ने भएकाले उपकरणसहितको विधिविज्ञान प्रयोगशाला जरुरी भएको अवगत गराएका थिए। साथै, दुवै आयोगले अन्तर्राष्ट्रिय समुदाय र द्वन्द्वपीडितसँग सहजीकरण नेपाल सरकारले गरिदिन आग्रह गरेका थिए। दुवै आयोगका पदाधिकारीले प्रधानमन्त्रीको सङ्क्रमणकालीन न्याय तथा मानवअधिकार सल्लाहकार अग्नि खरेलसँग भेटगरी आवश्यक परामर्श लिएका थिए।

विस्तृत शान्ति सम्झौतामा के थियो?

नेपालमा भएको १० वर्षे सशस्त्र द्वन्द्वपछि भएको विस्तृत शान्ति सम्झौताको बुँदा नम्बर ५, २ र ३ मा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको तथा युद्धका समयमा मारिएकाको वास्तविक नाम, थर र घरको ठेगाना सम्झौता भएको मितिले ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारजनलाई बुझाउने उल्लेख छ। विस्तृत शान्ति सम्झौतामा आफ्ना कब्जामा रहेका मानिसका बारेमा जानकारी सार्वजनिक गरी १५ दिनभित्र सबैलाई मुक्त गर्न दुवैपक्ष मञ्जुर गर्दछन् भनिएको छ।  

शान्ति सम्झौताअनुरुप नै दुवैपक्ष सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने उद्देश्यले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको २०७१ माघ २७ गते गठन गर्यो। सरकार र द्वन्द्वरत पक्षबीच सम्झौता भएको साढे आठ वर्षपछि यी दुई आयोग बनेका थिए। 

नेपालको संविधानअनुसार दुई वर्षभित्र सम्पूर्ण कामसक्ने भनेर गठन गरिएका यी दुई आयोगमा दुई पदाधिकारीले काम पूरा गर्न नसकेपछि ती पदाधिकारीलाई बिदाइ गरेर अहिले तेस्रो नयाँ पदाधिकारी आएको छ। पीडितले न्यायको अनुभूति गर्ने गरी दुवै आयोगले काम गर्नुपर्ने जरुरी छ।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
३८ मिनेट अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस