उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा दुई न्यायाधीशमाथि कालो मसी छर्किएको घटनापछि इजलास र अदालतका सम्पूर्ण सुरक्षाकर्मी तानिएका छन् ।
वीरगन्ज इजलासमा न्यायाधीशहरूको सुरक्षामा खटिएका प्रमुख सुरक्षा अधिकृत (पीएसओ) तानिएका हुन् । बिहीबार दिउँसो दुई जना न्यायाधीशहरू खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि नेकपा बहुमतका कार्यकर्ताहरूले मोसो छर्की लाइभ प्रसारण गरेको घटनापछि इजलासमा न्यायाधीशहरूको सुरक्षामा खटाइएका १३ जना पीएसओ तानिएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साले सबै सुरक्षाकर्मीलाई तानेर तिनको ठाउँमा अर्को पीएसओ पठाएको हो । यसै गरी अदालतको सुरक्षार्थ पहिलेदेखि खटाइएका १० जना सुरक्षाकर्मीलाई पनि जिल्ला प्रहरी कार्यालय पर्साले फिर्ता बोलाएको छ । पहिलेदेखि १० जना सुरक्षाकर्मी अदालतको सुरक्षार्थ रहने गरेकामा ५० प्रतिशतले सुरक्षाकर्मी वृद्धि गरी १५ जना पु¥याइएको छ । अदालतमा १५ जना नयाँ सुरक्षाकर्मी पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। प्रहरी सहायक निरीक्षकको कमान्डमा नयाँ टोली पठाइएको हो ।
चर्चित राजपुर बम काण्डमा दोषी ठहर भई रौतहट जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका महम्मद आफताब आलमको मुद्दामा प्रमाण नपुगेको भन्दै सफाइ दिएका दुई न्यायाधीशमाथि बिहीबार दिउँसो नेकपा बहुमतका तीन कार्यकर्ताले कालो मर्सी छर्ने प्रयास गरेका थिए ।
अदालतको इजलासमै न्यायाधीशमाथि कालो मसी छर्ने जस्तो गम्भीर घटना भएपछि पर्सा प्रहरीले न्यायाधीश र अदालतको सबै सुरक्षाकर्मी नै फेरेर नयाँ पठाएको र अदालतको सुरक्षार्थ पहिलेदेखि खटिएका प्रहरीको संख्यामा पचास प्रतिशतले वृद्धि गरेको हो ।