खोटाङको साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राई अहिले श्रमदानमा व्यस्त छन्। श्रम संस्कार हराउँदै गएकोमा चिन्तित अध्यक्ष राई यसलाई पुनर्जनन दिनुपर्छ भन्दै केही समयदेखि लगातार श्रमदान अभियानमा जुटेका छन्।
‘सभ्य, समुन्नत र समृद्ध गाउँपालिका’ को नारासहित ५ वर्षे गाउँ योजना बनाएर कार्यान्वयनमा लागेका अध्यक्ष राईले यो नारा सार्थक बनाउन अरुको मात्र मुख नताकेर श्रमदान अभियानमा लागेको बताउँछन्। त्यसैले उनी गाउँपालिकाभित्रका विभिन्न स्थानमा सञ्चालित विकास निर्माणको काममा आफैं सहभागी भएर श्रमदान गर्छन्, अरुलाई पनि प्रेरित गर्छन्।
उनको सपना छ, ‘साकेला देशकै नमूना गाउँपालिका बनोस्, र त्यसमा अध्यक्षको नाताले आफ्नो महत्वपूर्ण योगदान रहोस्।’ यो उद्देश्य पूरा गर्न सबैखाले विकास निर्माणको काममा श्रमदान अभियान थालेको उनले बताए। अध्यक्ष राईले गौरवको आयोजनाको रूपमा बनिरहेको साप्सुखोला–मात्तिम–मानेभन्ज्याङ–पानधारे सडकमा बिहानदेखि राति अबेरसम्म श्रमदानमा खटिएको भेटिन्छन्।
केही समयदेखि लगातारको वर्षाले सडकमा पुगेको क्षति सुधार्न उनी लागिपरेका छन्। कच्ची सडक वर्षाले बिगारेपछि वडावासी नागरिकलाई गाउँपालिका केन्द्र मानेभन्ज्याङ आउजाउ गर्न र गाउँपालिकाबाट जिल्ला सदरमुकाम दिक्तेल जान आउन समस्या भएपछि रातारात खटेर मर्मत कार्यमा लागेको अध्यक्ष राई बताउँछन्। यस्तो काममा आफैंले नेतृत्व नगरे मर्मत कार्य ढिला हुने उनको बुझाइ छ।
वर्षाका कारण आएको भलबाढी र पहिरोले बाटो बिगारेपछि नागरिकलाई आउजाउमा भएको समस्या समाधान गर्न अध्यक्ष राई आफैं मर्मत कार्यमा लागिरहेको स्थानीय युवा डिएम चामलिङले बताए। गाउँपालिकाकै स्काभेटर, ट्याक्टर लिएर केही कर्मचारीलाई साथ लिएर अध्यक्ष राई सडक मर्मतमा निरन्तर लागिरहेको उनले बताए।
‘बाढीले बिगारेको सडक मर्मत गर्न आज ३–४ दिन भयो उनी निरन्तर श्रमदानमा लागिरहेका छन्। कर्मचारीलाई पनि सँगै खटाएका छन्,’ चामलिङले भने, ‘अध्यक्ष आफैं श्रमदानमा लाग्दा अन्य जनप्रतिनिधि र कर्मचारी पनि हेरेर बस्न नसक्ने, सबै खटिरहेका छन्।’
गाउँका सडकहरू सबै कच्ची भएकाले बर्खायाममा हरेक वर्ष भत्कने र बिग्रने गरेको छ। गत वर्ष पनि वर्षाले सडक भत्काएपछि अध्यक्ष राई आफैं खटेर मर्मतमा लागेको स्थानीय बताउँछन्। वर्षाले सडक बिगारेपछि आउजाउ ठप्प हुने र सरकारी रकमबाट मर्मत गर्न विभिन्न कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लाग्ने भएकाले अध्यक्ष राईले श्रमदानको छोटो बाटो अपनाएका छन्।
प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राईले सडक बिग्रेर आउजाउ नै बन्द भएका बेला कानुन पछ्याएर काम गर्न ढिला हुने भएकाले फास्ट ट्र्याक अपनाउन श्रमदान विकल्प हुने गरेको बताए। ‘सडक बिग्रेर हिँडडुल गर्नै ठप्प छ, कता बैठक, निर्णय, कोटेशन र सूचनाको झन्झटिलो प्रक्रिया अपनाइरहनु?’ अध्यक्ष राईलाई उद्धृत गर्दै हाकिम राईले भने, ‘फेरि बैठक बस्न पनि जनप्रतिनिधि गाउँपालिकासम्म आउने बाटो छैन। त्यसैले श्रमदानले पैसा बच्ने, सडक मर्मत पनि छिटो हुने उपाय अपनाएका छन्।’