सरकारले देशभरका दूध उत्पादक कृषकको बक्यौता भुक्तानी गर्न निर्देशन दिएको छ। सरकारले कृषकहरूको करिब तीन अर्ब रुपैयाँ बक्यौता असार मसान्तसम्म उपलब्ध गराउन निर्देशन दिएको हो।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले डेरी उद्योगको छाता सङ्गठन नेपाल डेरी एसोसिएसनसँग दूध किसानको बक्यौता उपलब्ध गराउने विषयमा छलफल गरी अविलम्ब रकम फर्छ्यौटका लागि निर्देशन जारी गरेको हो।
निजी क्षेत्रबाट सञ्चालित विभिन्न डेरी उद्योगले लामो समयदेखि किसानले बिक्री गरेको दूधको भुक्तानी नगरेकाले उनीहरू समस्यामा परेका छन्। त्यसका कारण उत्पादन तथा बजार आपूर्ति प्रभावित हुन सक्ने हुँदा चालू आर्थिक वर्षको असार मसान्तसम्म यथाशीघ्र भुक्तानी गर्नुपर्ने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताए।