कर्मचारी ट्रेड युनियनहरूले आज देशभरका कार्यालयहरूमा कालो पट्टी बाँधेर धर्नालाई निरन्तरता दिएका छन् ।
आइतबारदेखि दोस्रो चरणको आन्दोलन स्वरूप कालोपट्टि बाँधेर कालीकोटमा पनि धर्ना सुरु गरेका हुन्।
विधेयकको मस्यौदा संसदमा दर्ता नहुँदासम्म कालो पट्टी बाँधेर विरोध जारी राख्ने र दर्ता भएपछि थप कार्यक्रम तय गर्ने कर्मचारीहरूले बताउँदै आएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित उक्त विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नभएको भन्दै ट्रेड युनियनहरूले मन्त्रालयमा धर्ना दिँदै आएको छ।
उनीहरूको मागमा सेवा अवधिका आधारमा एक तह वृद्धिको समयसीमा ७ वर्षबाट घटाएर ५ वर्ष कायम गर्नुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई एक पटक समायोजन छनोटको अवसर दिनुपर्ने,अन्तर प्रदेश सरुवाको व्यवस्था गर्नुपर्ने र तीनै तहका कर्मचारीलाई निजामती सेवाको परिभाषाभित्र समेट्नुपर्ने लगायतका बुँदा समावेश छन्।
कालीकोट जिल्लामा पनि कर्मचारी ट्रेड युनियनहरूले कालो पट्टी बाँधेर विरोध जनाएको छ। र तीनै तहका कर्मचारीलाई निजामती सेवाको परिभाषाभित्र समेट्नुपर्ने लगायतका बुँदा सहितका माग अनुसार विरोध प्रदर्शन गरेका हुन् ।