कृषि ज्ञान केन्द्र ताप्लेजुङले यहाँका नौ स्थानीय तहका उत्कृष्ट नौ कृषकलाई सम्मान गरेको छ ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख बिमला पोखरेलका अनुसार सम्बन्धित स्थानीय तहको सिफारिस एवम् उत्कृष्ट किसान छनौट समितिको मार्गदर्शन अनुसार प्रत्येक पालिकाका एक–एक जना किसानलाई पुरस्कृत गरिएको हो ।
पोखरेलका अनुसार पुरस्कृत हुनेमा फुङलिङ नगरपालिकाका पोष्टबहादुर कार्की,पाथीभरा याङवरक गाउँपालिकाका सन्तोष खिम्दिङ,फक्ताङलुङ गाउँपालिकाका भक्तबहादुर कार्की,सिरिजङ्गा गाउँपालिकाका छत्रमान कुँवर रहेका छन् ।
पुरस्कृतहरूमा मिक्वाखोला गाउँपालिकाका डम्बरबहादुर बस्नेत,मैवाखोला गाउँपालिकाका छत्रबहादुर लिम्बू,सिदिङ्वा गाउँपालिकाका इन्द्रबहादुर लिम्बू, मेरिङदेन गाउँपालिकाका विजयप्रकाश चोङवाङ र आठराई त्रिबेणी गाउँपालिकाका शंकरनारायण श्रेष्ठ रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङखिम तथा कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख पोखरेलले पुरस्कृत किसानहरूलाई नगद,प्रमाण–पत्र तथा दोसल्लाले सम्मान गरेका छन् । पुरस्कृत किसानहरूले राज्यले आफ्नो मेहनत र व्यावसायिक कृषि प्रणालीप्रति गरेको सम्मानले आफूहरूलाई कृषि क्षेत्रको प्रवर्द्धनमा लाग्न अभिप्रेरित गरेको बताए । विश्व खाद्य स्वच्छता दिवसको अवसर पारेर उत्कृष्ट किसान सम्मान कार्यक्रम गरिएको कृषि ज्ञान केन्द्र ताप्लेजुङका सूचना अधिकारी शशीकुमार सिंहले जानकारी दिए ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख पोखरेलले खाद्य स्वच्छता कायम गर्न सरोकारवालको भूमिका बारे कार्यपत्र समेत प्रस्तुत गरेकी थिइन् । सन् २०१८ को भएको संयुक्त राष्ट्र सङ्घको ७३ औं महासभाले अनुमोदन गरे अनुसार सन् २०१९ बाट हरेक बर्ष जुन ७ तारेखका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने गरिएको छ । यसबर्षको नारा ‘खाद्य पदार्थमा स्वच्छता,विज्ञानको अपरिहार्यता’ रहेको थियो । मानव उपभोगका लागि तयार भएका खाद्य पदार्थले कुनै पनि प्रकारको प्रतिकुल असर गर्दैन भने त्यो खानेकुरालाई स्वच्छ मानिन्छ ।
उपभोग्य बस्तु सुरक्षित र स्वच्छ छन् की छैनन् भन्ने कुरा खाद्य पदार्थको उत्पादन,भण्डारण र प्याकेजिङमा समेत भर पर्ने भएकोले मानिस यस कुरामा ध्यान दिनुपर्ने कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख पोखरेल बताउँछिन् । भौतिक जोखिम,रसायनिक जोखिम,जैविक जोखिम,दूषित पानी समेतले खाद्य पदार्थमा स्वच्छता हटाउन भूमिका खेल्ने उनले बत्ताइन् । व्यक्तिगत सरसफाइले समेत खाद्य पदार्थ स्वच्छ बनाउन महत्त्वपूर्ण साबित हुने पोखरेको भनाई छ ।‘खुट्टामा लगाउने जुत्ता सोकेसमा राख्ने बेच्ने तर मानिसले खाने खाद्य पदार्थ हिलो वा धुलोमा राखेर खरिद बिक्री गर्नुपर्ने अवस्था हटाउन जिम्मेवार पक्ष सचेत हुनुपर्छ’खाद्य पदार्थको असुरक्षाप्रति चिन्ता जनाउँदै पोखरेलले भनिन् ।
उनले क्रेताले समेत उपभोक्ता अधिकारप्रति सचेत हुनुपर्ने बताउँदै उत्पादन मिति,उपभोग्य मिति र खुद्रा मूल्य किटान भएका तथा ऐन बमोजिम तोकिएका रङ्ग बाहेक अरु रङ्ग प्रयोग नभएका,ढुसी र सडेगलेका खाद्य पदार्थको खरिद तथा उपभोग नगर्न सुझाएकी छन् । खाद्य पदार्थ आफैँमा पत्रु खाना(जंक फुड) हुनै नसक्ने बताउँदै पोखरेलले अस्वस्थ्य खाद्य व्यवहारले खानालाई पत्रु अर्थात् जंक फुडमा रुपान्तरण गर्ने जानकारी दिइन् । स्वस्थ्य जीवनशैलीका लागि क अर्थात् कसरत,ख अर्थात् खुराकी वा खाना र ग अथात् गन्तव्य सुरक्षित र स्वस्थ्य हुनुपर्ने उनको भनाई छ । स्वस्थ्य जीवनका लागि मानिसको दैनिक आहार विहार र जीवनशैली प्रमुख कारण हुने पोखरेलको भनाई छ ।
जानकारहरूका अनुसार खानेकुराकै कारणले मानिसमा करिब दुई सय भन्दा बढी रोगहरू लाग्न सक्छन् । दूषित खानाका कारण प्रत्येक १० मध्ये एक व्यक्तिले बर्षेनि जीवन गुमाइरहेका छन् । दूषित र अस्वास्थ्यकर खानका कारण प्रत्येक बर्ष विश्वमा ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क रहेको छ ।