ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्राविधिक बाहेक अन्य सङ्कायमा अध्ययन गर्नेलाई सत प्रतिशत र प्राविधिक शिक्षा अध्ययन गर्ने पालिकावासीलाई ५० प्रतिशत अनुदान भुक्तानी दिन थालेको छ ।
गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)का अनुसार चालु शैक्षिक सत्रमा १ सय ९ जनालाई पालिकाले अध्ययन शुल्क बापतको रकम दिने गरी कागजातहरूको पुर्नमूल्याङकन थालेको हो। लिम्बूका अनुसार अहिलेसम्म प्राविधिक बाहेक पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययन गर्ने १ सय ३ जनाको कागजातको मूल्याङ्कन सकिएको छ । उनीहरुले अध्ययन शुल्कको शतप्रतिशत छात्रवृत्ति पालिकाबाट पाउने छन् ।
फक्ताङलुङले यसअघि नै प्राविधिक बाहेकको बिषयमा उच्च शिक्षा अध्यापन गराउने जिल्लाकै शिक्षण संस्थामा अध्ययन गरेको खण्डमा पालिकाका स्थायी बासिन्दाका लागि सत प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने गरि कार्यविधि नै बनाई सकेको छ । सोही कार्यविधिका अनुसार पालिकाले छात्रवृत्ति उपलब्ध गराउने गर्छ ।
यता प्राविधिक शिक्षातर्फ भानुजन माविमा सिभिल इन्जिनियर अध्ययन गर्ने एक तथा वालसुवोधिनी संस्कृत माविमा हाइड्रो ईञ्जिनियरिङमा अध्ययनरत ५ जनालाई पालिकाले अध्ययन शुल्कको ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने तयारी गरेको छ । पालिका अध्यक्ष लिम्बूले कागजात प्राप्त भएका १ सय ९ जना बाहेक छात्रवृत्ति प्राप्तिका लागि कसैको कागजात छुट भएको भए प्रमाण पुग्ने कागजात सहित पालिकामा सम्पर्क गर्न आग्रह गरेका छन् ।
पालिकाले ग्लोबल आईएमई बैङ्कको चेकको प्रतिलिपि,विवाह भएर आउने बुहारी सदस्यका हकमा नाता प्रमाणित कागज,सम्बन्धित शिक्षण संस्थामा तिरेको शिक्षण शुल्कको रसिद सहितका कागजात पेश गर्न पालिकाले आग्रह गरेको छ ।