सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत उखु उत्पादनमा दिँदै आएको अनुदान कटौती गरेपछि देशभरका किसानहरू आन्दोलित भएका छन्।
३० वर्षदेखि निरन्तर पाउँदै आएको अनुदान खारेज गर्ने र चालु आर्थिक वर्षको बक्यौता रकम समेत भुक्तानी नगरेको भन्दै उनीहरूले सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
रौतहट, सर्लाही, बारा, नवलपरासी, सुनसरी, मोरङ लगायतका जिल्लाका उखु किसानहरूको संयुक्त बैठकले श्यामबाबु रायको अध्यक्षतामा ३४ सदस्यीय ‘उखु किसान संघर्ष समिति’ गठन गर्दै आन्दोलनको घोषणा गरेको हो।
नवगठित समितिका अध्यक्ष श्यामबाबु रायले सरकारले किसानलाई निरुत्साहित गर्न अनुदान कटौती गरेको आरोप लगाए।
‘एकातिर चालु वर्षको करिब १ अर्ब ६० करोड रुपैयाँ रकम रोकेर किसानलाई दुःख दिइएको छ, अर्कोतिर भविष्यको अनुदान नै खोसेर सरकारले किसान विरोधी चरित्र देखाएको छ,’ उनले भने, ‘’हामी सरकारलाई घुँडा टेकाउने गरी सशक्त आन्दोलनको तयारीमा छौँ।’
किसानहरुले आगामी आर्थिक वर्षदेखि कटौती गरिएको उखु उत्पादन अनुदानलाई निरन्तरता दिनुपर्ने र चालु आर्थिक वर्षको अनुदानबापत बाँकी रहेको करिब १ अर्ब ६० करोड रुपैयाँ तत्काल भुक्तानी गर्नुपर्ने माग राखेका छन्।
चालु आर्थिक वर्षका लागि सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ६५५ रुपैयाँ तोकेको थियो। जसमध्ये चिनी उद्योगले प्रति क्विन्टल ५८५ रुपैयाँ र सरकारले अनुदानबापत ७० रुपैयाँ उपलब्ध गराउने व्यवस्था थियो। किसानहरूले उद्योगबाट भुक्तानी पाइसके पनि सरकारले दिनुपर्ने अनुदान रकम अझै नपाएको गुनासो गरेका छन्।
अध्यक्ष रायका अनुसार, किसानको टोलीले कृषि मन्त्री, उद्योग मन्त्री तथा सांसदहरूलाई भेटेर समस्याबारे ध्यानाकर्षण गराइसकेको छ।
अबको केही दिनमा प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी छ। ‘असार २० गतेसम्म प्रधानमन्त्रीसँग भेट्ने सम्भावना छ। यदि वार्ताबाट हाम्रा मागहरू सम्बोधन भएनन् भने हामी देशभर कडा आन्दोलनमा उत्रिन बाध्य हुनेछौँ,’ रायले भने।