नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशको छैठौं वार्षिक साधारण सभा कालीकोटमा भव्य रूपमा सम्पन्न भएको छ। कालीकोट जिल्लाको सदरमुकाम मान्ममा आयोजित सभाको उद्घाटन समारोह कर्णाली प्रदेश अध्यक्ष लिलाराम सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो।
उद्घाटन कार्यक्रममा कालीकोट जिल्ला समन्वय समिति प्रमुख धनजित शाहीकाे प्रमुख अतिथि तथा खाँडाचक्र नगरपालिकाका उपमेयर गणेशबहादुर शाही, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, रेडक्रस केन्द्रीय कोषाध्यक्ष वीरबहादुर बस्नेत विशेष आथित्यता रहेको थियो।
साथै, केन्द्रीय सदस्य शिवराम खत्री, कर्णाली प्रदेश कार्यसमिति सदस्यहरू, आठै जिल्लाका शाखा प्रतिनिधिहरू, सञ्चारकर्मी र सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि धनजित शाहीले कर्णाली प्रदेशमा रेडक्रसले पुर्याउँदै आएको सामाजिक तथा मानवीय सेवाको प्रशंसा गर्दै विपद् व्यवस्थापनमा अझ प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।
सभामा आठवटै जिल्ला शाखाका सभापतिहरू तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
सहभागितामध्ये कालीकोटबाट बलप्रसाद संज्याल, दैलेखबाट निरन्जन खत्री, जाजरकोटबाट हरिबहादुर बस्नेत, रुकुम पश्चिमबाट बलवीर पुन, मुगुबाट जयबहादुर मल्ल, सुर्खेतबाट रामलाल आचार्य, रुकुम पश्चिमबाट नि. सभापति रमा गौतम, सल्यानबाट उपसभापति कुन्ता बस्नेत र जुम्लाबाट शाखा सदस्य नरबीर सुनार सहभागी थिए।
सभाले अध्यक्षद्वारा प्रस्तुत नीतिगत अवधारणा, महासचिवद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदन तथा कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।
समापन सत्रमा सातबुँदे घोषणा–पत्र जारी गर्दै सभाको औपचारिक समापन गरिएको थियो।
यस साधारणसभाले कर्णाली प्रदेशमा रेडक्रसको भूमिका अझ मजबुत बनाउने प्रतिबद्धता जनाउँदै आगामी दिनमा समुदायमैत्री कार्यक्रमहरूलाई प्राथमिकता दिने सन्देश दिएको छ।