सर्लाहीको चक्रकट्टा गाउँपालिकाका पूर्व अध्यक्ष, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, लेखापाल, जिन्सी प्रमुख, सब इन्जिनियर र काम गर्ने कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
गाउँपालिकाको वडा नम्बर १ देखि ९ सम्म सौर्य बत्ती जडान गर्ने क्रममा भएको भ्रष्टाचारको छानबिन गर्दै अख्तियारले एउटै योजनालाई पाँच ओटा योजनामा टुक्र्याई रकम पनि बढाएर भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाएको हो ।
अख्तियारले तत्कालीन गाउँपालिका अध्यक्ष विक्रम यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबु प्रसाद साह, लेखा अधिकृत शिवशंकर प्रसाद कुशवाहा, लेखापाल संजयकुमार ठाकुर, जिन्सी शाखा प्रमुख राम कैलाश राय यादव, सब इन्जिनियर सन्तोष राय र राजु राय, स्काई राइज ट्रेडिङ कन्सर्नका प्रोप्राइटर जयप्रकाश यादव, एसके स्टोर्स मलंगवाका प्रोप्राइटर रंजुकुमारी साह, जिओ टेक्निकल एन्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपालका प्रोपाइटर संगीता कुमारीविरुद्ध बिगो बमोजिम जरिवाना, कैद सजाय र हिनामिना भएको रकम असुल उपर गर्नुपर्ने मागदाबीसहति मुद्दा दायर गरेको हो ।
गापा अध्यक्ष यादव, प्रमुख प्रशासकीय अधिकृत साह, लेखापाल ठाकुर, जिन्सी प्रमुख यादव तथा सब इन्जिनियर द्वय रायलाई जनही २ करोड ४९ लाख ४० हजार ११० रुपैयाँ बिगोबमोजिम जरिवाना र कैद सजाय अख्तियारले मागदाबी गरेको छ ।
यसै गरी लेखा अधिकृत कुशवाहा विरुद्ध ४७ लाख ५९ हजार ५६०, स्काइराइज टे«डिङका यादव विरुद्ध ५८ लाख ३९ हजार ८४० रुपैयाँ, एसके स्टोर्सका प्रोप्राइटर साहविरुद्ध ९५ लाख २३ हजार ९१० रुपैयाँ, जिओ टेक्निकलकी संगीता कुमारी विरुद्ध ९५ लाख ७६ हजार ३६० रुपैयाँ बिगो कायम गरी सो बमोजिम जरिवाना र हिनामिना भएको रकम असुलउपर गर्नुपर्ने मागदाबी सहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गाउँपालिकामा सौर्य सडक बत्ती जडान गर्ने योजना एउटै हुनुपर्नेमा पाँच टुक्रामा विभाजन गरेको , मिलोमतोमा खरिद योजना हात पारेका तिनी जना एकै परिवारको भएको, प्रतिस्पर्धा गराइएको भनिएका फर्महरू एकै घरपरिवारका बाबु, छोरा र बुहारीको स्वामित्वमा रहेको अख्तियारले गरेको अनुसन्धानबाट देखिन आएको छ ।
आर्थिक वर्ष २०७८/७९ का लागि पालिकाले वडा नम्बर १ देखि ९ सम्म सौर्य सडक बत्ती जडान गर्न २ करोड १६ लाख रुपैयाँ विनियोजन गरेको थियो । उक्त योजनाकालाई एउटै बोलपत्र आह्वान गर्नुपर्नेमा विभिन्न टुक्रामा योजना टुक्र्याएको, योजनाको रकम बढाएर २ करोड ५३ लाख १८ हजार ६०० रुपैयाँ पु¥याएको जुन अस्वाभाविक देखिएको छ ।
सौर्य बत्ती जडानको लागि बोलपत्रको सूचना राष्ट्रिय पत्रिकामा गर्नुपर्नेमा स्थानीय पत्रिकामा गरेको, सार्वजनिक खरिन ऐन विपरीत खरिद मूल्याङ्कन समिति गठन नगरी खरिद सम्बन्धी कारबाही अगाडि बढाएको जस्ता त्रुटिहरू भ्रष्टाचार गर्ने उद्देश्यले गरिएको पाइएको छ ।
सर्लाहीमा लगातार मुद्दा पर्न थालेपछि स्थानीय सरकारमा व्यापक त्रास देखिएको छ । सर्लाही जिल्लाको विभिन्न स्थानीय तहबाट पहिलेका र वर्तमान जनप्रतिनिधि, कर्मचारी तथा सप्लायर्सविरुद्ध दर्जनौँ मुद्दाहरू अख्तियारमा छानबिनको क्रममा रहेका छन् । स्थानीय सरकारको भ्रष्टाचार सम्बन्धी मुद्दामा अख्तियारले सक्रियता बढाएसँगै सर्लाहीमा व्यापक त्रास देखिएको छ ।