नेपालको मुख्य प्रवेशद्वारको रूपमा चिनिने पर्सा जिल्लाका नाका तस्करहरूको स्वर्णद्वार बनेका छन्। हरेक दिन करोडौँको तस्करी पर्सा जिल्लाका नाकाहरूबाट हुने गरेको छ। बिना कुनै रोकतोक निर्बाध भइरहेको तस्करीले नेपालको प्रवेशद्वारलाई तस्करहरूको लागि सबैभन्दा ठुलो कमाइ गर्ने द्वार बनेको देखिएको छ।
रौतहटको चन्द्रनिगाहपुर प्रहरीले वीरगंजबाट सर्लाहीतर्फ जाँदै गरेको ना ७ ख ६७६७ नम्बरको मिनिट्रकलाई शुक्रबार नियन्त्रणमा लिएको छ। पर्साबाट तस्करी भएर कपडा, चिनी, खाद्यान्न, तेल तथा स्पेयर पार्टस्सहित करिब ४५ लाख ५६ हजारभन्दा बढीको मालसामान नियन्त्रणमा लिएर चन्द्रनिगाहपुर प्रहरीले राजस्व कार्यालय पथलैयामा बुझाएको छ।
यसै गरी पर्साबाटै बा ५ ख ३६० नम्बरको ट्रकमा टायर, किसमिस, किराना तथा स्पेयर पार्टस्लगायतको सामान इटहरीतर्फ जाँदै गरेको अवस्थामा सर्लाहीमा बागमती प्रहरीले नियन्त्रणमा लिएको छ। गत बिहीबार बागमती प्रहरीले नियन्त्रणमा लिएको तस्करीको सामानको मूल्य करिब ४२ लाख भएको प्रहरीको दाबी छ। प्रहरीले सामानसहित ट्रकलाई आन्तरिक राजस्व कार्यालय पथलैयामा आवश्यक कारबाहीको लागि बुझाइसकेको छ।
पर्सा जिल्लामा बोर्डर तस्करी नियन्त्रणको जिम्मा लिएको सशस्त्र प्रहरी बल गण नम्बर १३ अन्तर्गत ५ गुल्म र १७ ओटा बेस बिओपीहरू रहेका छन्। बोर्डरमा नेपाल प्रहरीको युनिट पनि ठाउँ ठाउँमा रहेका छन् तर पर्साको विभिन्न नाकाबाट तस्करी भएको सामान जिल्लाको विभिन्न भागमा पुगेर पक्राउ परिरहनुले पर्सामा सशस्त्र र जनपथ प्रहरीको मिलोमतोमै तस्करी भइरहेको बुझ्न कुनै अप्ठ्यारो छैन।
सशस्त्र प्रहरीको डिएसपीको कमान्डमा सीमा सुरक्षा गुल्म सुवर्णपुर, भिखमपुर, वीरगंज, अलौ र लहावर थकरीको मातहतमा १७ ओटा बेस बिओपीहरू रहेका छन्। सबैको मिलोमतोमा पर्सामा तस्करी भइरहेको देखिएको छ।
मधेश प्रदेशमा सबैभन्दा बढी पर्साको भिस्वा नाकाबाट नेपाली तथा चाइनिज उत्पादनका सामानहरूको तस्करी भइरहेको छ। नेपालबाट स्याउ, चाइनिज स्टील, इलेक्टिक चुरोट तथा कबाड तस्करी भइरहेको छ। यसै गरी भारतबाट धान, गहुँ, चामल, कपडा, स्पेयर पार्टस्को व्यापक तस्करी भइरहेको छ। चौकीदेखि जिल्ला प्रहरी कार्यालयसम्मको सेटिङमा तस्करी भइरहेको आरोप लाग्दै आएको छ।
नेपाल प्रहरीका सई संजीव तामाङलाई केन्द्रले नै भिस्वा प्रहरी चौकीजस्तो तस्करीको मुख्य क्षेत्रमा इन्चार्ज तोकेर पठाएपछि पर्साको तस्करीको सेटिङ निकै माथिसम्म हुने आशंका उब्जाएको स्थानीयको भनाइ छ। सई तामाङ करिब दुई महिना पहिले भिस्वा प्रहरी चौकीको कमान्ड सम्हाल्न आइपुगेको छन्। तामाङले जस्तै अमरपटीमा सई सुनिल पनेरु, सिर्सिया ड्राइपोर्टमा वरिष्ठ सई गगन शाह, छपकैयामा वरिष्ठ सई केदार तिमल्सिना, इनर्वामा सई रोशन थापा, परवानीपुरमा सई आदर्श खतिवडा, नगवामा सई अजय रामलाई प्रहरी प्रधान कार्यालयबाट नै काज सरुवा गराई इन्चार्ज ओगटेर बसेका छन्। जसमध्ये पनेरु १८ महिनादेखि पर्सामा छन्। उनी ड्राइपोर्ट र जिल्ला प्रहरीको क.प्र. शाखा हुँदै अहिले अमरपटी नाकाको कमान सम्हालेका छन्।
परवानीपुरमा कार्यरत सई आदर्श खतिवडा करिब पाँच वर्षदेखि पर्सामा रहेका छन्। उनको सरुवा अन्यत्र भए पनि पावर र पहुँचको भरमा पर्सा जिल्लाका सबै आकर्षक ठाउँमा कमान्ड गरिसकेको स्थानीयको भनाइ छ।
पर्साको अमरपटी नाकाबाट कुखुराको चल्ला, तयारी कुखुरा, धान, गहुँ, मसुरो, कपडा, काजु, रजनीगन्धा, स्पेयर पार्टस्, किरानासहित चार दर्जनभन्दा बढी तस्करहरूका सामान निर्बाध तस्करी भइरहेको छ। अमरपटी नाकाबाट भैँसी, पाडा र गाईको पनि व्यापक तस्करी हुने गरेको छ।
भिस्वा, अमरपटी मात्रै होइन पर्साका अधिकांश ट्रान्सपोर्टमा तस्करीको सामान सिर्सिया र छप्कैया नाकालाई तस्करीको स्वर्णद्वार नै मानिन्छ। सिर्सिया, इनर्वा र छप्कैया नाका भएर हरेक दिन सयौँ महिलाले सामान तस्करी गर्दै आएका छन्। एक जनाले दिनको पाँचौँ खेप तस्करी गर्ने गरेको स्थानीयको भनाइ छ। स्थानीयका अनुसार डिउटीमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानदेखि इन्चार्जसम्म पोके तस्कर, साइकल, मोटरसाइल र तीन पांग्रे सबारी साधनका तस्करहरूबाट मोटो रकम असुल गरी निर्बाध तस्करी गर्न दिएका छन्।
यसै गरी पर्साको मिर्जापुर, ढोंडे, जानकी टोला, टिहुकी, नगवा, भिस्वा, अमरपटी, ड्राइपोर्ट, सिर्सिया, इनर्वा भन्सार, इनर्वा गाउँ, ठोरी लगायतका नाकाहरूबाट सुरक्षाकर्मीको सेटिङमा दिन र रात तस्करी भइरहेको छ।
पर्साका प्रहरी प्रमुख गौतम मिश्राले तस्करीबारे अनभिज्ञता प्रगट गर्दै मातहतका निकायलाई तस्करी नियन्त्रण गर्न निर्देशन दिएको बताएका छन्।
घुमुवा नै असुली धन्दामा
देशको अन्यत्र प्रदेश र जिल्लामा सरुवा भएर पनि पर्सामा बसेका प्रहरी वरिष्ठ हवलदार दलबहादुर थापा, प्र.ब.ह. अर्जुन साह कानु ६ वर्ष, प्र.स.ह मनोज ठाकुर ४ वर्ष, प्र. ह अजय यादव १० वर्ष, प्रसह शिवशंकर यादव, प्र. ज विश्वजित सिंह ८ वर्ष, प्र. ज लालबाबु मिया ६ वर्षमाथि,१० वर्ष, प्र.स.ह. फिरोज मनसुर १० वर्ष, प्र. ज आशिस पौडेल ४ वर्षमाथिदेखि पर्सामै बसिरहेका छन्। प्र.स.ह फिरोज मंसुरलाई टाइगर टोलीको कमाण्डर बनाइको छ। पर्साबाट हुने तस्करी, दुई नम्बरी कारोबार, जुवातास, क्यासिनो, हुण्डी कारोवार जस्ता कानुन विपरीत क्रियाकलापमा संलग्नता रहेको देखिएको छ।
वीरगंजका अनिल पटेलले आफ्नो फेसबुकमा बैंकिंग कसुरमा पक्राउ परी जिल्ला प्रहरी कार्यालयमा बस्दा जिल्ला प्रहरी कार्यालयमा सबै किसिमको सेटिङ हुने गरेको उल्लेख गरेका छन्। पटेलले भनेका छन्, 'गृह मन्त्रालय तथा बहालवाला आइजिपी दिपक थापाको ध्यान केन्द्रित गराउन चाहन्छु। जोसँग पैसा छ, काम हुन्छ नत्र धेरै पीडा भोग्नुपर्छ, न्यायको अनुभूति हुँदैन। सेवाभन्दा कमाउन खटिएको अनुभूति भयो।'
पर्सा जिल्लामा भन्सारदेखि प्रहरी कार्यालयसम्म सेटिङ र कमाउने प्रवृत्ति हावी भएको सेवाग्राहीहरूको सार्वजनिक प्रतिक्रियाले पर्सा प्रहरीको वास्तविक अनुहार देखाइरहेको छ।
रौतहटबाट पनि व्यापक तस्करी
रौतहटको पश्चिमी नाकाबाट व्यापक तस्करी भइरहेको देखिएको छ। रौतहटको बंकुल, रामपुरखाप, औरैया, नरकटिया, बन्जरहा, मठिया लगायतका नाकाहरूबाट निर्बाध रूपमा तस्करी भइरहेको छ। तस्करीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटले हवलदार बच्चालाल यादव र सहायक हवलदार ध्रुव यादवलाई परिचालन गरेको छ। स्थानीयका अनुसार घुमुवा प्रहरी यादवद्वयको सेटिङमा पश्चिमी नाकाबाट दैनिक करोडौको तस्करी भइरहेको छ। सख्खर, स्पेयर पार्टस्, कुखुरा, चिनी, कपडा लगायतका सामग्री हरेक दिन व्यापक मात्रामा तस्करी हुने गरेको देखिएको छ।
सीमा क्षेत्रबाट तस्करीका आएको सामान सुरक्षाकर्मीकै मिलोमतोमा गरुडा, कटहरिया, समनपुर, बिर्ता, बरहथवा लगायतका बजारसम्म पुग्ने गरेको छ। हरेक दिन सयौँ मोटरसाइलका तस्करीको सामान प्रहरीकै मिलोमतोमा विभिन्न बजारमा पुग्ने गरेको छ।
मधेश प्रदेशका डिआइजी उमाप्रसाद चतुर्वेदीले तस्करीको बारेमा आफूलाई जानकारी नभएको र एक-दुई ठाउँबाट सुन्नमा आएकोले नियन्त्रणको लागि लिखित रूपमै जिल्ला प्रहरी कार्यालयहरूमा पत्राचार गरिएको बताएका छन्। निर्देशन अटेरी गर्ने प्रहरी प्रमुखलाई सख्त कारबाही गर्ने चेतावनी पनि डिआइजी चतुर्वेदीले दिएका छन्।
पोखरा महानगरपालिका-२५ झिझिर्कामा सञ्चालित माया इको भिलेज एकीकृत फार्म पछिल्लो समय व्यावसायिक कृषि गर्न चाहने जो कोहीका लागि प्रभावकारी पाठशाला बनिरहेको छ ।
एकै ठाउँमा कृषिका विविध गतिविधिबारे जान्न बुझ्न पाइने भएकाले देशका विभिन्न स्थानबाट समूहसमूहमा उक्त फार्ममा मानिस आउने गरेका छन् । फार्ममा आएका व्यक्तिलाई यहाँ भएका खेती तथा प्रयोग गरिएका विधि र प्रविधिका बारेमा प्रयोगात्मक तरिकाले जानकारी दिने गरिएको फार्म सञ्चालक मीनाकुमारी गुरुङले जानकारी दिइन्।
विदेश बसाइँको करिब १६ वर्षको अनुभव सँगालेकी ५९ वर्षीया गुरुङ स्वदेशमा केही गर्नुपर्छ भन्ने सोंचका साथ व्यावसायिक कृषिमा लागेकी हुन्। उनीसँग जापानसहित हङ्कङ, ब्रुनाई, अमेरिका तथा बेलायतका विभिन्न अनुभव छन्। पछिल्ला आठ वर्षयता माया इको भिलेज एकीकृत फार्म सञ्चालन गर्दै आएकी उनको फर्ममा विभिन्न कृषक समूहका तालिहहरू सञ्चालन हुन्छन् । तालिमका सहभागीलाई उनी स्वयंले आफ्नो सिकाइका ज्ञान र अनुभव प्रदान गरिहेकी छिन्।
विभिन्न ठाउँमा कृषिसम्बन्धी औपचारिक तालिममा समेत सहभागी हुनुभएकी गुरुङलाई विभिन्न कृषि सम्बद्ध सङ्घसंस्थाले तालिमका लागि बोलाउने गरेका छन् । गुरुङको ३० रोपनी क्षेत्रफलमा फैलिएको एकीकृत कृषि फार्ममा सीताके च्याउ, काउली, बन्दा, लहरे तरकारी, भेडे खुर्सानी लगायत खेती भइरहेको छ ।
गुरुङले गड्यौला मलको उत्पादन गरेर बिक्री पनि गर्दै आएको बताइन्। घरका पाँच जनासहित अन्य सात जना गरी फार्ममा १२ जनाले नियमित रोजगारी पाएका जनाउँदै उनले समयसमयमा आवश्यकताअनुसार अरुलाई पनि रोजगारी दिँदै आएको बताइन्। फार्ममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट हालै तालिम सञ्चालन गर्ने भवन निर्माण प्रयोजनका लागि रु सात लाख ५० हजार अनुदान सहयोग प्राप्त भएको उनले जानकारी दिए।
केही गर्छु भन्ने सोंचका साथ आउने फार्म तथा कृषकलाई परियोजनाका तर्फबाट विभिन्न शीर्षकमा अनुदान सहयोग प्रदान गरिँदै आइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख माधव लम्सालले जानकारी दिए। परियोजनाबाट माया इको भिलेज एकीकृत फार्मलाई समयसमयमा विभिन्न शीर्षकमा अनुदान सहयोग प्रदान गरिएको बताउँदै उनले उक्त फार्म कृषिको सिकाइका लागि महत्त्वपूर्ण पाठशालाका रूपमा स्थापित हुँदै गएको बताए।
सञ्चालक गुरुङका अनुसार फार्ममा हेर्न र बुझ्न आउने व्यक्तिलाई प्रवेश शुल्क रु १०० निर्धारण गरिएको छ । फार्ममा राति सुत्न सक्नेगरी आवासीय व्यवस्था नरहे पनि दिउँसो भने आवश्यकताअनुसारको खाजा तथा खाना खुवाउने व्यवस्था मिलाइएको उनले जनाकारी दिए।
पछिल्ला समयमा पोखरा बजारबाट दिउँसो आएर फार्म अवलोकन गरी खाजा तथा खाना खाएर जानेक्रम बढिरहेको बताउँदै गुरुङले फार्मले खाजा खानासहित अवलोकन गराउने गरी रु दुई हजारको ‘प्याकेज’ निर्धारण गरेको जानकारी दिए।
फार्मभित्र विभिन्न प्रजातिका फलफूल तथा तरकारीसँगै भैँसीपालन, बाख्रापालन, लोकल कुखुरापालनलगायत कृषिसम्बन्धी गतिविधि अवलोकन गर्न सकिन्छ । “त्यस्तै विभिन्न ११ वटा टनेल निर्माण भएका छन् । जसमध्ये तीन वटा टनेल च्याउखेतीका लागि छन् भने बाँकीमा तरकारीखेती गरिएको छ”, गुरुङले भने। फार्ममा आइसकेपछि कृषिका विविध पक्षलाई बुझेर सहभागी हरेकले यसलाई आफू स्वयंले व्यावहारिक जीवनमा प्रयोगमा ल्याउन भन्ने उद्देश्य राखिएको उनले बताए।
एक जना कृषकले अर्को कृषकसँगको अनुभव साटासाट गर्नाले धेरै ज्ञान तथा सीप प्राप्त हुने बताउँदै गुरुङले त्यो संस्कार वृद्धि गर्नुपर्नेमा जोड दिए। प्राङ्गारिक खेतीले माटोको उर्वराशक्ति पनि राम्रो बनाउने र त्यसबाट उत्पादित वस्तु पनि स्वस्थकर हुने भएकाले यसतर्फ सबै लाग्नु अपरिहार्य भएको उनको भनाइ छ । व्यावसायिक तरकारीखेतीसँगै पशुपालनलाई पनि समेटिएर एकीकृत कृषि गर्न सकिएमा उत्पादन पनि राम्रो लिन सकिने र त्यसरी उत्पादित वस्तु खाँदा मानवीय स्वास्थ्यमा पनि नबिग्रने उनको अनुभव छ ।
प्रशस्त उत्पादनसँगै यसबाट भरपुर उपयोग लिनका लागि एकीकृत कृषि आवश्यक रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत माधव लम्सालले बताए।
“पशुपालन र तरकारीखेती सँगसँगै गर्न सकिएमा शुद्ध प्राङ्गारिक उत्पादन गर्न सकिन्छ”, उनले भने, “प्राङ्गारिक मलको प्रयोगगरी गरिएका उत्पादनले मानवीय स्वास्थ्यमा पनि नकारात्मक असर गर्दैन ।” एकीकृत कृषितर्फ आकर्षण बढाउँदै जानुपर्नेमा जोड दिँदै उहाँले माया इको भिलेज फार्म यसको उदाहरण बनेको धारणा राखे।
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...