प्रकृति लम्साल मृत्यु प्रकरण: धरौटीमा छुटे आरोपी, मौन नेपाल सरकार
०४ असार २०८२
•
४ मिनेट पाठ
प्रकृति लम्साल मृत्यु प्रकरण: धरौटीमा छुटे आरोपी, मौन नेपाल सरकार
भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्या दुरुत्साहनमा पक्राउ परेका युवकलाई त्यहाँको उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। मे २० मा एक लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिइएपछि प्रकृति शंकास्पद अवस्थामा मृत फेला परेको प्रकरणका अभियुक्त भारतीय नागरिक सोही विश्वविद्यालयमा अध्ययनरत छात्र अद्विक श्रीवास्तव रिहा भइसकेका छन्।




अदालतले श्रीवास्तवलाई धरौटीमा रिहा गर्न दिएको आदेशप्रति आफ्नो चित्त नबुझेको प्रकृतिका बुवा सुनिल लम्सालले बताए। ‘आत्महत्या दुरुत्साहनलगायतका आठवटा आरोप लागेका अद्विक श्रीवास्तवलाई उच्च अदालतले छाडेको हामीले थाहा पायौं। अदालतको आदेश हामी सम्मान गर्छौं तर हामीलाई यो आदेश चित्त बुझेको छैन। माथिल्लो तहमा जाने बाटो पनि छ,’ उनले भने। श्रीवास्तवलाई अदालतले रिहा गरेपछि प्रकृतिका बुबा सुनिलले न्यायका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।

गत फागुन ४ गते किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति होस्टलमै मृत भेटिएकी थिइन्। उनलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा त्यहीँ पढ्ने युवक श्रीवास्तव पक्राउ परेका थिए। अभियुक्त रिहा भएको थाहा पाएलगत्तै प्रकृतिका बुबा सुनिलले परराष्ट्रमन्त्री डा. आरजु राणालाई भेटेर ज्ञापनपत्र दिएका थिए। उनले थप प्रमाणका आधारमा हदैसम्म्को सजायको माग गदै परराष्ट्र मन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए। उक्त विषयमा मन्त्रालयले कुनै कदम अघि बढाएको वा नबढाएको भनेर लम्साललाई कुनै जानकारी गराइएको छैन।

‘प्रकति लम्साल जैविक रूपमा मेरी छोरी भए पनि भारतको चर्चित कलेजमा अध्ययनका लागि पठाइएकी नेपालकी छोरी हुन्। ठुलो सपना बोकेर उच्च शिक्षा हासिल गर्न केआइआइटी गएकी मेरी छोरीलाई मृत्युको मुखमा धकेल्ने आततायी समूहमाथि कानुनबमोजिम आवश्यक अनुसन्धान गरी प्राप्त प्रमाणका आधारमा हदैसम्मको सजायको माग होस भन्ने कुराको माग गर्दै माननीय मन्त्रीज्यूसमेतको गम्भीर ध्यानाकर्षण गराउन चहन्छु,’ परराष्ट्र मन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ। उनले मंगलबार मात्रै राष्ट्रिय मानवअधिकार आयोगसमक्ष पनि न्यायका लागि अपिल गरेका छन्। लम्सालले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको अपिलमा पनि थप प्रमाणका आधारमा आरोपीलाई सजाय होस् भन्ने माग गरेका छन्।

प्रकृतिका पिता सुनिलले ‘ह्यारेसमेन्ट’ र ‘इमोसनल ब्ल्याकमेलिङ’का कारण छोरीले आत्महत्या गरेको बताउँदै आएका छन्। यही कारण खुलाएर उनले प्रहरीलाई किटानी जाहेरीसमेत दिएका थिए। सोही आधारमा ओडिसाको भुवनेश्वर प्रहरीले आरोपीलाई भाग्न लागेको अवस्थामा विमानस्थलबाटै पक्राउ गरेर अनुसन्धान गरेको थियो। प्रहरीको अनुसन्धानपछि उनलाई अदालतमा पठाइएको थियो। अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका हुन्।

