ताप्लेजुङमा खैरो हेरोइनको अन्तरदेशीय कनेक्सन पत्ता लगाएको ताप्लेजुङ प्रहरीले लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना र एक्सन दुवै नीतिलाई एकसाथ अघि बढाउने तयारी थालेको छ।
प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतनाका कार्यक्रमलाई थप प्रभावकारी बनाउने तथा लागुऔषध दुर्व्यसनमा संलग्नहरूको खोजीलाई तीव्र बनाउने रणनीति अख्तियार गर्ने छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई मातहतका युनिटहरूको अगुवाइ तथा सम्बन्धित स्थानीय तह समेतको साझेदारीमा टोलबस्तीसम्म विस्तार गर्ने योजना प्रहरीले बनाएको छ।
जिल्ला प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतमले समुदायका हरेक सदस्यलाई लागुऔषध दुर्व्यसनका बारेमा जानकारी दिँदै आफ्ना छोरीछोरीलाई कूलत र दुर्व्यसनमा नफस्न प्रेरित गर्ने काम भइरहेको जानकारी दिए। उनले किशोरकिशोरी र युवा वर्गका व्यक्ति लक्षित सचेतनाका कार्यक्रम अघि बढाउने समेत बताए।
ताप्लेजुङमा पछिल्लो समय लागुऔषध प्रयोगकर्ताहरूको संख्या बढ्दै गएपछि प्रहरीले सूक्ष्म निगारानी समेत थालेको छ। गौतमभन्दा अघिका जिल्ला प्रहरी प्रमुख डिएसपी रवि रावलले लागुऔषध दुर्व्यसनविरुद्ध ‘एक्सन’ अघि बढाएका थिए। सो क्रममा लागु पदार्थको आयात हुने सम्भावित क्षेत्रहरूमा प्रहरीले कडाइ गर्ने तथा सूक्ष्म निगारानी गर्ने कार्य गरेको थियो। अहिले प्रहरीले लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना र एक्सन दुवै नीतिलाई एकसाथ अघि बढाउने तयारी थालेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेत लागुऔषध दुर्व्यसन रोकथाम तथा न्यूनीकरणका लागि प्रहरीले सचेतनाका साथ सूक्ष्म निगारानी समेत बढाएको बताउँछन्।
डिएसएपी गौतमले निगारानी र एक्सनले मात्र लागुऔषध दुर्व्यसन न्यूनीकरण र नियन्त्रण सम्भवन हुने भएकाले समुदाय सचेतीकरणका कार्यक्रम समेत अघि बढाइने जानकारी दिए। यसका लागि यहाँका स्थानीय तह र नागरिक समाजका अगुवाहरू साझेदारीका लागि समन्वय भइरहेको डिएसपी गौतमले बताए।
यसैगरी ताप्लेजुङ प्रहरीले लागुऔषध भित्रिने नाकाहरूमा चेकजाँचलाई थप प्रभावकारी बनाउने छ। सीमा क्षेत्रका जिल्लाका सुरक्षा युनिटसमेतको समन्वय र सहयोगमा लागुऔषधको आयात र प्रयोगमा कडाइ गर्ने योजना प्रहरीले बनाएको छ। ट्रामाडोल र डिसाईक्लोमाइन जस्ता ट्याब्लेटका प्रयोगकर्ता समेत भेटेपछि प्रहरीले यसको बिक्री र आयात हुने सम्भावित क्षेत्रहरूमा समेत निगारानी बढाएको छ।
लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार गाँजा, औषधिपयोगी गाँजा, अफिम, तयारीको अफिम, कोकाको झार र पात, अफिम तथा कोकाको सारतत्व मिश्रण वा लवण समेत मिसाइ तयार गरिने कुनै पनि पदार्थ लागुऔषध हुन्। नेपाल सरकारले पछिल्लो समय ट्रामाडोल र डिसाइक्लोमाइनलाई समेत लागुऔषधको सूचीमा समेटेको छ।