भारतमा तीन महिनाको अवधिमा दुई नेपाली छात्राको मृत्यु भएको थियो। भुवनेश्वरको केआइआइटीमै १९ वर्षीया प्रिसा साहले पनि आत्महत्या गरेकी थिइन्। उनको आत्महत्याको कारण अझै खुल्न सकेको छैन। प्रिसाको आत्महत्याबारे भुवनेश्वर प्रहरीले एक युवकसहित चार युवतीलाई अनुसन्धान गरिरहेको छ। यद्यपि युवक भने अहिले फरार रहेको भुवनेश्वर प्रहरीले जनाएको छ। किट विश्वविद्यालयमा अध्ययनरत रूपन्देहीकी प्रकृतिको मृत्युको तीन महिनापछि वैशाख १८ गते सर्लाही स्थायी घर भई पर्सा बस्दै आएकी प्रिसा साह विश्वविद्यालयको क्युसी ०४ होस्टेलको कोठामा मृत भेटिएकी थिइन्।

किट विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीमा भारतीयपछि नेपाली धेरै छन्। त्यहाँ अध्ययनरत एक विद्यार्थीका अनुसार किटमा नेपाल, भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेश, फ्रान्स, सोमालिया, सिरियालगायत देशका विद्यार्थी अध्ययनरत छन्। किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह र प्रकृति लम्सालको शंकास्पद मृत्यु हुँदा पनि नेपाल सरकारले भने अझसम्म बलियो उपस्थिति देखाउन नसकेको उनीहरूका परिवारको गुनासो छ।

प्रकृतिको मृत्यु भएको बेला नेपालस्थित भारतीय दूतावासबाट नेपाल प्रहरीका काउन्सेलरसहितको टोली गएर १० दिन बसे पनि उनीहरूले नेपाली विद्यार्थीलाई नेपाल सरकार रहेको अनुभूति दिलाउन सकेका थिएनन्। प्रिसाको मृत्युमा त नेपाल सरकारका प्रतिनिधिले ओडिसा पनि नपुगी नयाँ दिल्लीबाटै काम चलाइरहेका छन्।

प्रिसाको मृत्यु भएको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि भारतस्थित नेपाली दूतावासबाट नेपाली विद्यार्थीको अवस्थाबारे विश्वविद्यालय प्रशासनसँग बुझ्नेबाहेक केही काम भएको छैन। ओडिसास्थित सो विश्वविद्यालयमा अध्ययन गर्ने एक जना विद्यार्थीसँग पनि छलफल गर्ने र उनीहरूका समस्याबारे जानकारी लिने काम दूतावासले नगरेको अध्ययनरत नेपाली विद्यार्थी बताउँछन्।

तीन महिनाको अन्तरमा दुई शंकास्पद मृत्युले नेपाली विद्यार्थी तनावमा छन्। पुलिस कमिस्नरको कार्यालय भुवनेश्वरले भने नेपालीसहित विदेशी विद्यार्थीलाई सुरक्षित वातावरण उपलब्ध गराउन प्रयत्न गरिरहेको छ। कमिस्नर सुरेशदेव दत्तको पहलमा किटमा अध्ययनरत नेपालीसहित विदेशी विद्यार्थी (छात्रा) हरूलाई काउन्सेलिङ कार्यक्रम गरेर सुरक्षाको अनुभूति दिलाउने प्रयास गरिरहेको छ।

छिमेकी देश भएकाले र तुलनात्मक रूपमा अन्य मुलुकहरूमा भन्दा शैक्षिक शुल्क पनि कम लाग्ने हुनाले नेपाली विद्यार्थीका लागि भारतका विश्वविद्यालय आकर्षक गन्तव्य बनेका छन्। किट विश्वविद्यालयका विभिन्न संकायमा मात्रै करिब एक हजार तीन सय नेपाली विद्यार्थी अध्ययनरत छन्।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
१ घण्टा अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस